अपाङ्गता भएकाहरूलाई फिजियोथेरापी सेवा

November 10, 2009

मोरङको स्थानीय ग्रामीण अपाङ्गता पुनःस्थापन केन्द्र, टङ्किसिनुवारीले फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ । केन्द्रका अध्यक्ष चन्द्रशेखर न्यौपानेका अनुसार मङ्गलबार, बुधबार र बिहीबार गरी हप्तामा तीन दिन सो सेवा प्रदान गर्दै आएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई स्वस्थ रहन सहयोग मिलोस् भन्ने उद्देश्यका साथ सञ्चालित यो सेवा सञ्चालनका लागि स्थानीय समाजसेवी/राजनीतिक व्यक्तित्व भुवनेश्वर मण्डलले सहयोग पुर्‍याउनुभएको संस्थाले जनाएको छ । वि.सं. २०६२ मा स्थापित यस संस्थाले अपाङ्गता भएकाहरूलाई हृविलचेयर, छात्रवृत्ति र शिक्षण सामग्री पनि वितरण गर्दै आएको जनाएको छ ।

केन्द्रका अध्यक्ष न्यौपानेका अनुसार सो संस्थाले आमा समूहलाई तालिम, अभिभावकलाई अपाङ्गहरूलाई गर्नुपर्ने व्यवहारबारे प्रशिक्षण र बुद्धिजीवीहरूलाई अपाङ्तासम्बन्धी जानकारी गराउदै आएको छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!