भौतिक संरचनाहरु अपाङ्गमैत्री वन्नु पर्नेमा जोड

September 27, 2014

काठमाडौँ,  ११ असोज । युथ एडभोकेसी नेपालको आयोजना तथा एक्टिभिस्टा र डिसएविलिटी मिडिया फाउन्डेसनको सहकार्यमा शुक्रबार असोज १० गते मिडिया इन्टरनेश्नल अनामनगरमा “अपाङ्गमैत्रि भौतिक संरचनामा युवाहरुको भुमिका विषयक” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

apangata(1)अन्तरक्रिया कार्यक्रममा ईन्जिनियरद्वय अनन्तराम वैद्य र उनम प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तोताले अपाङ्गमैत्री भौतिक संरचना के हो ?, युवाहरुले अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा कसरी भुमिका खेल्न सक्छन ? भन्ने कुरामा जोड दिएका थिए । कार्यपत्र प्रस्तुति पछि युवाहरुमाझ सघन छलफल भएको थियो । छलफलकाक्रममा वहुसंख्यक सहभागीहरुले भौतिक संरचनाहरु अपाङ्गमैत्री वन्नु पर्ने र यसमा राज्य, नागरिक समाज र व्यक्ति सवै संवेदनशिल हुनु पर्नेमा जोड दिएका थिए । छलफलमा युवाहरुलाई लागेको जिज्ञासा तथा सुझाव पनि राखेका थिए ।  युवाहरुको जिज्ञासालाई कार्यपत्र प्रस्तोताद्वयले मेटाउने प्रयास गरेका थिए । अन्तरक्रिया पश्चात अथिति वक्ताहरु राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष कमल सुवेदी र राष्ट्रिय अपाङ्ग युवा संजालका अध्यक्ष महेन्द्र थापाले आफ्नो मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा सहभागि धेरै जसो अपाङ्गता भएका व्यक्तिहरुले आ–आफ्नै समस्याहरु प्र्रस्तुत गर्दै राज्यले पनि भौतिक संरचनाहरु निर्माण गर्दा अपाङ्गमैत्री बनाउनु पर्नेमा जोड दिएका थिए । अपाङ्गता भएकाहरुको अबस्थालाई मध्यनजर गर्दै अव बन्ने संविधानमा पनि अपाङ्गमैत्री हुनु पर्नेमा जोड दिदै नीति निर्माण तहमा आफ्नो माग सुनिश्चित गराउन नेतृत्व लिने संघसंस्थाहरुलाई समेत माग गरेका थिए । apangata 1
अतिथिद्वयले भौतिक संरचनाहरु अपाङ्गमैत्री नभएकाले दैनिक जिवनमा अपाङ्गगता भएका व्यक्तिहरुले कठिनाई भोग्नु परेका उदाहरणहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा अपाङ्गता भएको व्यक्तिको सवाल कुनै विषेष समुदायको मात्र सवाल नभएर यो राष्ट्रकै सवाल भएकोले सवै युवाहरु संगठित भएर लाग्नु पर्ने वताउदै कार्यक्रमका सभापति तथा युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले कार्यक्रम समापन गरेका थिए । –

साभार: http://www.nepalpationline.com/

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!