प्रविधि मेलाको उद्घाटन विशिष्ट
सूचना तथा प्रविधिको क्षेत्रमा विकास भएका पछिल्ला संस्करणबारे जानकारी गराउने उद्देश्यले टीपी लिंक ब्रान्डिङ्ग एक्स्पो २०१२ बिहिबारदेखि भृकुटिमण्डपमा सुरु भएको छ । मेलामा पछिल्लो पटक विकास भएका सुचना तथा प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने आयोजक आईसिटी एशोसिएशन अफ नेपालले जनाएको छ ।
मेलाको बिहिबार शारीरिक रुपमा अपाङ्गता भएका पत्रकार गजेन्द्र बुढाथोकी, शुशिला अधिकारी र शुशिल अधिकारीले संयूक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले सूचना प्रविधिको विकास गर्न नसकिएसम्म कुनै पनि क्षेत्रमा विकास गर्न नसकिने बताउनुभयो । नेपाली कांग्रेसका युवा नेता एवं सभासद् गगन थापाले विज्ञान तथा प्रविधिको विकासमा सरकारले ध्यान नदिएको बताउनुभयो । प्रविधिको विकासबाट मात्रै आर्थिक विकास संभव भएको उहाँको भनाइ छ ।
कार्यक्रममा पूर्र्व मन्त्री, निजी क्षेत्रका प्रतिनिधिहरुले सूचना तथा प्रविधिको विकासबाट मात्रै मुलुकले आर्थिक क्रान्ति गर्न सक्ने धारणा राखेका थिए । आइसिटि एशोसिएसन अफ नेपालका अध्यक्ष सागर देव लाखेले मेला विक्री वितरण भन्दा प्रविधिबारे उच्चतम ढंगले सचेत गराउनमा केन्द्रीत हुने उल्लेख गर्नुभयो । यस पटकको ब्रान्डिङ्ग मेलामा पछिल्ला संस्करणका डेस्कटप, ल्यापटप, सर्भर, टच प्याड, साउण्ड सिस्टम, नेटवर्किङ्ग सिस्टम, मोबाइल, एलसीडी, इन्टरनेट सफ्टवेयर लगाएतका सुचना प्रविधिसँग सम्बन्धीत सामाग्रीहरु राखिएका छन् ।
दुई लाखले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा थ्री डि मोनिटर, सस्तो मूल्यमा स्मार्ट टिभी प्राप्त गर्न सकिने छ । २ सय रुपैयाँ टिकट मूल्य राखिएको मेलामा इन्टरनेट एवं एसएमएस मार्फत फर्म फर्दा ७५ प्रतिशतसम्म छुट दिइने पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेला २५ गतेसम्म चल्ने छ ।
पत्रकार ढकाल सम्मानीत
नेपालगन्ज, १७ मंसिर
बाँकेका पत्रकार प्रियास्मृति ढकाल सम्मानीत भएका छन्। अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा छुट्टाछुट्टै दुई कार्यक्रममा पत्रकार ढकाललाई सम्मानीत गरिएको हो। रेडियो कृष्णसारका समाचार सह–सम्पादक समेत रहेका ढकाललाई राप्तिपारिको मटेहियामा महिला विकास कार्यालय, त्रिशक्ति अपांग संघ, राष्ट्रिय मधेशी अपांग महासंघलगायत एक दर्जन संघसंस्थाहरुको आयोजनामा भएको कार्यक्रममा महिला बालबालीका तथा समाज कल्याण राज्यमन्त्री अर्बेन्द्र शाहले दोसल्ला तथा कदरपत्रले सम्मान गरेका हुन्।
अपांगता भएकाहरूको क्षेत्रमा पत्रकारिताका माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएवापत उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
