अपाङ्ग महिला संघ कञ्चनपुरद्वारा अपाङ्ग बालबालिकालाई शैक्षिक सामग्री तथा पोशाक वितरण

December 29, 2020

कञ्चनपुर : कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा रहेका अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका अभिभावकहरुका बालबालिकालाई नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरले शैक्षिक सामग्री तथा पोशाक सहितका सामग्री वितरण गरेको छ । जिल्लाभरका २० जना बालबालिकाहरुलाई छनोट गरी सहयोग गर्ने संघको योजना रहेको छ ।

सिबिएमको आर्थिक सहयोगमा कञ्चनपुरका विभिन्न क्षेत्रमा रहेका विपन्न परिवारका अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका अभिभावकहरुका विद्यालय जाने उमेरसमूहका बालबालिकाहरुलाई छनौट गरी शैक्षिक सामग्री तथा पोशाक सहितका सामग्री वितरण गरिएको नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरले जनाएको छ ।

अहिले कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रबाट २० जना बालबालिकाहरुलाई छनोट गरी सहयोग गरिरहेको बताइएको छ ।


यसैक्रममा, वेदकोट र पुनर्वास नगरपालिका क्षेत्रमा रहेका ६।६ जना अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका अभिभावकहरुका बालबालिकालाई छनौट गरी सोमबार शैक्षिक सामग्री तथा पोशाक सहितका सामग्री वितरण गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय जान प्रेरित गर्ने, पढ्नमा हौसला प्रदान गर्ने र मनोवैज्ञानिक रुपमा सकारात्मक सोचाई स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
नेपाल अपाङ्ग महिला संघकी केन्द्रीय महासचिव मिना पौडेल, नेपाल अपाङ्ग महिला संघ कञ्चनपुर जिल्ला अध्यक्ष अनिता ढुंगाना सहितका पदाधिकारी, वेदकोटका जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित बालबालिका र अभिभावकहरुको उपस्थितिमा सोमबार एक कार्यक्रमका बीच वेदकोट नगरपालिका परिसरमा शैक्षिक सामग्री तथा पोशाक सहितका सामग्री वितरण गरिएको हो ।

त्यस्तै, पुनर्वासमा समेत नेपाल अपाङ्ग महिला संघका प्रतिनिधिहरुले शैक्षिक सामग्री तथा पोशाक सहितका सामग्री वितरण गरेको बताइएको छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!