संजय बान्तवाकाे संघर्षका ध्वनीहरु नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” चैत्र ७ देखी सुरू हुँदै

March 18, 2014

काठमाडौ, चैत्र ४ , प्रतिभावान कलाकार संजय बान्तवाकाे ” संघर्षका ध्वनीहरु “नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” को आयोजना हुन गइरहेको छ । कलाकार बान्तवा एक शारीरिक अपाङ्गता भएका ह्विल चियर प्रयोगकर्ता व्यक्ति हुन् । नेपालको भौगोलिक विकट जिल्ला उदयपुरमा जन्मिएका बान्तवा जन्मेको दुई वर्षमा पोलियोद्धारा प्रभावित बन्न पुगेका थिए । आफ्नो शारीरिक दुुर्बलताका बाबजुत पनि बान्तवाले निकै कठिन आरोह अवरोहरुलाई पार गर्दै जीवनलाई सार्थक बनाउन सफल भएका छन्।
वास्तवमा उनी नेपाली अपाङ्गता आन्दोलनका एक अग्रणी व्यक्तित्व पनि हुन् जसले आफ्नो जीवनको झण्डै आधा भन्दा बढी समय व्यतित गरेका छन् । वर्तमान समयमा पनि उनी अपाङ्गता आन्दोलनका एक अभिन्न अभियन्ताका रुपमा सक्रिय छन् । बान्तवाले आफ्नो जीवनको समयावधिलाई पूर्णरुपमा अपाङ्गता आन्दोलनमा मात्र समर्पित गराएका छैनन् । यसका साथसाथै आफूमा अन्तरनीहित कलालाई प्रष्फुटित गराइ निरन्तर रुपमा अगाडि बढी रहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट चित्रकला र समाजशास्त्रमा स्नातकोत्तर गरेका बान्तवाले नेपाली चित्रकारहरुको माझमा एक अब्बल चित्रकारको रुपमा स्थापित गराउन संघर्षरत छन् । आजसम्म दूईवटा एकल चित्रकला प्रदर्शनी तथा थुप्रै सामुहिक चित्रकला प्रदर्शनी गरिसकेका बान्तवाले विभिन्न बाह्य देशहरुको समेत भ्रमण गरी आफ्नो कला प्रदर्शनी गरिसकेका छन् ।यस तेस्रो एकल चित्रकला प्रदर्शनी काे बारेमा जानकारी दिन अाज पर्यटन बाेर्ड,भृकुटिमण्डपमा पत्रकार सम्मेलनकाे अायाेजना गरीयाे ।
साे सम्मेलनमा जीवन संघर्षको एक यात्रालाई पुन अर्को एउटा अर्थपूर्ण जीवन तुल्याउनका लागि संघर्षको ध्वनी नामक तेस्रो एकल चित्रकला प्रदर्शनी गर्न गइरहेका छन् । उक्त प्रदर्शनीमा उनले विशेषतः जीवन संघर्षमय भएको र संघर्षशील जीवनलाई शक्तिमा बदल्नका लागि घोडाजस्तै शक्तिशाली बन्नुपर्दछ भनी घोडाको प्रतीकको रुपमा आफूलाई प्रतिविम्बित गरी बनाइएका थुप्रै चित्रकलाहरुको प्रदर्शनी गर्दैछन् ।
अाजकाे सम्मेलनमा कलाकार र कलासमालाेचक केशबराज खनालले बान्तवाकाे कलाकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे भने कलाकार बान्तवाले पत्रकारहरूले कला र प्रदर्शनीकाे बारेमा साेधिएका प्रश्नकाे उत्तर दिनु भएकाे थियाे ।

यसका साथै, उक्त प्रदर्शनीमा राखिएका चित्रहरुको बिक्रिद्धारा प्राप्त्त भएको रकमको ३० प्रतिशत यस राष्ट्रिय शारीरिक अपाङ्ग संघ—नेपालको अक्षयकोषमा जम्मा गरी शिक्षाको उज्यालो दिपबाट वञ्चित भएका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको हितमा खर्च गरिने जनकारी दिर्इएकाे थियाे । साे प्रर्दशनी चैत्र ७ देखी १४ गते सम्म नेपाल एकेडेमी अफ फाइन आर्टस् नक्साल काठमाडौँ मा चल्ने छ ।
यस कार्यक्रम राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालले अायाेजना गरेकाे हाे । विगत पन्ध्र वर्षदेखी शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको हकहित तथा अधिकारका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि उनीहरुद्धारा नै स्थापित एक गैरनाफामुलक गैरसरकारी संस्था हो । यस संस्थाले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुमा अन्तरनीहित क्षमता, कला तथा प्रतिभाहरुको प्रष्फुटनका लागि विभिन्न प्रकारका कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।
Press Confrence 2

 

“तेस्रो एकल चित्रकला प्रदर्शनी” काे पत्रकार सम्मेलन

09

अापनाे चित्रका साथ कलाकार बान्तवा

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!