ग्यास र तेलमा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता

November 4, 2015

काठमाडौं १८ कात्तिक

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले ग्यास तथा पेट्राेलियम पदार्थको आपूर्तिमा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिन माग गरेको छ ।

महासंघले हालै भारतबाट एकतर्फि रुपमा पेट्रोलियम पदार्थ लगाएतका समाग्रीहरु नेपाल आउन रोक लगाएको कारणले देशमा उत्पन्न भएकाे  असहज परिस्थितिमा   गहिरो दुःख व्यक्त  गरेकाे छ ।

देशमा भएको यस्तो असहज परिस्थितिमा पनि सरकारले ग्यास लगायत पेट्रोलियम पदार्थ वितरण गर्न गरेको प्रयासप्रति महासंघले आभार व्यक्त गरेकाे छ ।

सरकारले सहज आपुर्तिको ब्यवस्था गर्न खोज्दा खोज्दै पनि अपाङ्गता भएका ब्यक्तिहरुले ग्यास पेट्रोल लिन निकै दुःख पाईरहेको अवस्था  छ, महासंघले भनेको छ-  अपाङ्गता भएका व्यक्तिहरुलाई लाईनमा वसेर पेट्रोल ग्यास लिन साह्रै असहज र असुविधा भएको गुनासो राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा दिनहु आइरहेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको हकमा “अपाङ्गता परिचयपत्र” को आधारमा ग्यास पेट्रोल र डिजेल उपलव्ध गराउने व्यवस्था मिलाउनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आज गृहमन्त्रालय, बाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल आयल निगममा छुट्टाछुट्टै ध्यानाकर्षणपत्र दर्ता गराइएको जानकारी दिएको छ ।

उसले अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज रुपमा पेट्रोलियम पदार्थ बिशेष गरि ग्यास र पेट्रोलको सहजता गर्न बिशेष ब्यवस्थाकोलागी नेपाल सरकार र सबन्धीत सरोकारवाला निकायमा जोडदार माग समेत गरेको छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!