अपांगता भएका पत्रकारका लागि महासंघको जीवनवृत्ति

August 17, 2017

सरोकार संवाददाता

FNJ_Logo-58773ff057b389.19275826काठमाडौँ, २ भदौ । नेपाल पत्रकार महासंघले अपांगता भएका पत्रकारका लागि वार्षिक २४ हजार रूपैयाँ जीवनवृत्ति दिने भएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले जेष्ठ पत्रकार सम्मानसरह घाइते अपांगता भएका पत्रकारका लागि वार्षिक २४ हजारको जीवनवृत्ति दिने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष डा. विष्टले पेशागत कामका शिलशिलामा दुर्घटनामा परी  अपांगताको अवस्था बेहोर्नु परेका पत्रकारका लागि केही राहत होस भनेर यस किसिमका जीवनोवृत्ति रकम दिने निर्णय गरिएको भन्दै मापदण्ड बनाएर यसलाइ लागू गरिने दिइने बताउनु भयो ।

डिस्-एबिलिटी मिडिया फाउन्डेसन नेपाल पत्रकार महासंघको यो निर्णयको स्वागत गर्दछ र नेपाल सरकार तथा प्रेस काउन्सिल नेपालसँग पनि अपांगता भएका पत्रकारका लागि विशेष सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन जोडदार माग गर्दछ ।

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!