राष्ट्रिय अपाङ्ग महासंघ आज देखी रिले अनसनमा

February 5, 2014

काठमाडौं, माघ २२ गते
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार र संविधान सभामा सहभागीताको लागी गर्दै आएको आन्दोलनको स्वरुप परिबर्तन गरी अझ कठोर रुपमा अगी बढेको छ।
देशमा करिव ३० लाखको संख्यामा रहेका अपाङ्गता समुदायको प्रतिनिधित्वको सुनिश्चतताका लागी राष्ट्रिय अपाङ्ग महासंघ नेपालले शान्तिपुर्ण रुपमा आवाज उठाउदा पनि निरन्तर गृह प्रशासनको धरकपडले आन्दोलनलाई अवरोध पुर्याउने प्रयास गरिएको थियेा ।सरकार र राजनीतिक दलबाट भरपर्र्दाे प्रतिबद्धता नआए पछि आज देखी भद्काली मन्दिरको पूर्वपट्टीको चौतारोमा रीले अनसनको सुरुवात गरेको छ। आज दिउँसो १२ः३० देखी सुरु भएको रिले अनसनको पनि कुनै सुनुबाई नभए महासंघ यो भन्दा पनि कठोर आन्दोलनमा जाने आज भएको पत्रकार सम्मेलन मा जानकारी दिईयो। रिले अनसन प्रति एकेबद्धता लागी बिभिन्न संध संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिती रहेको थियो।रिले अनसनकेा दृश्य २६ जना सभासदमा महिला पुरुष सहित ४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई समाबेस नगरे सम्म येा आन्दोलन जारी रहेने छ। आजको पहिलो दिनको १८ घण्टे भोक हड्तालमा बस्नु हुनेमा सुदर्शन सुवेदी अध्यक्ष राष्ट्रिय अपाङ्ग महासंघ, टिका दाहाल सचिब राष्ट्रिय अपाङ्ग महासंघ, धुब्रहरी न्यौपाने कोषाध्यक्ष राष्ट्रिय अपाङ्ग महासंघ, अपाङ्गता अधिकार कर्मी भोजराज श्रेष्ठ, बहिरा तर्फबाट प्रतिनिधि, कुमार रेग्मी, सुर्बण केशरी चित्रकार अभिभावक तर्फबाट र अनिता गैरे महिला अपाङ्गता अधिकार कर्मी हुनु हुन्छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!