जलबिन्दुको उपचार गर्न नसक्ने बालबालिकाको लागि च्यारिटी कन्सर्ट हुने

April 23, 2015

काठमाडौ । “लेट्स मेक डिफ्रेन्स, लेट्स मेक म्युजिक” भन्ने नाराका साथ जलविन्दु सम्बन्धी जनचेतना फैलाउने र आर्थिक अवस्था कमजोर भएका मुलुक भित्रका जलविन्दु लागेका बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ रष्टी नेल्स ब्याण्डको चौथो च्यारिटी कन्र्सट यही १२ वैशाख (२५ अप्रिल) पाटनस्थित पाटन म्यूजियमको प्राङ्गनमा आयोजना गरिने छ । पहिलो, दोश्रो, तेश्रो र चौथो कन्सर्टबाट हालसम्म रु. १०,१७,५००÷– (दश लाख सत्र हजार पाँच सय रुपैँया ) उठेसगै ब्याण्डका सदस्य डा. सुमन थापाले तिलगंगा आँखा प्रतिष्ठानलाई हस्तान्तरण गरिसक्नुभएको छ । डा. सुमन थापा जलविन्दु विशेषज्ञ साथै तिलगंगा आँखा प्रतिष्ठानका जलविन्दु विभागका प्रमुख एवं प्राध्यापक पनि हुनुहुन्छ । डा. थापाले तिलगंगाले आर्थिक श्रोतका अभावमा उपचार गर्न नसक्ने जलविन्दु रोग लागेका शल्यक्रिया गर्नुपर्ने बालबालिकाहरुका लागि यो रकम खर्च गरिने जानकारी दिनुभयो । रष्टी नेल्स काठमाडौं बेस ब्लु ज्याज ब्याण्ड हो । जसमा युवराज क्षेत्री (भोकल र लिड गिटार), हेमराज क्षेत्री (भोकल, ड्रमर) , स्योन (वास गिटार) र डा.सुमन थापा (भोकल, रिदम गिटार, हारमोनिका) रहेका छन् । डा. थापाले जलविन्दु सम्बन्धी रोग लागेका बालबालिकाहरुका लागि आउँदा महिनाहरुमा पनि निरन्तर च्यारिटी कन्र्सट गर्ने जानकारी दिनुभएको छ । करिव ३ घण्टासम्म चल्ने कन्र्सटको प्रवेश टिकट मूल्य रु. ५०० तोकिएको थियो । कन्सर्टमा अंग्रेजी र नेपाली गरेर २० वटा गितहरु प्रस्तुत गरिने भएको छ । यस कन्सर्टलाई लक्ष्मी बैंक र व्यवसायी पवन कुमार अग्रवालले सहयोग समेत गर्नुभएको थियो । यदि समयमै पहिचान भई उपचार गर्न सकेमा जलविन्दु रोकथाम गर्न सकिन्छ । ढिलो भएमा दृष्टि नै गुम्ने सम्भावना रहन्छ । त्यसैले समयमै जाँच तथा परिक्षण गर्नुपर्दछ । हाल जलविन्दुको अन्तराष्ट्रिय स्तरको सम्पूर्ण उच्च प्रविधिको उपचारहरु तिलगंगा आँखा अस्पतालमा उपलब्ध छन ।

साभार http://www.hamrakura.com

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!