“अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४”

लामो समयपछि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धि एेन पारित भएको छ । उक्त एेनमा के छ ? हेर्नुस पूरै एेन

अपाङ्गता भएका व्यक्ति बाँकी अंश >>

Belarussian student crowned Miss Wheelchair World

It was the first contest of its kind on a global scale, which brought together 24 young women from 19 countries.

Miss Wheelchair World A psychology student from Belarus, Aleksandra Chichikova, was chosen Miss Wheelchair World in the first-ever edition of the beauty pageant held in Warsaw.

बाँकी अंश >>

नेपालमा पहिलोपटक अन्तरराष्ट्रिय ‘ह्विलचेयर बास्केटबल’ प्रतियोगिता हुने

सरोकार संवाददाता

काठमाडौं, २४ भदौ ।

wheelchairनेपाल स्पाईनल कर्ड इन्जरी खेलकुद संघले ‘अपाङ्गता मैत्री’ भन्ने मुल नाराका साथ पहिलो पटक अन्तरराष्ट्रिय ह्वीचेयर बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।

संघले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी कार्तिक २९ गते देखि मंसिर २ गतेसम्म ललितपुरमा सम्पन्न हुने यस प्रतियोगिताको बारेमा जानकारी गराएको छ । संस्थाकी अध्यक्ष गायत्री दाहालले अपाङ्ता भएका मानिसहरुले केही गर्न सक्दैनन् भन्ने समाजमा भ्रम रहेको बताईन् ।

त्यस्तै कार्यक्रममा संस्थाका महासचिव तथा प्रतियोगिताका संयोजक ऋषि ढकालले नेपाल लगायत भारत, बंगालादेश र पाकिस्तानबाट प्रतियोगीहरु भाग लिने जानकारी दिएका छन् ।

उनले भने,‘यस कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘ब्राण्ड एम्ब्यासडर’ को रुपमा उपस्थित हुनुहुनेछ, यस कार्यमा पत्रकार साथीहरुले साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु।’

प्रतियोगिताको प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उक्त प्रतियोगितामा ४ पुरुष समूह र २ महिला समूहले गरि जम्मा ६ वटा टिमले भाग लिने आयोजकले जानकारी दिएको छ।

सिभिल बैंकद्वारा दृष्टिविहीनका डिम्याट खोल्न अस्वीकार

सरोकार संवाददाता

काठमाडाैं ।

Civil-Bank_20101015083116(2) सरकारले सबैका लागि बैंकिङका नारा लगाउँदै गर्दा सिभिल बैंकद्वारा दृष्टिविहीनका लागि डिम्याट खाता खोल्न अस्वीकार गरिएको छ । सिभिल बैंकको बनेपा शाखामा पुगेका काभ्रे धुलिखेल नपा ११ सुरेश धिताललाई बैंकका कर्मचारीहरूले दृष्टिविहीनले डिम्याट खोल्न नपाउने भन्दै फर्काइदिएका थिए ।

बैंकले डिम्याट खाता नै खोल्न नदिएपछि आफूले नेपाल हाइड्रो डेभलपरकाे शेयरमा आवेदन गर्न नपाएको धितालले अपाङ्गता सरोकार अनलाइनलाइ बताए । सिभिल बैंकका भ्रातृ संस्था सिभिल क्यापिटलमा डिम्याट खाता खोल्ने व्यवस्था गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाले अपाङ्गता भएका व्यक्तिको सहजीकरणका लागि अनिवार्य हेल्प डेक्स राख्नुपर्ने व्यवस्था गरे पनि बैंकहरूले यसको पालना नगर्दा यस्तो समस्या देखिएको हो । बैंकका केन्द्रीय तहका अधिकारीहरूले अपाङ्गता संवेदनशील रहेको दाबी गरे पनि तल्लो तहका कर्मचारीमा अपाङ्गता संवेदनशील व्यवहार नहुने गरेको देखिएको छ । केन्द्रीय बैंकले तत्कालै यस्तो व्यवहार सच्याउन तथा अपाङ्गता भएका व्यक्तिलाई कुनै पनि बैंकिङ सेवासुविधाबाट बन्चित नगर्न निर्देशन जारी गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

 

Blind people face difficulty opening bank accounts

– BINA THAPA, Kaski

Blind people in Kaski have raised an issue with the Nepal Rastra Bank’s rule that requires them to have a beneficiary to open an account.

 

They say the rule does not only discriminate against sightless individuals but also violates their privacy.

