लोक सेवा आयोग राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला तथा समावेशी) प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सूचना नं. ५८८/०७१-७२

December 14, 2014

लोक सेवा आयोग
राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला तथा समावेशी) प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन
सूचना नं. ५८८/०७१-७२
निम्न सेवा र समूहका राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला तथा समावेशी) पदहरुको आयोगको मिति २०६९।१२।२९ मा संशोधन भएको संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक लिखित परीक्षाको लागि योग्यता पुगेका उम्मेदवारहरुबाट आयोगद्वारा एकीकृत परीक्षाको लागि स्वीकृत गरिएको फाराम भरी दरखास्त आह्वान गरिन्छ ।

राजपत्रांकित तृतीय श्रेणी-अपाङ्ग

  • आवश्यक न्यूनतम योग्यता
    • (१) नेपाल परराष्ट्र सेवा र नेपाल प्रशासन सेवा, राजस्व र सामान्य प्रशासन समूहको लागिः- मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण भएको ।
    • (२) नेपाल प्रशासन सेवा, लेखा समूहको लागिः- मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, बाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातक तह वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई स्नातक तह वा सो सरह उत्तीर्ण भएको ।
    • (३) नेपाल न्याय सेवाको लागिः- मान्यता प्राप्त शिक्षण संस्थाबाट कानूनमा स्नातक तह उत्तीर्ण भएको ।
    • (४) नेपाल लेखापरीक्षण सेवाको लागि:- मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार प्रशासन वा वाणिज्य शास्त्र विषयमा स्नातक वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण भएको ।
    • (५) व्यवस्थापिका संसद सेवाको लागि:- मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण भएको ।क्र.सं.     वि.नं.         किसिम/समावेशी समूह      माग पद विवरण
      सि.नं.     सेवा       समूह     पुनः विज्ञापन पद संख्या  पद संख्या     जम्मा माग   पद संख्या
      ६   १६५३५/२०७१-७२   अपाङ्ग                 क.     न्याय         न्याय          १ (एक)                  १ (एक)          २ (दुई)
      ख.     न्याय   सरकारी वकिल   १ (एक)                  १ (एक)          २ (दुई)
      ग.      प्रशासन      सा.प्र.                                ४ (चार)           ४ (चार)
      घ.     प्रशासन      लेखा                                   ३ (तिन)          ३ (तिन)
      ङ.    प्रशासन      राजस्व                                 १ (एक)          १ (एक)
      जम्मा                                   २                  १०               १२
  • परीक्षाको किसिमः- लिखित, सूचना प्रविधी सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता ।
  • परीक्षा केन्द्रः- आयोगको क्षेत्रीय निर्देशनालयहरु ।
  • परीक्षा दस्तुरः- खुलाको लागि रु ७००।- (सात सय) र प्रत्येक समावेशी समूहको लागि थप रु ३००।- (तीन सय) तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टाछुट्टै रु. ३००।- (तीन सय) थप दस्तुर लाग्नेछ ।
  • दरखास्त दिने स्थानः- काठमाडौंको हकमा काठमाडौं उपत्यका दरखास्त संकलन केन्द्र, अनामनगर, गोश्वारा हुलाक कार्यालय, सुन्धारा र काठमाडौं बाहिरको हकमा आयोगको क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु । साथै आयोगको कार्यालय रहेका जिल्लाहरु बाहेकका जिल्लाहरुमा सम्बन्धित जिल्ला हुलाक कार्यालयमा समेत दरखास्त बुझाउन सकिनेछ ।
  • दरखास्त दिने अन्तिम मितिः- २०७१।९।१५ र दोब्बर दस्तुर २०७१।९।२२ सम्म ।
  • अन्तिम परीक्षा कार्यक्रम तथा अन्तर्वार्ता हुने मितिः-लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ ।
