SSDRC- बिशेष स्कुलमा विश्व अटिजम दिवस (फोटो फीचर सहित)

April 2, 2014

काठमान्डौ-चैत्र २०  विश्व अटिजम जनचेतना दिवसको अवसरमा बिशेष स्कुल तथा पुनस्थापना केन्द्र (SSDRC) पुरानो सिनमंगलले बिभिन्न कार्यक्रमका साथ मनाएको छ । ओइ क्यान ओइ निड योर सपोट “We can we need your Support” भन्ने नाराको साथ बिभिन्न पोस्टर ,पम्पेल्ट लिएर परीक्रमा गरीएको थियो भने अटिजम भएका बालबालिकाहरुले बनाएको चित्रकलाको प्रदशनी गरिएको थियो । SSDRC ले अटिजम भएका बालबालिकाहरुको लागि बिशेष प्रकारका कार्यक्रमहरु समेत आयोजना गरेको थियो । बालबालिकाहरुलाई उनिहरुको क्षमता अनुसारको उमेर समुह छुट्ट्यार बेलुन फुटाउने ,चक्लेट दौड तथा दौड प्रतियोगीता गराइ उत्कृष्ट खेल प्रस्तुत गर्ने बालबालिकाहरुलाई पुरस्कृत गरीएके थियो । कार्यक्रममा अटिजम भएका बालबालिकाहरु स्वयम पनि जनचेतना जगाउन अग्रसर रहेका थिए । अटिजम भएका बालबालिकाहरुमा सामाजिकिकरण नहुने चेतनामा कमी हुने हुँदा उनिहरुले अवसर पाए भने समाजमा सामाजिकिकरण गराइ पुनस्थापित गराउन सकिन्छ । उनिहरुलाई हौसला दिने तथा खेल थेरापी गराउदा शरीरिक सक्षमता समेत बृद्धि हुन्छ । यस्ते कार्यक्रमले उनिहरुको प्रतिभा अगाडी बढाउन मद्त हुन्छ भन्ने जनचेतना जगाउन यस्ता कार्यक्रम गरिएको SSDRC को संस्थापक तथा कार्यकारी निर्देशक सबिता उप्रेती को बताउनु भएके छ। SSDRC मा सबै कर्मचारीहरुले दिन भरी निलो रङको ड्रेस् लगाएर स्कुल पोशाकको पनि हिजै देखी सुरुवात गरेका छन् ।
DSC07749

DSC07643

DSC07645

DSC07676 (1)

DSC07724

DSC07756

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!