 

According to them, the problem solely lies in the rule made up by the NRB that states that blind people can only open a bank account with beneficiary. बाँकी अंश >>

नेपालमै बन्याे विद्युतीय ह्वीलचियर

फातिमा बानु, काठमाडौं/ कान्तिपुर

wheelchair-21082017065052-1000x0

भाद्र ५, २०७४- युवा इन्जिनियरको टोलीले विद्युतीय ह्वीलचियर ‘लियोपार्ड’ बनाएका छन् । इन्जिनियर सुनिल परियार, सन्तोषराज न्यौपाने, प्रजेश श्रेष्ठ र मेनसन लाखेमरूको समूहले बनाएका हुन् । इन्जिनियरहरूको अनुसन्धान गर्ने संस्था ‘इन्फिनिटी ल्याब’ मार्फत उनीहरूले यो ह्वीलचियर बनाएको बताए ।

लगभग दुई वर्षको अध्ययनपछि ह्वीलचियर बनाउन सकिएको समूहका इन्जिनियर परियारले बताए । नेपालमै विद्युतीय ह्वीलचियर बनेपछि अब विदेशबाट आयात गर्नुपर्ने समस्याको अन्त्य हुने उनीहरूको दाबी छ । ‘दुई वर्षअघिको भूकम्पपछि देशमा अपांगता भएका व्यक्तिहरूको संख्या बढेपछि हीलचियर निर्माणमा नयाँ आयाम थप्न जागिरछोडेर अनुसन्धानमा लाग्यौं,’ इन्जिनियर न्यौपानेले भने ।

नयाँ बनेको ह्वीलचियरको विशेषता परम्परागत ह्वीलचियरभन्दा निकै फरक र सुविधाजनक भएको दाबी उनीहरूको छ । ‘बिग्रेको र खाल्डाखुल्डी सजिलै नाघ्न सक्छ, हीलचियरमा आवश्यक सामानसमेत बोक्न सकिन्छ,‘ इन्जिनियर श्रेष्ठले भने, ‘हीलचियरमा पिसाब थैलीसमेत जोडिएको छ ।’ अपांगता भएका व्यक्तिलाई सार्वजनिक शौचालय प्रयोग गर्न मुस्किल भएका कारण ह्वीलचियरमै पिसाब थैली जोडिएको इन्जिनियर लाखामरूले बताए । ‘परम्परागत ह्वीलचियरलाई जस्तो उकालो चढ्न पनि मुस्किल छैन, नेपालको भौतिक संरचनाको अनुसन्धान गरेर यहाँको सडकमैत्री ह्वीलचियर बनाएका हौं,’ लाखामरूले भने ।

एकपटक चार्ज गरेपछि यो ह्वीलचियर २० देखि २५ किमि सजिलै चल्न सक्ने उनीहरूले बताए । ह्वीलचियर चलाउन प्रयोगकर्तालाई थप साथी पनि चाहिँदैन । ‘प्रयोगकर्ता दुर्घटनामा परेमा तत्काल परिवारले थाहा पाउँछन् । ह्वीलचियरमा सूचना मेसिन जडान गरिएको छ, ‘इन्जिनियर श्रेष्ठले भने, ‘जतासुकै भए पनि यसले प्रयोगकर्ताका परिवार र आफन्तकहाँ लोकेसनसहितको सूचना पठाउँछ ।’ परम्परागत ह्वीलचियर प्रयोगकर्ताले ह्वीलचियरमाथि एकै आसनमा बस्दा विभिन्न समस्या भोग्दै आएका थिए । छाला जाने, छाला पातलो हुने र घाउ भएर संक्रमण हुने जस्ता समस्या भएकाले सजिलै हावा आदानप्रदान हुन्छ, त्यही कारण यस्तो हवीलचियरमा छाला जाने र घाउ संक्रमण हुँदैन,’ श्रेष्ठले भने ।

