नव उदयमा अन्तराष्ट्रिय नारी दिवस

March 10, 2014

२६ फागुन नव उदय अपाङ्गता संघ, सामुदायिक विकास कोष र नागरिक सचेतना केन्द्र घेरावारीको संयुक्त आयोजनामा श्रीमति माञ्जो देवि गणेश को सभापतित्व, सुश्री प्रभावति गणेश को प्रमुख आतिथ्य तथा श्रीमति फुलमति लिम्बु को विशेष आतिथ्यमा १०४ औ अन्तराष्ट्रिय नारी दिवसका लागि “हौ जम्मा, महिला नेतृत्व घर देखि संविधान सभा सम्म” भन्ने मुल नाराका साथ १०४ औ अन्तराष्ट्रिय नारी दिवसमा उत्सव कार्यक्रम्र र्‍लिका साथ घेरावारी, झापामा फागुन २४ गते शनिबार सम्पन्न गरियो ।
दिवसमा सम्पुर्ण नारीहरू सहित र्‍लिमा ,नाराका साथ आ-आफ्नो टोल देखि गा.वि.स. सम्म र स्थानीय पथरीया बजार परिक्रमा गरी मञ्चमा आई कोण सभा भयो । सोहि दिन बिभिन्न प्रतियोगिता आयोजना गरीयो। प्रतियोगितामा नृत्य विधा प्रथम पुजा सुवेदी द्वितिय सरीता राई तृतिय माया श्रेष्ठ , कबिता विधा प्रथम पुजा अधिकारी द्वितिय पार्वता ,हाँस्य व्यँग्य विधा प्रथम बिमला तामाङ ,सडक नाटक विधा प्रथम बुहारी चमकका नाटक ग्रुप र गायन तर्फ प्रथम सामुहिक गान भएको थियो।10002955_294359177378686_1239105617_n

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!