यस्तै नेपालगञ्जमा जिल्ला अपांग समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकार ढकाल लगायत आई.एन.एफकी कान्ति शर्मा, एच.आर.डि.सीका मिन बहादुर चन्द, टिटिहिरीया अपांग संघकी दिलकुमारी पौडेल, एच.एन.सि.सिका वासुदेव सेढाई र अपांग सशक्तिकरण एवं सञ्चार केन्द्रलाई सम्मान गरिएको थियो। सम्मानीत सवैलाई बाँकेका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले दोसल्ला ओढाई कदरपत्रले सम्मान गरेका थिए।
प्रधानमन्त्रीको कार्यालयलाई अपाङ्गतामैत्री बनाइने
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अपाङ्गता अभि सन्धीअनुसार नेपालका सबै भौतिक पूर्वाधारहरू अपाङ्गता मैत्री बनाउने बताउनु भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर–३) का सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूका लागि जीवनपद्धति केन्द्र, काठमाडौंको नेतृत्वमा गएको प्रतिनिधि मण्डलद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै उहाँले प्रधानमन्त्रीको कार्यालयलाई तत्कालै अपाङ्गतामैत्री बनाइने प्रतिबद्धता जनाउनु भयो ।
प्रधानमन्त्रीको कार्यालय नै अपाङ्गतामैत्री नभएपछि सिंहदरबार प्राङ्गणमै ज्ञापनपत्र बुझाउनु परेको थियो । बाँकी अंश >>
अपाङ्गता भएका व्यक्तिहरूको तीन वर्षे योजना तयार
कञ्चनपुर, १५ मंसिर।
अपाङ्ता भएका व्यक्तिहरूलाई विभिन्न सरकारी समितिमा प्रतिनिधित्व गराउन तीन वर्षे योजना निर्माण गरिएको छ। राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम क्षेत्रीय कार्यालयले अपाङ्ता भएका व्यक्तिहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय शान्ति समिति, दैवी प्रकोप उद्धार समिति, जिल्ला शिक्षा समिति र सामाजिक परिचालन समितिमा प्रतिनिधित्व गराउने योजना बनाएको हो।
सुदूरपश्चिम क्षेत्रका नौवटै जिल्लाका अपाङ्ता भएका व्यक्तिहरूको उपस्थितिमा योजना निर्माण गरिएको राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका सदस्य उपेन्द्र खडायतले बताउनुभयो। जिल्लास्थित समितिहरूमा प्रतिनिधित्वले अपाङ्गता भएका व्यक्तिहरूको सरकारी सेवा सुविधामा पहुँच बढ्ने उहाँले बताउनुभयो।
सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न बनाएको अपाङ्ग कल्याण संरक्षण ऐन, २०३९ कार्यान्वयनमा समेत योजनाबाट टेवा पुग्ने महासङ्घले अपेक्षा गरेको छ।
गुमेको दृष्टिले छरेको उज्यालो
विनोद पाण्डे, काठमाडौं, मंसिर १
‘अलि अलि देख्न पाए हुन्थ्यो जस्तो लाग्छ, तर दृष्टिविहीन भएरै म आज यहाँ आइपुगेको हुँ। रंगिन दुनियाँ देखिसकेकाले अन्धकारमा बाँच्नुपर्दा गाह्रो त हुन्छ नै।’ फरक ढंगमा सक्षम खेलाडी (पारा एथलिट) विक्रमबहादुर राणा दृष्टिविहीन भएकै कारण अहिले खेलकुदमा स्थापित छन्।
सेनामा जागिर खाँदा सिकेको तेक्वान्दो, बक्सिङ र जुडोले उनको ज्यान त जोगायो, आँखा भने जोगाउन सकेनन्। बैतडी रुद्रेश्वर-२, सिमारका विक्रम २०५६ साल कात्तिकमा सेनामा भर्ना भए। जागिरमा प्रवेश गरेसँगै विक्रमको घरमा नयाँ उमंग आयो। अर्को वर्ष विवाह नै भयो। अहिले ७ र डेढ वर्षका दुई छोरा छन्।