  • पदमा रही गर्नुपर्ने कामको विवरणः- सेवा, समूह सम्बन्धी ।
  • तलबः- प्रचलित स्केल बमोजिम ।
  • सेवा सम्बन्धी मन्त्रालयः- सेवा र समूहको सामान्य प्रशासन सञ्चालन गर्न तोकिएका सम्बन्धित मन्त्रालयहरु ।
  • संयुक्त र एकीकृत परीक्षा कार्यक्रम
        •                       चरण/ पत्र                                        विषय                                       परीक्षा मिति     समय
          • प्रथम चरण (सबै सेवा समूहको लागि)     प्रशासनिक अभिरुची परीक्षण     २०७१।१०।२४     दिनको १.०० बजे(प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरु मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित हुन पाउनेछन् ।)
        • द्वितीय चरण :
          • द्वितीय पत्र (सबै सेवा समूहको लागि)     शासन प्रणाली                      २०७१।१२।२५     दिनको २.०० बजे
          • तृतीय पत्र (सबै सेवा समूहको लागि)     समकालीन विषय                   २०७१।१२।२६     दिनको २.०० बजे
          • चतुर्थ पत्र                                ऐच्छिक विषय                            २०७१।१२।२७     दिनको २.०० बजे
          • न्याय सेवाको लागि मात्र थप     १) समसामयिक कानून तथा अभ्यास       २०७१।१२।२८     दिनको २.०० बजे
          • परराष्ट्र सेवाको लागि मात्र थप    १) अंग्रेजी भाषा                              २०७१।१२।२९     दिनको २.०० बजे     २) परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध   २०७१।१२।३०    दिनको २.०० बजे
  • आवश्यक न्यूनतम योग्यता
  • (१) नेपाल परराष्ट्र सेवा र नेपाल प्रशासन सेवा, राजस्व र सामान्य प्रशासन समूहको लागिः- मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण भएको ।
  • (२) नेपाल प्रशासन सेवा, लेखा समूहको लागिः- मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, बाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातक तह वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई स्नातक तह वा सो सरह उत्तीर्ण भएको ।
  • (३) नेपाल न्याय सेवाको लागिः- मान्यता प्राप्त शिक्षण संस्थाबाट कानूनमा स्नातक तह उत्तीर्ण भएको ।
  • (४) नेपाल लेखापरीक्षण सेवाको लागि:- मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार प्रशासन वा वाणिज्य शास्त्र विषयमा स्नातक वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण भएको ।
  • (५) व्यवस्थापिका संसद सेवाको लागि:- मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण भएको ।
    • द्रष्टव्य
  • (क) दरखास्तसाथ शैक्षिक योग्यताको प्रमाणपत्रहर्रु (अ) लब्धांकपत्र (आ) चारित्रिक प्रमाणपत्रै र नेपाली नागरिकताको प्रमाणपत्र समेतको प्रतिलिपि एवं दरखास्त दस्तुर बुझाएको नगदी रसिद पेश गर्नु पर्नेछ । प्रमाणपत्रका प्रतिलिपिमा उम्मेदवार स्वयमले सक्कल बमोजिम नक्कल ठीक छ भनी दस्तखत गर्नु पर्नेछ ।
  • (ख) दरखास्त दिने अन्तिम मितिसम्ममा सेवा, समूह सम्बन्धी ऐन, नियम अनुसार २१ वर्ष उमेर पुगेको र उमेरको हद ३५ वर्ष ननाघेको तथा महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । निजामती सेवाका स्थायी बहालवाला कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।
  • (ग) दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, तालिम, अनुभव तथा नोकरी अवधिको प्रयोजनका लागि गणना गरिने छैन ।
  • (घ) निजामती सेवाको हकमा निजामती सेवा ऐन, २०४९ को दफा १० बमोजिम र व्यवस्थापिका संसद सेवाको हकमा व्यवस्थापिका – संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा २० बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।
