केरौनले १३ राष्ट्रका NLR प्रतिनीधी समक्ष आफ्नो कार्ययोजना र भाबी योजना प्रस्तुत

March 11, 2014

फाल्गुन २७ ,केरौन अपाङ्गता सेबा संघले यहि फाल्गुन २३ गते गरेको एक कार्यक्रममा यस संस्थाले बिगतका बर्षहरुमा अपाङ्गता क्षेत्रमा गरेको कार्य समिक्षा र भाबी योजनाका बारेमा NLR नेपाल र NLR का १३ राष्ट्रका NLR प्रतिनीधी समक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेको छ।

यस संस्थाले एक अपाङ्गता भएका ब्यक्तिलाई ऋण प्रवाह र बचत गर्ने तबरले बिगत २ बर्ष अगाडि संञ्चलनमा आएको ग्रामिण अपाङ्गता बचत तथा ऋण सहकारी संस्थाको लेखा प्रस्तुत गरेको थियो ।लेखा अनुसार २५ जना सेयर सदस्य रहि १० जना अपाङ्गता भएका ब्यक्तिलाई ऋण प्रबाह गरेको र हाल सम्म मासिक ५०बचत जम्मा गरि रु एक लाख पुँजी पुगेको कुरा लेखा संयोजक तथा यस संस्थाका सचिब श्री बिशेष पराजुलीले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।

यस कार्यक्रममा केरौन गाबिसका सचिब हेमुलाल गौतम प्रमुख अथिति रहनुभएको थियो ।अथितिहरुमा NLR बिराटनगरका प्रतिनिधी नन्दलाल बास्तोला,केरौन उपस्वास्थ्य चैकिका इन्चार्ज बुद्धिमान बस्नेत लगायत केरौन गाबिसमा रहेका बिभिन्न महिला संञ्जाल,राजनितिकदल का प्रतिनिधीहरु र अपाङ्गता भएका ब्यक्तहरु,बिभिन्न संघ सस्थाका प्रतिनीनीहरुको उपस्थिती रहेको थियो ।यस कार्यक्रम यस संस्थाका अध्यक्ष श्री दिपक लुइटेलले सञ्चालन गर्नु भएको थियो ।कार्यक्रम समापन पछि 1१३ राष्ट्रका प्रतिनीधीहरूले यस संस्थाको कार्यलय कालिथान र यस संस्थाबाट सञ्चालनमा आएको साकोस बाट ऋण लिइ बेबसाय सञ्चलन गरि जिबिको पार्जन गरेका अपाङ्गता ब्यक्तिहरुको ब्यबसायकाे फिल्ड भिजिट पनि गरेका थिए ।

केरौन अपाङ्गता सेबा

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!