शारीरिक अपाङ्गतर्फ सुनिता नेपालीले तीन स्वर्ण

March 1, 2017

काठमाडौँ, १८ फागुन । गङ्गा उमाविकी सुनिता नेपालीले २२औँ विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक अपाङ्गतर्फ तीन स्वर्णपदक हात पारिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको अन्तिम खेलमा सुनिताले छात्रातर्फ क्रचेज (बैशाखी) नलिएर १०० मिटर दौड, क्रचेज नलिएर २०० मिटर दौड र क्रचेज नलिएर सटपुटमा स्वर्णपदक हात पारेकी हुन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित उक्त प्रतियोगिताको शारीरिक अपाङ्गकै क्रचेज नलिएर १०० मिटर दौडको छात्रमा खगेन्द्र नवजीवनका सुरज कार्कीले स्वर्ण पदक हात पारे ।

त्यस्तै एक क्रचेज लिएर १०० मिटर दौडको छात्रमा प्रभात माविका सुनील सुनार र छात्रामा खगेन्द्रकी पूजा कार्की, दुई क्रचेज लिएर १०० मिटर दौडको छात्रमा खगेन्द्रका युवक लामा र छात्रामा नेपाल अपाङ्ग सङ्घकी मञ्जु थारु तथा क्रचेज नलिएर २०० मिटर दौडको छात्रमा खगेन्द्रका सुरज कार्कीले पहिलो स्थान हासिल गरे ।

एकसय मिटर ह्वीलचेयरको छात्रमा नेपाल अपाङ्ग सङ्घका अशोक राना र छात्रामा रजनी राई तथा सटपुटमा क्रचेज नलिएरको छात्रमा नेपाल अपाङ्ग सङ्घका बलबहादुर चौधरीले पहिलो भए ।

बहिरातर्फ १०० मिटर दौडको छात्रमा देवेन्द्र सारु र छात्रामा बहिरा बाल माविकी पुष्पा खत्री, २०० मिटर दौडको छात्रमा सिद्ध बहिरा बालक विद्यालयका धीरज शाही र छात्रामा बहिरा बाल माविकी पुष्पा खत्री पहिलो भए ।

त्यसैगरी ४०० मिटर दौडको छात्रमा बहिरा बाल माविका दयानारायण चौधरी र छात्रामा धौलागिरि बहिरा विद्यालयकी अनिता बुढामगर, सटपुटको छात्रामा बहिरा विद्यालयकी सञ्चमाया तामाङ र छात्रमा बहिरा बाल माविका देवेन्द्र सारु तथा लङजम्पको छात्रामा विराट बहिरा माविकी चमन खातुन र छात्रमा सिद्ध बहिराका धीरज शाहीले शीर्ष स्थान हात पारे ।

पूर्ण दृष्टिविहीनको सटपुट छात्रमा लेबोरेटरीका आनन्द पाण्डे र छात्रामा मङ्गलप्रसाद उमाविकी दौपदा सहकार्य, आंशिक दृष्टिविहीनको सटपुट छात्रमा ज्ञानोदय उमाविका लक्ष्मण बुढाथोकी र छात्रामा मङ्गलप्रसादकी सपना चौधरी, पूर्ण दृष्टिविहीनको स्ट्यान्डिङ लङजम्प छात्रमा जनप्रकाश उमाविका अभिषेक सुनुवार र छात्रामा लेबोरेटरीकी सनिता भट्टराई पहिलो भए ।

आंशिक दृष्टिविहीनको स्ट्यान्डिङ लङजम्प छात्रमा शिखर उमाविका चेतन सुनुवार र छात्रामा मङ्गलप्रसादकी सपना चौधरीले स्वर्ण जिते ।

विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राखेपका सदस्यद्वय अस्मिता गुरुङ र उपेन्द्र पौडेललयातले पुरस्कार प्रदान गर्नुभएको थियो ।

दुईदिने प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ उपत्यकाबाट १४५ र उपत्यका बाहिराबाट १४३ गरी २८८ खेलाडीले एथलेटिक्सका विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । रासस

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!