संजय बान्तवाकाे संघर्षका ध्वनीहरु नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” अाज देखी सुरू (फोटो फीचर सहित)

March 21, 2014

काठमाडौ,चैत्र ७,कलाकार संजय बान्तवाको संघर्षका ध्वनीहरु नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” को आज देखी सुरु भएको छ
। कलाकार बान्तवा एक शारीरिक अपाङ्गता भएका ह्विल चियर प्रयोगकर्ता व्यक्ति हुन्। आफ्नो शारीरिक अपाङ्गताका बाबजुत पनि बान्तवाले निकै कठिन आरोह अवरोहरुलाई पार गर्दै जीवनलाई सार्थक बनाउन सफल भएका छन्। वास्तवमा उनी नेपाली अपाङ्गता आन्दोलनका एक अग्रणी व्यक्तित्व पनि हुन् जसले आफ्नो जीवनको झण्डै आधा भन्दा बढी समय व्यतित गरेका छन्। वर्तमान समयमा पनि उनी अपाङ्गता आन्दोलनका एक अभिन्न अभियन्ताका रुपमा सक्रिय छन्। यसका साथसाथै आफूमा अन्तरनीहित कलालाई प्रष्फुटित गराइ निरन्तर रुपमा अगाडि बढी रहेका छन्। त्रिभुवन विश्वविद्यालयबाट चित्रकला र समाजशास्त्रमा स्नातकोत्तर गरेका बान्तवाले नेपाली चित्रकारहरुको माझमा एक अब्बल चित्रकारको रुपमा स्थापित गराउन संघर्षरत छन्। आजसम्म दूईवटा एकल चित्रकला प्रदर्शनी तथा थुप्रै सामुहिक चित्रकला प्रदर्शनी गरिसकेका बान्तवाले येा तेस्रो एकल चित्रकला प्रदर्शनी आज देखी ८ दिन चल्ने छ।
नेपाल एकेडेमी अफ फाइन आर्टस् नक्साल काठमाडौँमा आज भएको उद्धाटन समारोहमा संस्कृती पर्यटन तथा नागरीक उद्दयन मंत्री भिम आचार्यले पानसमा बत्ति उद्धाटन गर्नु भएको थियो। उद्धाटन समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरन मानन्धर,कला समीक्षम प्रो.डा अभि सुबेदी, बिशेस अतिथि अमेरीकी राजदुताबासका सार्बजनीक मामीला प्रमुख सुसान पार्कर बन्स् र कलाकार बान्तवाले मन्तब्य राख्नु भएको थियो।

प्रदर्शनीमा राखिएका चित्रहरुको बिक्रिद्धारा प्राप्त्त भएको रकमको ३० प्रतिशत  राष्ट्रिय शारीरिक अपाङ्ग संघ—नेपालको अक्षयकोषमा जम्मा गरी शिक्षाको उज्यालो दिपबाट वञ्चित भएका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको हितमा खर्च गरिने लक्ष्य लिइएको छ ।
01

 

उद्धाटन समाराेहमा कलाकार बान्तवा मन्तब्य राख्दै

 

 

003

 

पाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरन मानन्धर

004

 

कला समीक्षम प्रो.डा अभि सुबेदी

 

005

 

बिशेस अतिथि अमेरीकी राजदुताबासका सार्बजनीक मामीला प्रमुख सुसान पार्कर बन्स्

 

 

 

 

009

 

 

संस्कृती पर्यटन तथा नागरीक उद्दयन मंत्री भिम आचार्यलार्इ कलाकाे जानकारी दिदै कलाकार बान्तवा

 

10

007

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!