अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र

January 14, 2017

इटहरी, १ माघ । ‘स्रोत परिचालनमा सक्रियता अपाङ्ग व्यवस्थापनमा निरन्तरता’ भन्ने नाराकासाथ पूर्वाञ्चल क्षेत्रीय पुनःस्थापन केन्द्र निर्माण सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपाको आयोजनामा भएको सो कार्यक्रममा केन्द्रका प्रा।डा।अशोककुमार बास्कोटाले अस्पताल तथा केन्द्रको स्थापना र त्यसले आजसम्म गर्दै आएको मानवीय सेवाका विविध पक्षमाथि प्रकाश पारे ।

सांसद रेवतीरमण भण्डारीले मानवीय सेवा नै सबैभन्दा उत्कृष्ट सेवा भएकाले यस कार्यमा लाग्न सबैसंग आग्रह गरे ।

केन्द्रका महासचिव कृष्ण भट्टराईले सेवाको विकेन्द्रिकरण गर्ने उद्देश्यले पूर्वाञ्चलको इटहरीमा यो कार्यक्रमको आयोजना गरिएको बताउँदै पूर्वाञ्चलमा ३० हजार मानिस शारिरिक विकलाङ्गता भएकामध्ये पाँच हजार ६ सय ले उपचार सेवा प्राप्त गरिसकेको जानकारी दिए ।

उनले हाल पुनःस्थापन केन्द्रबाट ७४ हजार नौ सय ३६ जनाले उपचार सेवा पाइसकेको र १५ हजारले विभिन्न सरकारी, गैरसरकारी एव्म परिवारमा पुनःस्थापित भएको तथा त्यसमध्ये धेरैले रोजगारीको अवसर प्राप्त गरिसकेको जानकारी दिए ।

केन्द्रका कृतिम हातखुट्टा पुनःस्थापन विभागका प्रमुख प्रल्हदप्रसाद पराजुलीले केन्द्रले निरन्तर रुपमा मानवीय सेवामा समर्पित रहँदै आएको बताउँदै पूर्वाञ्चलमा पनि व्यवस्थित रुपमा कार्य गर्ने तयारीमा केन्द्र जुटेको जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले मानवीय सेवाप्रति समर्पित रहँदै आएका केन्द्रको कार्यप्रति स्थानीय प्रशासनको सहयोग रहने विश्वास व्यक्त गरे । रासस

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!