  • (ङ) आयोगद्वारा तोकिएको म्याद भित्र दाखिल नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
  • (च) समान श्रेणी र पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।
  • (छ) सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनुभन्दा कम्तीमा ७ (सात) दिन अगावै आयोगको सम्बन्धित कार्यालयमा सम्पर्क राख्नु पर्नेछ । अन्यथा सहयोगी लेखक उपलब्ध गराउन आयोग बाध्य हुने छैन ।
  • (ज) दरखास्त फारामको नमूना आयोगको ध्भदकष्तभ(धधध।उकअ।नयख।लउ बाट संयुक्त र एकीकृत परीक्षाको लागि तोकिएको दरखास्त फाराम म्यधलयिबम गरी आवश्यक विवरण भरी तोकिएको कागजात सहित साधारण फाइलमा विज्ञापन नं., सेवा, समूह, उपसमूह र उम्मेदवारको नाम, थर लेखी वा कम्प्युटर टाइप गरी फाइलमा नत्थी गरी बुझाउन सकिने छ ।
  • (झ) ऐच्छिक विषय छनौट गर्दा उम्मेदवारले देहायका विषयहरु मध्येबाट कुनै एउटा मात्र छान्नु पर्नेछ । ऐच्छिक विषय छनौट गर्दा विश्व विद्यालयमा सोही विषयमा अध्ययन गरेकै हुनुपर्ने अनिवार्यता हुनेछैन ।
            • तालिका नं. १ लिखित परीक्षामा प्रश्नपत्रको माध्यम भाषाः- नेपाली र अंग्रेजी दुवै हुने ।
            • S.N.    विषय (subject)         S.N.    विषय (subject)        S.N.    विषय (subject)
            • 001   Account & Finance    010    Law                               015    Public Administration
            • 004    Economics              013    Political Science         016    Sociology & Anthropology
            • 005    Education               014    Population Studies
            • तालिका नं. २ लिखित परीक्षामा प्रश्नपत्रको माध्यम भाषाः- अंग्रेजी मात्र हुने ।
            • S.N.    विषय (subject)    S.N.    विषय (subject)        S.N.    विषय (subject)
            • 002    Agriculture    007    Environmental Science    011    Microbiology
            • 003    Botany         008    Forestry                          012    Physic
            • 006    Engineering    009    Health Science           017    Zoology
            • 018    Chemistry *   ( * आयोगको मिति २०७१।८।२२ को निर्णयले थप गरिएको ।)
    • (ञ) लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुले अन्तर्वार्ता दिनु भन्दा अगावै शैक्षिक योग्यताको स्थायी/अस्थायी प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
    • (ट) खुला वा समावेशी समूह अन्र्तगतको एक भन्दा बढी विज्ञापनमा फाराम भर्ने उम्मेदवारहरुले विज्ञापन अनुसारका प्रत्येक समूहका लागि दरखास्त फारामको पहिलो पाना छुट्टा छुट्टै भर्नु पर्नेछ, तर रोल नम्बर र प्रवेशपत्र भने एउटा मात्र प्रदान गरिने छ ।
    • (ड) उम्मेदवारले प्रवेशपत्रमा आफु उम्मदेवार हुने किसिम/समूहहरुको विवरण निर्धारित ढाँचामा अनिवार्य रुपले खुलाउनु पर्नेछ अन्यथा परीक्षामा समावेश गराईने छैन ।
    • (ढ) एकभन्दा बढी किसिम/समूहमा फाराम भर्ने उम्मेदवारले आपूmले पेश गर्ने आवश्यक प्रमाणहरुको प्रत्येकको एक एक प्रति मात्र उम्मेदवार स्वयंले प्रमाणित गरी बुझाए पुग्नेछ ।
    • (ण) दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनु पर्ने र शैक्षिक योग्यता प्रदान गर्ने निकाय वा विश्वविद्यालयबाट प्राप्त हुने प्रमाणपत्र वा लब्धाङ्क विवरण (ट्रान्स्कृप्ट) वा लब्धाङ्कको प्रतिलिपि दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
