पाँचौ राष्ट्रिय दृष्टिविहीन क्रिकेट प्रतियोगिता फाल्गुनमा (खेल तालिका सहित)

February 6, 2014

काठमाडौं, माघ २३ गते
नेत्रहिन क्रिकेट संघ नेपालले , नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा आगामी मिती २०७० फाल्गुन २ गते देखी ६ गते सम्म ईन्जिनियरिङ्ग अध्यायन संस्थानको क्रिकेट मैदानमा पाचौ राष्ट्रिय दृष्टिहिन क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको छ। नेपाल भरीका ६ टिमले सहभागीता जनाउने सो प्रतियोगिता लिगकप नकाउटको आधारमा खेलाईने छ। यस प्रतियोगितामा डिफेन्डीङ्ग च्याम्पियन लुम्बिनी दृष्टिविहीन क्रिकेट टिम लगायत प्रथम पटक नेपाली सेना ,कञ्चनपुर,कास्की ,बागमती र बाँकेका दृष्टिबिहीन क्रिकेट टिमले पनि सहभागीता जनाउने छन्। समुह ए र बि गरी आयोजन गरीने सो प्रतियोगितामा लुम्बिनि दृष्टिविहीन क्रिकेट टिम कप्तान खिमान्नद गैरे, बागमती दृष्टिविहीन क्रिकेट टिम कप्तान किर्तन श्रेष्ट दुवाल ,कास्की दृष्टिविहीन क्रिकेट टिम कप्तान सुर्य प्रसाद भट्टराई ,बाँके दृष्टिविहीन क्रिकेट टिम कप्तान पदम बहादुर बढैला, त्रिभुवन आर्मी दृष्टिविहीन क्रिकेट टिम कप्तान पवन घिमिरे ,कञ्चनपुर दृष्टिविहीन क्रिकेट टिम कप्तान भबेन्द्र सिंह रहेका छन। २०/२० ओभरका खेल खेलाईने भएता पनि फाईनल खेल ४० /४० ओभरको हुने छ। साथै २०७० फाल्गुन १ गते सिभिल ११ र आर्मी ११ बिच मैत्रिपूणर् खेलको आयोजना समेत हुदै छ। स्मरण रहोस् सन २०१४ नेभेम्बरमा साउथ अफ्रिकाको केप टाउनमा आयोजना हुन लागेको एक दिवसीय दृष्टिविहीन विश्व क्रिकेट प्रतियोगितामा नेपाल छनौट भैई सकेको छ।

पाँचौ राष्ट्रिय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको खेलतालिका

मिती

               प्रतियोगिता                     समय

मिति २०७० फागुन २

आर्मी बिरुद्ध लुम्बिनी

०८ :३०

बाँके बिरुद्ध बागमती

१२ :००

मिति २०७० फागुन ३

बाँके बिरुद्ध कञ्चनपुर

०८ :३०

कास्की बिरुद्ध आर्मी

१२: ००

 मिति २०७० फागुन ४

लुम्बिनी बिरूद्ध कास्की

०८:३०

बागमती बिरुद्ध कञ्चनपुर

१२:००

सेमी फाईनल

मिति २०७० फागुन ५

समुह  A को बिजेता बिरुद्ध B को उप बिजेता

०८:३०

समुह B को बिजेता बिरुद्ध A को उप बिजेता

१२:००

फाईनल खेल मिति २०७० फागुन ६ गते दुई बिजेता बिच ८:३०

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!