जागिरका क्रममा सल्यान, कास्की, विजयपुर र गोर्खा हुँदै काठमाडौं आइपुगे। २०६० साल साउन १ मा हबल्दारमा बढुवा भए। त्यसपछि शिवपुरी पुगे। माओवादी द्वन्द्वकालमा नुवाकोटसँग सिमाना पर्ने गुर्जे भञ्ज्याङमा सेनाको गस्ती दैनिक जान्थ्यो। १५ जनाको गस्तीमा विक्रम पनि नियमित हुन्थे। २०६० भदौ २६ मा विक्रमको टोली माओवादीको एम्बुसमा पर्यो। जंगलबीचको त्यो गाँउमा दुई सेना ठहरै भए, अन्य घाइते। सेनामा भर्ना भएसँगै विक्रमले तेक्वान्दो, बक्सिङ र जुडो सिकेका थिए। एम्बुस पड्कनेबित्तिकै त्यही जुडोको कलाअनुसार उफ्रिएर अर्को ठाउँमा लडेर ज्यान जोगाए।
चोट भने उनले ठूलै सहनुपर्यो। एम्बुस पड्कँदाको छर्रा जीउभरि लाग्यो। दाहिने आँखा त्यही गुम्यो। देब्रे पनि उपचारका क्रममा एक हप्तापछि काम नलाग्ने हुँदा विक्रम दृष्टिविहीन हुनपुगे। एम्बुसले दाहिने चिउँडोमा फलाम, माथिल्लो ओठमा ढुंगा, दायाँ आँखामा रबर गाडियो। ‘जीउभरि ढुंगा, फलाम र बालुवा भरिएको छ, आधा पाउजति छ होला,’ विक्रम भन्छन्, ‘कहिलेकाँही गाला सुम्सुम्याउँदा बालुवा, ढुंगा नै निस्किन्छ।’
२ वर्षजति विक्रमले उपचारमै बिताए। २०६३ सालदेखि विक्रमले क्रिकेट खेल्न थाले। त्यसको दुई वर्षपछि उनको पाइला एथलेटिक्सको ट्रयाकमा पर्यो। दृष्टिविहीन हुनुअघि उनलाई क्रिकेटबारे केही थाहा थिएन। ‘अरुले खेलेको देख्दा टाढाबाटै हेरेर के गरेका होलान् जस्तो लाग्थ्यो,’ उनी अनभिज्ञता लुकाउन खोज्दैनन्। नेत्रहीन संघमा ब्रेल लिपी, कम्प्युटर ट्रेनिङ र मोबिलिटी ट्रेनिङ लिँदै गरेका विक्रम त्यहीमार्फत नेत्रहीन क्रिकेट संघमा लागे। नेेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बु त्यतिखेर पाकिस्तानबाट भर्खर फर्केका थिए। पाकिस्तानले नेपालमा नेत्रहीन क्रिकेटबारे चासो राखेछ। पाकिस्तानीहरू नेपाल आएर सिकाउन इच्छुक रहेछन्।
त्योसँगै विक्रमको जीवन क्रिकेटमा होमियो। उनले त्यसपछि क्रिकेटबाहेक सोच्न पनि सकेनन्। दुई हप्तापछि नै पाकिस्तानी टोली आइपुग्यो। पूरै आँखा नदेख्नेले मात्र खेल्ने कि अलि अलि देख्नेले खेल्ने बारे विक्रमले बुझेका थिएनन्। विक्रम ‘बी वान’ मा परे। पूरै आँखा नदेख्ने भएकाले हातमा सेतोपट्टि लगाएर खेल्नुपर्ने। ब्याट भुँइमा अडाउने अनि बलरले विकेटकिपर र ब्याट्सम्यानलाई सोधेर रिङ बल फ्याँकेपछि ब्याट्सम्यानले मच्चाएर हान्ने। बी वान, बी टु, बी थ्री मा विक्रम तीब्र बलर र ओपनिङ ब्याट्सम्यान थिए। नेत्रहीन क्रिकेटको पहिलो राष्ट्रिय प्रतियोगितामा विक्रम पहिलो चौका हान्ने खेलाडी बने। त्यही वर्ष उनी वर्षको उत्कृष्ट खेलाडी बने। त्यसको दुई वर्षसम्म उनलाई वर्षको उत्कृष्ट खेलाडीमा कसैले चुनौती दिन सकेनन्।
२०६४ मा उनी क्रिकेट खेल्न पाकिस्तान गए। ४० ओभरको एक खेलमा उनले पाकिस्तानविरुद्व १ सय २६ रन बनाए। पाकिस्तान भ्रमणमा २ सय ७० रन बनाउनुका साथै ७ विकेट लिएपछि उनी म्यान अफ द सिरिजमा चुनिए। लाहोरमा पाकिस्तानसँगै खेल्न सुरु गरेको नेपालले ९ मध्ये ३ खेल जित्यो। प्रायः खेलमा म्यान अफ द म्याच र म्यान अफ द सिरिजको उपाधि विक्रमका लागि मात्र जस्तै भयो। युद्धभैरव गणले उनको उत्कृष्टताका लागि पुरस्कृत पनि गर्यो।
