पाँच अपाङ्गता भएका व्यक्तिलाई सिलाइ मेसिन

July 15, 2017

मोरङ, ३१ असार (रासस) ।

दलित समन्वय नगरसमिति उर्लाबारीले पाँचजना अपाङ्गता भएका दलितलाई सिलाइ मेसिन वितरण गरेको छ । आज उर्लाबारी– ४ स्थित रामेश्वर शिवालय मन्दिरमा आयोजित स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा सिलाइ मेसिन वितरण कार्यक्रममा पाँचजना अपाङ्गता भएका दलित तथा तिनका आश्रित परिवारलाई मेसिन वितरण गरिएको हो ।

उर्लाबारी नगरपालिकाको सहयोगमा प्राप्त सिलाइ मेसिन उर्लाबारीका प्रेमकुमारी बर्देवा, विश्वेश्वरी विश्वकर्मा, हर्कमाया विश्वकर्मा, मायाशङ्कर र दिलबहादुर दर्जीलाई वितरण गरिएको हो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फाँगो, उपप्रमुख लक्ष्मी भण्डारी, नगरपालिकाका कार्यकारी अधिकृत अम्बिकाप्रसाद चौलागाईंले उनीहरुलाई सिलाइ मेसिन प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख फाँगो, उपप्रमुख भण्डारीका साथै वडाध्यक्ष, सदस्यलाई समितिले सम्मान तथा बधाई ज्ञापन गरेको थियो ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!