अस्ट्रेलियाका युवा हातैले हिंडेर सगरमाथा बेसक्याम्पमा

April 8, 2018

everestसिड्नी । अस्ट्रेलियाका एक युवा हातैले हिंडेर सगरमाथाको बेसक्याम्प पुगेर किर्तिमानी कायम
गरेका छन् । अस्ट्रेलिया न्यु साउथ वेल्स राज्यको न्यु साउथवेल्सका स्कट डोलन हातैले हिंडेर विश्वको उच्च शिखर सगरमाथाको बेसक्याम्पसम्म पुग्न सफल भएका हुन् ।

पक्षघातका कारण कम्मरभन्दा मुनीको भाग नचल्ने डोलनले मार्चको अन्तिम साता हातैले हिंडेर सगरमाथाको बेसक्याम्पसम्म सफल यात्रा तय गरेका हुन् । युवा अवस्थामा मोटरसाइकल दुर्घटनापछि डोलनको कम्मरभन्दा मुनीको भाग चल्दैन ।

डोलनले न्युनतम साहायताका साथ हातैको साहाराले १० दिनको समयमा यात्रा तय गरेका हुन् । स्थानीय अनलाईनसँगको कुराकानीका क्रममा डोलनले भनेका छन्, ‘सबैभन्दा पहिले मैले यो यात्रा तय गर्नुअघि धेरै पटक सोंचे । सक्दिन जस्तो लागेको थियो । तर साथीहरुले हौसला प्रदान गरे र विश्वभर रहेका अपांगताभएका व्यक्तीहरुको हौसला बढाउनुपर्छ भने । त्यसपछि आँट पलाएको हो र आज सम्भव पनि भएको छ ।’

डोलानले सन् २ हजार २० मा आयोजना हुने पारा ओलम्पिक्समा पौडी खेलमा सहभागीता जनाउने
लक्ष्य लिएका छन् । डोलनलाई नेपाली नागरिक दावा ग्याल्पो शेर्पा लगायतको टोलीले बेसक्याम्प पुग्न सहयोग गरेको थियो ।9614684-3x2-700x467 3 2

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!