अपांगता भएका प्रहरीहरूलार्इ निःशुल्क चारपाग्रे स्कुटर प्रदान

June 18, 2015

काठमाण्डाैं असार ३ ।    कर्तव्य पालनाको सिलसिलामा विभिन्न कारणले घाईते भई अशक्त हुन पुगेका बहालवाल तथा तथा पूर्व प्रहरी कर्मचारीहरूलाई सवलीकरण गराउने नीति अनुरूप 1920430_874695449270521_887511134125767885_nआज मिति २०७२-०३-०३ गते एक कार्यक्रमका बिच १८ जना  अपांगता भएका बहालवाला तथा पूर्व प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यलयमा निःशुल्क चारपाग्रे स्कुटर प्रदान गरिएको छ ।

आ.व. २०६७/०६८ बाट शुरु गरिएको यस कार्यक्रम मार्फत मिति २०६७/०९/२९ गते ९ जना , २०७०/०८/१४ गते ११ जना प्रहरी कर्मचारीहरुले यो सुविधा प्रप्त गरिसकेका छन र आज थप १८ जनालाई स्कुटर वितरण गरिएको हो । नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरिक्षक डाक्टर भक्त बहादुर सिंहको अध्यक्षतामा गठित समितिले छनोट कार्यविधि बनाई तोकिएको मापदण्ड अनुरुप सिफारिस गरेको आधारमा स्कुटर वितरण गरिएको हो ।

 

साभार https://www.facebook.com/NepalPolicePHQ

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!