    • (त) दरखास्त दिने अन्तिम मिति भित्रै निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको भए पनि दरखास्तसाथ न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र वा ट्रान्सक्रिप्ट संलग्न गर्न नसक्ने अवस्था (परीक्षा उत्तीर्ण गरेको केही दिनमात्र भएको कारणले) मा लब्धाङ्कपत्रमात्र पेश गर्ने उम्मेदवारले सोको साथमा आफूले अध्ययन गरेको शिक्षण संस्थाबाट जारी भएको आफूले अध्ययन गरेको तहको सबै परीक्षाहरु (यसमा थेसिस/प्राक्टिकल वा अन्य कुनै यस्तै आवश्यकता समेत उत्तीर्ण गरिसकेको) उत्तीर्ण गरी सबै आवश्यकता (Requirement) पूरा गरिसकेको लिखित प्रमाण पेश गर्नु पर्ने र सो को आधारमा शर्त सहित (Conditional) दरखास्त लिइनेछ ।
    • (थ) शर्त सहित दरखास्त दिने उम्मेदवार लिखित परीक्षा उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएमा अन्तर्वार्ता पूर्व नै प्रमाणपत्र वा लब्धाङ्क विवरणपत्र (ट्रान्स्कृप्ट) पेश गर्नु पर्ने अन्यथा अन्तिम चरणका अन्य परीक्षा तथा अन्तर्वार्तामा सामेल नगराइने र निजको दरखास्त स्वतः रद्द हुनेछ ।
    • (द) विदेशी शैक्षिक संस्थामा अध्ययन गरेका उम्मेदवारहरुले प्रमाणपत्र वा ट्रान्सकृप्ट संलग्न गर्न नसक्ने अवस्था भएमा Provisional Certificate र समकक्षताको प्रमाण सहित दरखास्त दिन सक्ने छन् । तर यस्ता उम्मेदवारहरुले परीक्षा उत्तीर्ण गरेको लामो समयसम्म प्रमाणपत्र वा ट्रान्सकृप्ट नलिएको अवस्थामा त्यस्ता उम्मेदवारहरुको दरखास्त लिन आयोग वाध्य हुने छैन ।
    • (ध) पाठ्यक्रम आयोगको website www.psc.gov.np बाट Download गरी प्राप्त गर्न सकिने छ ।
    • (न) प्रथम चरण (First Phase) को लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुलाई मात्र द्वितीय चरण (Second Phase)को लिखित परीक्षामा सम्मिलित गराइनेछ ।
    • (प) लिखित परीक्षाको प्रथम चरण (First Phase) मा प्राप्त गरेको प्राप्ताङ्कको २० प्रतिशत अङ्क तथा द्वितीय चरण (Second Phase) को प्राप्ताङ्कहरु जोडी कूल अङ्कको आधारमा लिखित परीक्षाको नतिजा प्रकाशित गरिनेछ ।
    • (फ) लिखित परीक्षा र अन्तिम परीक्षा (सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता)को कुल अङ्क योगको आधारमा अन्तिम परीक्षाफल प्रकाशित गरिनेछ ।
  • समावेशी तर्फका उम्मेदवारहरुले पेश गर्नुपर्ने थप कागजातहरु
  • समावेशी तर्फ दरखास्त दिने उम्मेदवारहरुले निम्न बमोजिमका कागजातहरु समेत पेश गर्नु पर्नेछ ।
  • (क) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा,
  • तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
  • (ख) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा,
  • तर, राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
  • (ग) अपाङ्गका हकमा स्वीकृत चिकित्सकको सिफारिशमा समाज कल्याण परिषद्बाट अपाङ्गता प्रमाणित गरेको परिचयपत्रको आधारमा,
  • (घ) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको आधारमा,
  • तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
  • (ङ) पिछडिएको क्षेत्रका हकमा निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (७) मा उल्लेख भएका जिल्लामा स्थायी बसोवास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले (दरखास्त फाराम आयोगमा बुझाउने दिन भन्दा ३ महिना अगाडि सम्म) हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
  • स्थायी वसोवास भएको जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा सो गर्नुपर्नाको कारण उल्लेख भएको व्यहोरा पत्र नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट लिएको, निजामती सेवा ऐन, २०४९ को दफा ७ (७) मा उल्लेख भएको जिल्लामा विवाह गरी वा वसाइ सराइ गरी गएको भएमा विवाहको हकमा विवाह दर्ता प्रमाणपत्र र वसाइ सराईको हकमा छाडेको र गएको गाउ विकास समिति/नगरपालिकाको वसाइ सराई कागज दरखास्त साथ पेश गर्नु पर्नेछ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!