पाकिस्तानबाट फर्किएपछि पारा ओलम्पिकलाई छनोट हुन लागेको भन्ने खबरले विक्रमलाई एथलेटिक्समा डोर्यायो। दृष्टिविहीन एथलेटिक्सबारेमा उनले केही बुझेका थिएनन्। एकैपटक छनोट प्रतियोगिता खेल्न गए। ‘गाँठावाला डोरी छाम्दै दौडिएको त डोरी नै टुटेछ, बीचमा मान्छेसँग ठोक्किए पनि साढे १६ सेकेन्डमा १ सय मिटर दूरी पूरा गरी बेइजिङ पारा ओलम्पिकलाई छानिए,’ निकै रोमाञ्चित हुँदै विक्रम छनोटको स्मरण गर्छन्। दैनिक ६०-७० रुपैयाँ खर्च गरेर आफ्नै खर्चमा विक्रमले तीन महिना अभ्यास गरे, तर नेपाल पारा ओलम्पिक कमिटी र राष्ट्रिय पारा ओलम्पिक कमिटीबीचको विवादले विक्रम चीन जान पाएनन्। अर्कै खेलाडी नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक पुगे। विक्रमलाई यसको चोट गुर्जे भञ्ज्याङको एम्बुसजस्तै पर्यो। यसलाई उनले मनमै राखे।
त्यसपछि २०६४-६५ मा राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट खेल्न हेटौंडा गए। काठमाडौंमा भएको २ सय मिटर दौड २७.०१ सेकेन्डमा पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदै उनी ग्वाङ्झाउ एसियाडमा छनोट भए। आधा खर्च आफै बेहोर्दै उनी एसियाड खेल्न चीन लागे। उनी १ सय मिटर १२.८५ सेकेन्डमा पूरा गरी ४५ मध्येमा नवौं स्थानमा आए। दक्षिण एसियाली खेलाडीमा उनी शीर्ष स्थानमा रहे। २७.३१ सेकेन्डबाट २ सय मिटरमा पनि उनी नवौं भए। यही प्रदर्शनबाट विक्रम पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको पारा एथलिट विधामा भदौमा पुरस्कृत भए। गुर्जे भञ्ज्याङ घटनापछि पहिलोपटक उनकी आमा मुस्कुराइन्, विक्रमको हातमा वर्षको उत्कृष्ट खेलाडीको ट्रफी देखेर। एथलेटिक्स र क्रिकेटमध्ये कुन खेल प्राथमिकतामा राख्ने विक्रमले निर्णय गर्न सकेका छैनन्। ‘दुवै खेल एकैपटक पर्यो भने एथलेटिक्स खेल्ने, नत्र भने दुवै खेल सँगै खेल्ने,’ उनमा खेलप्रतिको मोह यथावत् छ।
गुर्जे भञ्ज्याङ घटनापछि विक्रम दुई तह बढुवा हुँदै सुबेदार भएका छन्। दृष्टिविहीन भएपछि जन्मिएको कान्छो छोराको हुलियामात्र उनले कल्पना गरेका छन्। ‘कसैले तिम्रैजस्तै अनुहार छ भन्यो भने मेरो आँसु त्यसै बग्छ,’ सम्हालिने उनको प्रयास खेर जान्छ।
नागरिक दैनिक
दृष्टिविहीन बालबालिकालाई पठनपाठनमा समस्या
कञ्चनपुर, २९ कात्तिक। कञ्चनपुरको सुडा–५ मा रहेको भुवनेश्वरी उच्च माध्यमिक विद्यालयमा पढ्दै आएका दृिष्टविहीन बालबालिकालाई शैक्षिक सामग्रीको अभाव भएको छ। दृष्टिविहीन बालबालिकालाई पढाउन आवश्यक ब्रेललिपीका पाठ्यपुस्तक, स्टेल, स्टाइलसलगायत ब्रेलडट सामग्रीको अभाव भएपछि बालबालिकाले सुनेकै भरमा पढ्नु परेको शिक्षक भोजराज सेठीले बताउनुभयो। बाँकी अंश >>
अपांग दिदीबहिनीलाई ११ लाख सहयोग

पाँच अपांग दिदी बहिनी
पर्वत, २९ कात्तिक
