प्रवासी नेपाली सङ्घद्वारा व्हीलचेयर सहयोग

November 9, 2009

गोरखा। प्रवासी नेपाली सङ्घ कतारले गोरखाका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेलाई दुई वटा व्हीलचियर खरिदका लागि रु.१२ हजार सोमबार हस्तान्तरण गरेको छ ।
सङ्घका सचिव गणेश बानियाँ र संस्थापक अध्यक्ष वीरबहादुर थापाले सो रकम हस्तान्तरण गर्नुभएको हो ।
महिला विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आउने अपाङ्गहरूलाई कार्यालयको कामको सिलसिलामा आउन जान सजिलो होस् भनेर व्हीलचियर खरिदका लागि सो रकम दिएको सचिव बानियाँले बताउनुभयो ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!