बाढी प्रभावितलाई अपांग मैत्रि आकस्मिक घर

February 26, 2014
Rita Lama photo

अपांग मैत्रि आकस्मिक घर , फोटो रीता लामा

रीता लामा
दाङ, १२ फागुन। अपांग मानव अधिकार एवम सरोकार मञ्चले गोवरडिया मलमला–१ मा विपतको समयकेा लागी आकस्मिक घर निर्माण गरेको छ। अपांगता भएका व्यक्ति, महिला, बालबालिका र बृद्धबृद्धाहरुको लागि विपतको समयमा सहयोग पुग्ने हेतुले घर निर्माण गरिएको मञ्चका सहजकर्ता शिव घर्तिले जानकारी दिए। बर्षा सुरु भएसँगै बाढीबाट पीडा भोग्दै आएका त्यहाँको जनताको सुरक्षाको लागि समुदायमा आधारित विपत व्यवस्थापन घर निर्माण गरिएको उनले बताए। विपत व्यवस्थापन घर अपांग मैत्रि बनाएका छौ।’ घर्तिले भने मञ्चले त्यहाँ घर मात्र नभइ बाढीको समयमा आकस्मिक रुपमा प्रयोगमा आउने लाइफ ज्याकेट, हेलमेट सुरक्षित राखेको छ।’ आवश्यक परेको खण्डमा अपांगता भएकाहरुको लागि ह्वील चियर, बैसाखी पनि राखिएको उनले बताए। देउखुरीको राप्ती नदि र स्थानिय राङ्सि खोलाले सधै जसो दुखदिने स्थानिय बताउछन।
बाढीको कारण ठुलो प्राकृतिक जोखिममा परे पछि स्थानियको माग अनुसार मञ्चले मलमलामा स्थानियहरुको लागि आकष्मिक घर निर्माण गरेको जनाएको छ। बर्षातको समयमा राप्ती नदि र राङ्सी खोलामा आउने ठुलो बाढीका कारण त्यहाँका बासिन्दाहरुले पटकपटक बाढीको जोखिम भोग्दै आएको छन।देउखुरीका अन्य गाविस भन्दा गोवरडिया बढी जोखिममा पर्ने गाउँ हो।’मञ्चका सहजकर्ता घर्तिले भने– यहाँ अपांगता भएकाहरु पनि अन्यको तुलनामा बढी छन, त्यसैले यहाँ विपत व्यवस्थापन घर निर्माण गरेका हौ।’ मलमला गाउँका जनताले पटक पटक माग गरे पछि आफुहरुले घर निर्माण गरेको उनले बताए। मञ्चलेनिर्माण गरेको उक्त घरबाट बाढीको समयमा गोवरडिया, गडवा, लालमटियाका जनता बढी लाभान्वित भएका छन। मलमलामा निर्माण गरिएको विपत व्यवस्थापन घरमा प्राथमिकताको आधारमा सुरक्षित स्थानमा बालबालिका, बृद्धबृद्धा, अपांग, गर्भवति, सुत्केरी महिलालाई राख्ने व्यवस्था गरिएको छ। यस्तै मञ्चको सहयोग र स्थानियवासीको सक्रियतामा मलमला गाउँमा विपतको समयमा पुर्व सुचना कार्यदल गठन गरिएको छ। कार्यदलले बाढी प्रभावित गाउँहरुमा बर्षातको समयमा बाढीको प्राकृतिक अवस्थाबारे पुर्व सुचना दिने गर्दछ।

यस्तै गोवरडियाको मलमला गाउँकै सक्रियतामा १० घर अपांग मैत्रि निर्माण गरिएको छ। अपांग मानव अधिकार एवम सरोकार मञ्चको पहलमा मलमलाका १० घरलाई अपांग मैत्रि बनाइएको हो। मञ्चको सक्रियतामा त्यहाको सामुदायिक बनको भवन, मन्दिर लगायतका स्थान पनि अपांग मैत्रि बनेका छन।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!