अन्तराष्ट्रिय अपाङ्ग दिवस त मनाँइयाे

December 13, 2014

विनोदकुमार श्रेष्ठ , रामेछाप -९ रामेछाप

नेपालको सन्दर्भमा “अपाङ्ग दिवस” को केही महत्व छैन । मेरो बिचारमा लाचारी सरकार र अपाङ्ताको मसिँया हुँ भन्नेहरुको कमाई खाने भाँडो हो अपाङ्गता दिवस । डिसेम्वर ३ अर्थात अन्तरराष्ट्रिय अपाङ्ग दिवस यस बर्ष पनि नेपालमा बिभिन्न कार्यक्रमका साथ मनाँइयाे । दिवस सकिस्कदा अपाङ्गता भएका व्यक्तिहरुको नाममा भित्रीएका करोडौ डलरहरु पचाएर होटल र क्याफेहरुमा सेमिनार हरू पनि सकिसकेका छन् । मैले सुने  अपाङ्ग दिवस मनाउने नाममा दाताबाट आएको पैसाबाट अपाङ्गताहरुको नाममा खोलिएको संस्थाहरुले ककटेल डिनरको समेत आयोजना गरीपनि सके । अपाङ्गता को नाममा सिमित व्यक्तिले लुटमच्चाई रहेका छन् । यति बेला यो नेपालको लाचारी सरकार के गदै होला ?


binod shresthaअपाङ्गता भन्ने वित्तिकै मानिसहरुले सहानुभूतिले हेर्ने गरेका कारण यस क्षेत्रमा निकै ठुलो लुट चल्दै आएको छ । काठमाडौमा पनि केहि समुह भन्दा बाहेकलाई यो दिवस आँउछ । जुन डलरवालाहरुले उपयोग गरिरहेकाछन् । अपाङ्गता भएका व्यक्तिहरुलाई पत्तो पनि छैन । काठमाडौ बाहिरका अपाङ्गता भएकाहरुको त अपाङ्गता दिवस त परै जावस कल्पना पनि गर्न सक्दैनन् । अपाङ्गताको नाममा नेपालमा प्रत्येक बर्ष भित्रीने डलरहरु प्रत्येक अपाङ्गता भएकाहरुलाई बाँड्ने हो भने पनि प्रतिव्यक्ति ५० हजार भन्दा बढी बार्षिक रुपमा भाग लगाँउन पुग्छ रे । जानकारहरु त्यस्तै बताउँछन् । तर यो पैसा अपाङ्गताको नाममा सिमित संस्था र समुदायले मस्ती गदै आएको छ ।
अझै भन्दा त्यो समुदायको अपाङ्गता क्षेत्रमा सिन्डीकेटनै छ । चाप्लुसी र आसेपासे बाहेक अरु जस्तोसुकै अपाङ्गता भएका व्यक्तिहरुलाई उ अपाङ्ग भएको व्यक्तिनै ठान्दैन । बिभिन्न फरक फरक शिर्षकमा बिभिन्न मन्त्रालयबाट र दाताहरुबाट पैसा कुम्ल्याउदै अपाङ्ग क्षेत्रको मसिहनै भएको भन्दै लुट मच्चाँउदै आइरहेका छन् । अपाङ्गताको वकालत गर्नेहरुलाई सेमिनार र गोष्ठी गरेर डलर खर्च गर्नमानै फुर्सद छैन । अधिकार मागेर होइन खोसेर लिनु पर्दछ भन्ने सास्वत सत्यलाई लत्याँउदै उनिहरु अरु अपाङ्गता भएकाहरुको मुक्तिको लागि भन्दा पनि आफनै गोजी भर्न र मस्ती गर्नका निम्तिनै तल्लिन छन् ।
अपाङ्गता भएकाहरुको नाममा संस्था खोलेर अकुत सम्पत्ती कमाउनेहरु तथा अपाङ्गता भएका संस्थाका प्रमुख र पूर्व प्रमुखहरुको सम्पत्ती छानविन हुनु पर्दछ । अपाङ्गताको नाममा आएको रकम ककटेल डिनर गरी अपाङ्गता भएको व्यक्तिहरुको धज्जी उडाउँदै सकाउँने हैन, नेपालका हरेक अपाङ्गता भएका ब्यक्तिहरुले बाँच्न पाउने अधिकार माथि उपयोगमा ल्याउनु पर्दछ ।
अपाङ्ग दिवस मनाउँन हामीले कुन उत्सव जितेका छौ र ? अदालत ले दिएका निर्देशन समेत कार्यान्वयनमा ल्याउन सकेका छैनौ । ठुलो ठुलो कुरा गरेर मान्छे ज्ञानी हुदैन । मानिस ज्ञानी तब हुन्छ जब उसले सानो सानो कुरा हरुलाइ बुझ्न थाल्दछ । हामीले अरु राष्ट्र मा झै अधिकार पाएका दिनमात्र अन्तरराष्ट्रिय अपाङ्ग दिवसको महत्व आउने छ । अन्यथा नेपालको सन्दर्भमा यो दिवसको कुनै तुक भेटिँदैन ।

Comments

2 Comments on अन्तराष्ट्रिय अपाङ्ग दिवस त मनाँइयाे

  1. mahanand joshi on Sat, 13th Dec 2014 11:08 pm
  2. एक दमै राम्रो कुरा लेख्नु भयो ,तपाईलाई धन्यबाद यसमा म सय प्रतिशत सहमत छु ।अपांग हरुमा पनि आसे पासे हरुले फाइदा उठाई रहेका छन। वास्तविक सवै अपांगहरुको डाटा अपांग महासंघमा हुनु पर्छ जसमा रोजगार, वेरोजगार, अर्ध रोजगार सवै छुट्याएको हुनु पर्छ।र सवैको हक अधिकारको वकालत महासंघले गर्नु पर्छ।

  3. Binod Shrestha on Sun, 21st Dec 2014 9:42 pm
  4. धन्यवाद सर । टोलटोलबाट, गाउँगाउँ बाट आवाज संगठित गर्दै घच्घच्याउनु जरुरी छ । वास्तविक सवै अपांगहरुको डाटा अपाङ्ग महासंघले कलेक्सन गर्दै रोजगार, वेरोजगार, अर्ध रोजगार सवै छुट्याउनु पर्दछ । सवैको हक अधिकारको वकालत महासंघले गर्नुपर्छ। अनी मात्र हुन्छ अपाङ्गता भएका को उथ्थान ।

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!