अपाङ्गता भएकाहरू लार्इ सडक दुव्र्यवहार झन् बढि

April 19, 2015

सा. स बैशाख ६, काठमाण्डौ । अन्तराष्ट्रिय सडक दुव्र्यवहार विरुद्धको सप्ताहाव्यापी कार्यक्रमको सन्दर्भमा नेपालमा महिला, वालवालिका अपाङ्गता भएका तथा तेस्रो लिङ्गी समुदायले सडकमा खेपिरहेको दुव्र्यवहार विरुद्ध जनचेतना फैलाउन, क्षमता अभिवृद्धी गर्न तथा नीतिगत वकालत गर्न युवाका क्षेत्रमा कृयसिल विभिन्न सामाजिक संघ संस्थाहरुले विविध कृयाकलापहरु गरिरहेका छन ।

02

अपाङ्गता अधिकारकर्मी सरिता लामिछाने सभालार्इ सम्बोधन गदै ।

अभियान अन्तरगत सडक दुव्र्यवहार विरुद्ध जनचेतना फैलाउने उदेश्यले डिसएविलीटी मिडिया फाउन्डेसन ,युथ एड्भोकेसी नेपाल, एक्टिभिष्टा नेपाल, आदिवासी जनजाति युवा महासंघ नेपाल, सकरात्मक विकास संचार केन्द्र, दलित युथ एलाईन्स, युथ एक्सन नेपाल लगायतका १९ वटा सामाजिक संघ संस्थाहरुले संयुक्त रुपमा यहि शनिबार बैशाख ५मा राजधानीको बवरमहलको सडक विभागवाट नयाँ वानेश्वर सम्म सेफ्टिपिन मार्चको आयोजना गरेका छन् ।
मार्चमा संविधानसभाका सभासद, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, युवा,विद्यार्थी तथा सर्वसाधरण नागरिकको सहभागिता थियो । मार्चको समापन सभामा नेपाली कांग्रेस सभासद रीता शाहीले नेपालका कानुनहरु पीडक मैत्री भएकाले उक्त कानुनहरुलाई पीडितमैत्री वनाउनको लागि संविधानसभामा भुमिका खेल्ने वताउनु भयो । महिलाहरुले सडकमा मात्र दुव्र्यवहार नभोगेर घर, समुदाय, विद्यालय र कार्यस्थलमा पनि दुव्र्यवहार खेपिरहेको हुनाले एकिकृत अभियानको खाचो रहेको अर्की वक्ता एनेकपा माओवादीकी सभासद आशा कोईरालाले वताउनु भयो । सभालाई अपाङ्गता अधिकारकर्मी सरिता लामिछानेले सम्बोधन  गर्दै अपाङ्गता भएका युवाहरू लार्इ सडक दुव्र्यवहार झन् बढि रहेकाे बलाउनु भएकाे छ।   महिला अधिकारकर्मी सावित्रा न्यौपानेले पनि सम्बोधन गर्नु भएको थियो ।
सडक दुव्र्यवहारलाई अन्त्य गर्न युवा पुस्ताको काँधमा जिम्मेवारी आएको हुनाले त्यसमा सवै तह र तप्काका युवाहरुले योगदान गर्नु पर्ने कुरा वताउदै कार्यक्रमका संयोजक तथा युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले कार्यक्रम समापन गर्नु भएको थियो ।

01

सेफ्टिपिन मार्च

Comments

One Comment on अपाङ्गता भएकाहरू लार्इ सडक दुव्र्यवहार झन् बढि

  1. Parveen Rana on Sun, 19th Apr 2015 10:11 am
  2. I am Codineter disabalhelpline.org (India ) I join you

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!