लुम्बिनी पाँचौ राष्ट्रिय दृष्टिविहिन क्रिकेटको बिजेता (फोटो फीचर सहित)

February 18, 2014

काठमाडौं, फाल्गुन ६ गते, पाँचौ राष्ट्रिय दृष्टिविहिन क्रिकेट प्रतियोगिताको फाईनल खेलकेा बिजेता लुम्बिनी भएकेा छ ।ईन्जिनियरिङ्ग अध्यायन संस्थान पुलचोक,ललितपुरको क्रिकेट मैदानमा भएकेा अाजके खेलमा टस जिती नेपाल आर्मीले फील्डीङ्ग रोजेको थियो। ३० ओभरकेा खेलमा ३ वीकेटको क्षेतीमा लुम्बिनीले २५९ रन बनाएको थियो । नेपाल आर्मीले ४ वीकेटको क्षेतीमा २५३ रन बनाई सो खेल मात्र ७ रनले हारेको थियो।
लुम्बिनीका राम प्रसाद पैाडेलले १०० रनका साथ खेलको म्यान अफ द म्याच र ३५७ रन र ७ वीकेटका साथ उनीनै म्यान अफ द सिरीज पनि भएका छन् ।
अाजै भएकेा पुरस्कार बितरण समारेाहमा पहिलेा हुने लुम्बिनी लार्इ प्रमुख अतिथि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय का सह सचिब श्री शान्ता राम शर्माले रू १५००० ट्रफी र सर्टिफीकेट, देास्रेा हुने नेपाल आर्मी लार्इ राष्ट्रिय अपाङंग महासंघका सचिब टिका दाहालले रू ८००० ट्रफी र सर्टिफीकेट बितरण गर्नु भएको थियो।तेस्रो हुने बागमाती लाई नेत्रहिन क्रिकेट संघ, नेपालका अध्यक्ष  पवन घिमिरेले पुरस्कार बितरण गर्नु भएको थियो।साथै  खेलको म्यान अफ द म्याच राम प्रसाद पैाडेललाई डिसेबल पिपुल अर्गानाइजेसन डेनमार्कका प्रतिनिधि रेनु लोहनीले पुरस्कार बितरण गर्नु भएको थियो र म्यान अफ द सिरीज राम प्रसाद पैाडेललाई एबिलिज् फाउण्डेसन फिनल्याण्ड, नेपालका सहजकर्ता एवं अपाङ्ग महासंघ नेपालका निवर्तमान अध्यक्ष श्री विरेन्द्रराज पोखरेलले पुरस्कार बितरण गर्नु भएको थियो ।
001

लुम्बिनी र नेपाल आर्मीकेा खेलकेा दृश्य

002

रन लिदै लुम्बिनीका राम प्रसाद पैाडेल

004

जित पछि खुसी साट्रदै लुम्बिनीका खेलाडी

005

खेलको म्यान अफ द म्याच लुम्बिनीका राम प्रसाद पैाडेल

007

खेलको म्यान अफ द सिरीज लुम्बिनीका राम प्रसाद पैाडेल

008

समूहमा फेाटेा खिचाउदै प्रथम भएकेा  लुम्बिनीका खेलाडीहरू

0012

समूहमा फेाटेा खिचाउदै देास्रेा भएकेा  नेपाल आर्मी खेलाडीहरू

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!