सिभिल बैंकद्वारा दृष्टिविहीनका डिम्याट खोल्न अस्वीकार

August 30, 2017

सरोकार संवाददाता

काठमाडाैं ।

Civil-Bank_20101015083116(2) सरकारले सबैका लागि बैंकिङका नारा लगाउँदै गर्दा सिभिल बैंकद्वारा दृष्टिविहीनका लागि डिम्याट खाता खोल्न अस्वीकार गरिएको छ । सिभिल बैंकको बनेपा शाखामा पुगेका काभ्रे धुलिखेल नपा ११ सुरेश धिताललाई बैंकका कर्मचारीहरूले दृष्टिविहीनले डिम्याट खोल्न नपाउने भन्दै फर्काइदिएका थिए ।

बैंकले डिम्याट खाता नै खोल्न नदिएपछि आफूले नेपाल हाइड्रो डेभलपरकाे शेयरमा आवेदन गर्न नपाएको धितालले अपाङ्गता सरोकार अनलाइनलाइ बताए । सिभिल बैंकका भ्रातृ संस्था सिभिल क्यापिटलमा डिम्याट खाता खोल्ने व्यवस्था गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाले अपाङ्गता भएका व्यक्तिको सहजीकरणका लागि अनिवार्य हेल्प डेक्स राख्नुपर्ने व्यवस्था गरे पनि बैंकहरूले यसको पालना नगर्दा यस्तो समस्या देखिएको हो । बैंकका केन्द्रीय तहका अधिकारीहरूले अपाङ्गता संवेदनशील रहेको दाबी गरे पनि तल्लो तहका कर्मचारीमा अपाङ्गता संवेदनशील व्यवहार नहुने गरेको देखिएको छ । केन्द्रीय बैंकले तत्कालै यस्तो व्यवहार सच्याउन तथा अपाङ्गता भएका व्यक्तिलाई कुनै पनि बैंकिङ सेवासुविधाबाट बन्चित नगर्न निर्देशन जारी गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!