रानीपानी–६, पस्यारका एकै परिवारका पाँच जना बालिका शारीरिक रूपमा अशक्त भएपछि इजरायलमा रहेका नेपालीहरूले उनीहरूको उपचारार्थ आर्थिक सहयोग गरेका छन् । बलबहादुर र कौशिला परियार छोरीहरू अपांगता भएका कारण समस्यामा परेपछि इजरायलका नेपालीहरूले आर्थिक सहयोग जुटाएका हुन् ।
रोजगारीका लागि इजरायल पुगेका नेपाली कामदारहरूको संस्था नेप्लिज इन इजरायल ग्रुपले विगत २ महिनाअघि थालेको अभियानमार्फत ११ लाख १ सय १० रुपैयाँ संकलन भएको जनाएको छ । जसमध्ये नारी आवाजबाट १ लाख रुपैयाँ जम्मा गर्न बाँकी रहेको कुमार पौड्यालले जानकारी दिएका छन् । पौड्यालका अनुसार सहयोग रकम बालिकाहरूका बुवा बलबहादुरको नाममा पर्वतस्थित एक बैंकमा रहेको खातामा पठाइसकिएको छ ।
राष्ट्र बैंकमा अपांगलाई आरक्षण
नेपाल राष्ट्र बैंकले पहिलो पटक आफ्नो आवश्यकतासम्बन्धी विज्ञापनमा अपांगता भएका व्यक्तिका लागि आरक्षण छुट्याएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकासित गरेको आवश्यकतासम्बन्धी विज्ञापनमा अपाङ्गता भएका नागरिकहरुलाई कोटा नछुट्याइएको विषयमा प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएइपछि राष्ट्र बैंकले प्रकासित विज्ञापनमै संसोधन गरी अपाङ्गता भएका व्यक्तिहरुका लागि समेत आरक्षण छुट्याएर पुनः विज्ञापन प्रकासित गरेको हो । राष्ट्र बैंकको सो कदमको अपाङ्गता संचार मञ्च नेपाल (DISABILTY MEDIA FORUM NEPAL) ले स्वागत गरेको छ ।
साथै मञ्चले नेपालभर संचालित सबै बैंक तथा वित्तीय संस्थाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच बढाउनका लागि अनिवार्य रुपमा कम्तिमा एउटा काउन्टर अनिवार्य व्हीलचेयरमैत्री बनाउन अपाङ्गता भएका व्यक्तिहरुका लागि छिटो सेवा उपलब्ध गराउने व्यवस्था गर्न अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वरोजगार अभिवृद्धि गर्ने ऋण र अन्य वित्तीय सेवा प्रदान गर्न राष्ट्र बैंकबाट निष्कासित हुने सबै दरका नोटहरुमा ब्रेल संकेत राख्नका लागि आवश्यक व्यवस्था गर्न पनि माग गरेको छ ।
बाँकी अंश >>
छोराछोरी अपांग भएपछि बाबुको विचल्ली
समाचार पढ्न गाह्रो भएमा समाचार क्लिपिङमा थिच्नुस, फोटोका रूपमा खुल्नेछ ।

खुट्टा र मुखले लेख्नुपर्ने बाध्यता
दीपेन्द्र राई
गत असारदेखि पारसले मुखले लेख्न थालेका हुन् भने पोषणले खुट्टाले लेख्न थालेको ६ महिना भयो
नयाँ पत्रिका
पारस चौंलागाईं खुट्टाले लेख्ने गर्छन् । पोषण पौडेल मुखले । २४ वषर्ीय पारस एलकेजी र १७ वषर्ीय पोषण युकेजीमा पढ्छन् । पारस र पोषण, विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र सिनामंगलका विद्यार्थी हुन् ।
गत असारदेखि पारसले मुखले लेख्न थालेका हुन् भने पोषणले खुट्टाले लेख्न थालेको ६ महिना भयो । विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक सविता उप्रेतीले भनिन्, ‘पारसलाई सात र पोषणलाई तीन महिना फिजियोथेरापी गराएपछि उनीहरूलाई खुट्टा र मुखले लेख्न सिकाइएको थियो ।’ बाँकी अंश >>
