अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोध

July 29, 2017

टिकाराम पराजुली

काठमाडौं, १५ साउन ।

Disability Bill MTG2अपांगता क्षेत्रका अभियन्ताहरूले अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७२ लाई छिटो पारित गर्न माग गरेका छन् ।

क्रान्तिकारी अपांग संघको नेतृत्वमा नेकपा एमाओवादीका तर्फबाट नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोईरालासँग भेटका क्रममा सो माग गरेका हुन् ।

लामो समयदेखि विधेयकको सबै प्रकृया पुरा भई संसदमा सम्बन्धित मन्त्रीबाट टेवुल गरि पारित गर्न मात्र बाी रहेको अवस्थाको अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७२ लाई छिटो पारित गर्न अनुरोध संघले आग्रह गरेको छ ।

यसै गरि  महिला बालबालिका तथ समाज कल्याण मन्त्रालयमा हेल्प डेस्क सञ्चालन गर्न र ७ वटै प्रदेशमा अपांगता पुनर्थापना केन्द्र स्थापना गरि द्वन्द्वबाट प्रभावित अपांगता भएका व्यक्तिहरुसहितका अपांगता भएका व्यक्तिहरुको शारीरिक पुनर्थापना र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।

भेटका क्रममा अपांगता क्षेत्रका प्रतिनिधिहरूले ऐन छिटो  पारित नहुँदा अपांगता भएका व्यक्तिहरुका अधिकारहरु संरक्षित हुन नसकेको गैर अपांगता (अपांगता नभएका) ब्यक्तिहरुले फाईदा पाउने गरेको, अपांगतामा पनि सवैभन्दा संवेशनशिल अपागताले पहिचान पाउन नसकेको कारणले आफूहरू अन्यायमा परेको जनाएका थिए ।

नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोईरालाले  यस विधेयकलाई मन्त्रालयको पहिलो प्राथमिकतामा राखी छिटो भन्दा छिटो पारित गर्ने  प्रतिवद्धता ब्यक्त गर्नु भयो  ।

सो कार्यक्रममा पूर्वसभासद ईन्द्रमाया गुरुङ क्रान्तिकारी, अपांग संघका संयोजक टेकनाथ न्यौपाने, क्रान्तिकारी संघ विद्यार्थी प्रमुख टिकाराम पराजुली, जनक्रान्तिका घाईते तथा अपांग योद्दा संघका केन्द्रिय सदस्य राम कार्की (विमल) र क्रान्तिकारी अपांग संघका अन्य पदाधिकारी तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

 

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!