‘अपाङ्गता भएका व्याक्तिको क्षमता विकास गर्नु जरुरी’

April 20, 2015

कृष्ण खनाल बुटवल,  बैशाख ७। कुनै पनि प्रकारका अपाङ्गता भएका व्याक्तिहरुलाई समाजको मुल प्रवाहीकरणमा ल्याउनको लागि उनीहरुको क्षमता वृद्धि गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । स्थानिय युवा साझेदारी कार्यक्रम अन्र्तगत नेपाल दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजना र जिल्ला विकास DSC03172समिति रुपन्देहीको सहयोगमा२०७१ चैत २९   मा बुटवल भएको‘अपाङ्गता भएका युवाहरुमा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम’ का सहभागीहरुले अपाङ्गता हुदैमा कुनै पनि व्याक्ति असक्षम नह ुने भन्दै उचित अवसर प्रदान गर्न सकेमा उनीहरुले अन्य व्याक्तिले भन्दा पनि राम्रो काम गर्न सक्ने बताएका थिए । नेपाल दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दृष्टिविहिन क्रिकेट संघका केन्द्रीय अध्यक्ष मेजर पवन घिमिरेले, राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवी बहादुर पोखरेल, जिल्ला विकास समिति रुपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गा प्रसाद श्रेष्ठ, बुटवल उपमहानगर पालिकाका बरिष्ठ सामाजिक शाखा अधिकृत दामोदर ज्ञवाली, दृष्टिविहिन क्रिकेट संघका केन्द्रीय सचिव विमल पौडेल लगायतले सहजीकरण गरेका थिए ।

यस क्षेत्रका विभिन्न प्रकृतीका अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता रहेको तालिममा बोल्दै प्रमुख अतिथी तथा नेपाल दृष्टिविहिन क्रिकेट संघका केन्द्रीय अध्यक्ष पवन घिमिरेले खेलकुदको माध्यमबाट अपाङ्गता भएका व्याक्तिहरुको सोचाईमा व्यापाक परिवर्तन ल्याउन सकिने भन्दै यसको लागि कुनै पनि अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरुको क्षमता अनुसार खेलकुदमा सहभागीता गराउनको लागि अभिभावकहरुलाई आग्रह गरेका थिए ।

उनले भने–‘सेमीनार, गोष्टी, कार्याशाला भन्दा पनि अपाङ्गता भएका व्याक्तिहरुको खेलकुदमा सहभागीता गराउन सकियो भने उनीहरुको मनोविज्ञानमा समेत परिर्वतन ल्याउन सकिन्छ, जसले समाजको मुल प्रवाहिकरणमा विशेष भुमिका खेल्न सक्छ ।’

राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवी बहादुर पोखरेलले अपाङ्गता भएका व्याक्तिहरुको खास क्षमता के हो, भन्ने विषयमा निक्यौल गरी उनीहरुलाई खेलकुद, लगयताका विभिन्न व्यवाहारिक तालिम प्रदान गर्न सकेमा उनीहरुको पुर्नस्थापन हुने बताएका थिए । जिल्ला विकास समिति रुपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गा प्रसाद श्रेष्ठले सरकारी नितीगत अवस्था र अपाङ्गता भएका व्याक्तिहरले पाउने सेवा सुविधाको बारेमा जानकारी दिएका थिए ।

बुटवल उपमहानगर पालिकाका बरिष्ठ सामाजिक शाखा अधिकृत दामोदर ज्ञवालीले बुटवल उपमहानगर पालिकाले लक्षित बर्गकोलागि छुटएका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चाल दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका उपाध्यक्ष निर्मल पौडेलले गरेका थिए ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!