अपाङ्गता भएका बालबालिकाका लागि विद्यालय

November 9, 2009

सरोकार संवाददाता
काठमाडौं

अपाङ्गता भएका बाल बालिकाहरुका लागि विशेष शिक्षा प्रदान गर्ने हेतुले विशेष शिक्षा विद्यालय स्थापना भएको छ। स्पेशल एजुकेशन एन्ड रिहाविलिटेशन सेन्टर फर डिस्यावल्ड चिल्ड्रेन ( एसइआरसी) विद्यालय तथा पुर्नस्थापन केन्द्रले आफ्नो सेवा सुरु गरेको छ। नेपालमा यस्तो किसिमको विद्यालय पहिला नभएको र यो विद्यालय नै पहिलो भएको  विद्यालयका अध्यक्ष अनिस केसीले दाबी गरेका छन ।

 सो विद्यालयमा १६ वर्षमुनिका शरिरिक रूपले असक्त, मस्तिष्क पक्षघात भएका, बोल्न नसक्नेलगायतका अन्य अपाङ्गता भएका बालबालिकाहरुलाई अपाङ्गताको प्रकृतिअनुसार विशेष प्रणालीद्वारा शिक्षा प्रदान गरिने विद्यालयकी प्रिन्सीपल सविता उप्रती बताउँछिन्। राजधानीको बालुवाटारमा अवस्थित यो विद्यालयले विशेष प्रकारले अपाङगता भएका बालबालिकाहरुका लागि शिक्षाको क्षेत्रबाट सेवा पुर्‍याउने उद्देश्यले यो विद्यालय स्थापना गरिएको विद्यालयका अध्यक्ष केसीले बताए। विद्यालयमा कितावी ज्ञानका साथै शारिरीक रूपले असक्त, मस्तिष्क पक्षघात भएकालाई फिजियोथेरापी, अकुप्रेसर, स्पीच थेरापी एवं बालबलिकाहरुलाई डाक्टरबाट दैनिक जाँचको ब्यवस्थासमेत गरिएको विद्यालयका व्यवस्थापक विदुर उप्रेती बताउछन्। विद्यालयमा भर्ना भएका बालबालिका बाहेक अन्य अपाङता भएका बालबालिकाहरुलाई पनि फिजियोथेरापी सेवा पनि प्रदान गरिने विद्यालयले जनाएको छ।

Comments

One Comment on अपाङ्गता भएका बालबालिकाका लागि विद्यालय

  1. Kushal somai on Mon, 19th Aug 2019 3:05 am
  2. Excuse me.hostel facility are in the school.

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!