७८ भन्दा बढी अपांगता भएका बालबालिकाको पढाइ संकटमा

June 19, 2019

काठमाडौं  । २०४३ सालबाट बहिरा बालबालिकालाई तथा ०५३ सालबाट गम्भीर प्रकारका बहु अपाङ्गता भएका बालबालिकाका लागि नमूना दिवा कक्षा सञ्चालन गरिँदै आइएको  समुदायमा आधारित पुन:स्थापना (सीबीआर)मा अध्ययनरत विद्यार्थीहरूले अध्ययनका अवसर गुमाउने भएका छन् ।

धेरै वर्षको अनुरोधपछि शिक्षा विभागबाट  बहिरा अपाङ्ग शिक्षकको १ वटा कोटा प्राप्त र थप ६ वटा राहत शिक्षक कोटा सहित सीबीआर संस्थाले ८ वटा शिक्षक दरबन्दी पाएकाेमा त्यसको बजेट कटाैती गरिएपछि समस्या भएको हो। संघीय व्यवस्थाको परिवर्तित अवस्था अनुसार स्थानीय निकाय भक्तपुर नगरपालिकाले उक्त विद्यालयको लागि शिक्षक कोटा र बजेट नै प्राप्त नभएको भनि गत आर्थिक वर्ष र यस आर्थिक वर्षको तलब भत्ता हालसम्म नदिएपछि संस्था संकटमा परेको हो ।

संस्थाले भक्तपुर जिल्लामा रहेका ४६६० जना विभिन्न प्रकारका का अपाङ्गता भएका व्यक्तिहरुको अवस्था पहिचान गरि २००० जना भन्दा बढी अपाङ्गता भएका बालबालिकालाई समुदायमै उपचारात्मक र पुन:स्थापना सेवा प्रदान गर्नुका साथै विशेष एवं समावेशी शिक्षामा पहुँचका लागि निरन्तर कार्य गर्दै आएको जनाइएको छ।

संस्थाले शुरु देखि नै विद्यालय जानबाट वंचित विभिन्न प्रकार अपाङ्गता भएका बालबालिकालाई समुदायमै सामुदायिक, निजी तथा विशेष विद्यालयहरुमा भर्ना गरी पठन पाठनमा सक्रिय भूमिका खेल्दै आएको छ ।

शिक्षा विभागको राहत शिक्षक कोटाको सहयोगबाट सीबीआरबाट संचालित विद्यालयमा हाल १५ जना बहिरा तथा ६३ जना बौद्धिक,अटिजम तथा बहु अपाङ्गता भएका सहित ७८ जना बालबालकाले शिक्षा पाइरहेका छन् ।

सीबीआर संस्थाले विभिन्न स्रोत परिचालन गरी विद्यालयका लागि जग्गा, अपाङ्गतामैत्री कक्षा र शौचालय, शिक्षण सामग्री, सहायक सामग्री, फर्निचर, उपचार, थेरापी सेवा, अतिरिक्त क्रियाकलाप, दिवा खाजा तथा गाडी सेवा समेट उपलव्ध गराउँदै आएको छ ।

बजेट रोकिएपछि अर्कोतिर पढिरहेका बालबालिकाहरू पनि विद्यालय बाहिर जानुपर्ने अवस्था श्रृजना भएको अधिवक्ता सुदर्शन सुवेदी बताउँछन्। शिक्षकहरूले बिना तलब पढाउनुपर्ने अवस्था रहेको छ र यो सवालमा सरकार जति नै पहल गरे पनि बेखबर र उदासीन रहेको उनको भनाइ छ।
शिक्षकहरुले बिना तलब पढाउन परेको अवस्था रहेको छ र यो सवालमा सरकार जति नै पहल गरे पनि बेखवर र उदासीन बनेको उनको भनाइ छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!