हातसम्बन्धी अपांगता भएका व्यक्तिका लागि पनि यो ह्वीलचियर उपयुक्त हुने उनीहरूले बताए । ‘जिब्रो, आँखा र नाकमा सेनसर हुन्छ, त्यसैबाट नियन्त्रण गर्न सकिन्छ,’ उनीहरूले भने । उनीहरूले ह्वीलचियर भदौ १९ मा सार्वजनिक गर्ने भएका छन् । ह्वीलचियरको मूल्य ३ लाख तोकिएको छ । तर, माग बढेपछि मूल्य घट्न सक्ने उनीहरूले बताए । नेपालमा लगभग दुई लाख ह्वीलचियर प्रयोगकर्ता भएको अपांग महासंघको तथ्यांक छ । नेपालमै बनेको ह्वीलचियर प्रयोग हुन सकेमा ती प्रयोगकर्ताका धेरै समस्या समाधान हुने महिला अपांग महासंघकी अध्यक्ष निर्मला धितालले बताइन् । ‘विदेशबाट ल्याएको ह्वीलचियर एकपटक बिग्रिएपछि थन्किन्छ, नेपालमा बन्दैन, ‘उनले भनिन्, ‘ती ह्वीलचियर नेपालको भौतिक संरचना हेरेर बनाइएको हुँदैन, यहाँ चलाउनै मुस्किल छ ।’ यो ह्वीलचियर प्रयोगमा आउन सकेमा रोजगारी सिर्जना हुने र विदेश निर्यातसमेत गर्न सकिने इन्जिनियरले बताए ।

साभारः कान्तिपुर दैनिक

http://kantipur.ekantipur.com/news/2017-08-21/20170821065203.html

अपांगता भएका पत्रकारका लागि महासंघको जीवनवृत्ति

सरोकार संवाददाता

FNJ_Logo-58773ff057b389.19275826काठमाडौँ, २ भदौ । नेपाल पत्रकार महासंघले अपांगता भएका पत्रकारका लागि वार्षिक २४ हजार रूपैयाँ जीवनवृत्ति दिने भएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले जेष्ठ पत्रकार सम्मानसरह घाइते अपांगता भएका पत्रकारका लागि वार्षिक २४ हजारको जीवनवृत्ति दिने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष डा. विष्टले पेशागत कामका शिलशिलामा दुर्घटनामा परी  अपांगताको अवस्था बेहोर्नु परेका पत्रकारका लागि केही राहत होस भनेर यस किसिमका जीवनोवृत्ति रकम दिने निर्णय गरिएको भन्दै मापदण्ड बनाएर यसलाइ लागू गरिने दिइने बताउनु भयो ।

डिस्-एबिलिटी मिडिया फाउन्डेसन नेपाल पत्रकार महासंघको यो निर्णयको स्वागत गर्दछ र नेपाल सरकार तथा प्रेस काउन्सिल नेपालसँग पनि अपांगता भएका पत्रकारका लागि विशेष सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन जोडदार माग गर्दछ ।

 

अपांगतासम्बन्धी सोच पुरानैः मन्त्री पोखरेल

काठमाडौँ, २५ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानमा अपांगता भएका व्यक्तिका विषयमा धेरै कुरा समेटिएको बताउनुभएको छ ।

कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा आज आयोजित ‘अपांगतासम्बन्धी प्रथम राष्ट्रिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा संविधान निर्माणका समयमा अपांगताका विषय समेट्न यस क्षेत्रमा कार्यरत व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो । बाँकी अंश >>

दृष्टिविहीन बालबालिका पहिलो पटक बाल क्लबमा संगठित

सिराज खान

नेपालगञ्ज, साउन २५ गते । दृष्टिविहीन बालबालिकाहरुले पहिलो पटक नेपालगञ्जमा बालक्लब गठन गरेर संगठित भएका छन् ।  स्थानीय मंगल प्रसाद माध्यमिक विद्यालयको स्रोत कक्षामा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुले एक भेलाको आयोजना गरेर नव प्रतिभा नामक बाल क्लब गठन गरी सो क्लबमा संगठित भएका छन् । बाँकी अंश >>

नक्कली अपाङ्गलाई नापीको नायव सुब्बा पदबाट हटाइयो

काठमाडौं ।

apanga-parichay-patraलोकसेवा आयोगबाट अपाङ्ग कोटामा नापी निरीक्षक (नायव सुब्बा) पदका लागि सिफारिस एक व्यक्तिको अपाङ्गता परिचयपत्र नक्कली पाइएको छ । विवरण ढाँटेर अपाङ्गता परिचयपत्र लिएको पाइएपछि ती व्यक्तिको अपाङ्ग परिचयपत्र सम्बन्धित निकायले बदर गरिदिएको छ । अपाङ्गता परिचयपत्र बदर भएपछि नापी निरीक्षक पदका लागि आयोगले गरेको सिफारिससमेत रद्द हुने भएको छ । बाँकी अंश >>

« पछिल्लो पेजअघिल्लो पेज »