लोक सेवा आयोगको विशेष तयारी कक्षाकाे सूचना ।

March 28, 2014

काठमाडौ,चैत्र १४, नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको चालु आ.व.०७०/०७१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गर्नु पर्ने मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका ४० जना अपाङ्गता भएका व्यक्तिहरुको लागि रा.प. अनंक्ङित अप्राविधिक पदहरु (प्रथम र द्धितिय श्रेणी) सम्बन्धि लोक सेवा आयोगको विशेष तयारी कक्षा महिला तथा बालबालिका कार्यालय काठमाण्डौको संयोजनमा यही मिति २०७०/१२/२५ गतेदेखि २०७०/१/९ गतेसम्म १५ दिन काठमाडौंमा सञ्चालन हुने भएकोले लो.से.आ.को परिक्षामा सम्मिलित हुन ईच्छुक अपाङ्गता भएका व्यक्तिहरुले मिति २०७०/१२/१७ गते भित्र देहायको शर्तको अधिनमा रही तोकिएको कागजात सहित सम्बन्धित जिल्लाको महिला तथा बालबालिका कार्यालयमा सम्पर्क राख्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ ।शर्तहरुः

१. सहभागीताका लागि निवेदन दिने व्यक्तिले लोक सेवा आयोगको परिक्षाका लागि दरखास्त बुझाएको हुनु पर्नेछ र निवेदनको साथमा प्रवेश पत्र वा फाराम बुझाउँदा शुल्क तिरेको रसिदको प्रतिलिपि अनिवार्य पेश गर्नु पर्नेछ ।
२. निजको उमेर १८ वर्ष पुरा भई २०७० चैत्र मसान्तसम्म ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।
३. तालिम कार्यक्रममा सहभागी हुन निवेदन दिंदा प्रवेशिका वा सो भन्दा माथिको परिक्षा उर्तिण गरेको प्रमाणपत्रको प्रतिलिपी नागरिकताको प्रतिलिपी अनिवार्य पेश गर्नु पर्नेछ ।
४. अपाङ्गता भएका व्यक्ति मात्र यसमा सहभागी गराईने छ । त्यसको लागि नेपाल सरकारको आधिकारिक निकायबाट जारी गरिएको परिचयपत्रको प्रतिलिपी अनिवार्य पेश गर्नु पर्नेछ ।
नोटः सम्बन्धित जिल्लाबाट सिफारिस आईपुग्नु पर्ने मिति २०७०/१२/२० गतेसम्म ।
थप जानकारीको लागि महिला तथा बालबालिका कार्यालय काठमाडौंको सम्पर्क नं. ०१-४४३७९१४

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!