नेपाल आर्मी र लुम्बिनी पाँचौ राष्ट्रिय दृष्टिविहिन क्रिकेटको फाईनलमा

February 17, 2014

काठमाडौं, फाल्गुन ५ गते, पाँचौ राष्ट्रिय दृष्टिविहिन क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमामा बागमती बिरुद्ध लुम्बिनीको पहिलो खेलमा टस जिती बागमतीले फील्डीङ्ग रोजेको थियो। २० ओभरकेा खेलमा ३ वीकेटको क्षेतीमा लुम्बिनीले २४५ रन बनाएको थियो । बागमतीले ४ वीकेटको क्षेतीमा १७० रन बनाई सो खेल ७५ रनले हारेको थियो।
आजै भएको नेपाल आर्मी र बाँकेको देास्रो खेलमा टस जिती नेपाल आर्मीले फील्डीङ्ग रोजेको थियो। बाँके ले २० ओभरको खेलमा ६ वीकेटको क्षेतीमा १२९ रन बनाएको थियो।त्यसै गरी नेपाल आर्मीले १२।१ ओभरमा १ वीकेटको क्षेतीमा लक्ष्य पुरा गरी खेल जितेको थियो। पहिले खेलमा लुम्बिनीका खिमा नन्द गैरेले १७० रन र १ वीकेटका साथ पहिलो खेलको म्यान अफ द म्याच भएका छन्। दोस्रो खेलमा नेपाल आर्मीका शान्त पहाडीले ५० रन (आउट नभई)का साथ म्यान अफ द म्याच भएका छन्। भेालीको फाईनल नेपाल आर्मी बिरुद्ध लुम्बिनीकेा खेल, ईन्जिनियरिङ्ग अध्यायन संस्थान पुलचोक,ललितपुरको क्रिकेट मैदानमा हुने छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!