सम्झनामा अपाङ्ग अभियन्ता उत्तम शिवाकोटी

October 18, 2017

भाका भुल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो
इन्दै बिन्ती गरुन झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो
आयो टप्प टिप्यो,लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो

Uttamविगत १३ बर्ष यता आफ्नो असहज शारीरिक क्षमताका बाबजुत  राष्टिय अपाङ्ग महासंघ नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरमा क्षेत्रीय संयोजकको कुशलत पूर्वक जिम्मेवारी बहन गर्नुभएका दाई उत्तम शिवाकोटी अब केवल हाम्रो सम्झनामा मात्र अमर हुनुहुन्छ ।
मिति २०७४ भाद्र ३० गते शुक्रबार म हाल कार्यरत रहेको कार्यालयम हस्तलिखित निवेदनका आधारमा बिदा मागी विराटनगर तर्फ लागेँ । त्यहाँ जानुको एउटै मात्र ध्येय भनेको उत्तम दाईलाई भेट्नु थियो । क्षेत्रीय कार्यालयमा म आफू पनि निर्वाचित क्षेत्रीय सदस्य र पछि कार्यक्रम संयोजक हुँदा लामो समयसम्म सँगै काम गर्ने अवसर मिलेथ्यो दाइसँग । अर्को रमाइलो पक्षत के थियो भने बिराटनगर १५ पिच्राचोकमा रहेको रामदाइको घरमा हामी एउटै फ्लयाटमा बस्थ्यौ‌ तर कोठा भने फरक ।
शुक्रबारको दिन करिव २ बजे म क्षेत्रीय कार्यालय भित्र प्रवेश गरेँ र ३ बजसम्म त्यही साथीहरु अनीतजी र सन्तोसजीसँग कुराकानी गर्यौ । अधिकांश समय उत्तम दाइकै कुरा भयो । करिव ३ बजे हामी (म, सन्तोस ,अनिल) उत्तम दाइलाई सघन उपचार कक्ष (भेन्टिलेटर) मा राखिएको बिराटनगर बरगाच्छी स्थित लाइफगाड अस्पतालमा पुग्यो । सम्पर्क कक्षमा बुझ्दा त्यहि दिन बिहान वहाँलाई नोबेल अस्पताल लगिसकीएछ । पुन हामी सिटी रिक्सामा चडेर त्यहाँ पुग्यौ । यता उता चहार्यौ केहि बेर पस्चात वहालाई क्ष्ऋग्रऋऋग् कक्ष भित्र ख्भलतष्बितयच मै राखिएको पायौ । त्यहाँ रहेका सुरक्षा कर्मी सँग अनुरोध गरेपस्चात हामीले क्रमस वहाँलाई भेट्ने अवसर पयौ ।
म आफूले जीवनमै पहिलो पटक भेन्टिलेटरमा राखेको देखेको थिएँ जुन मेरालागी नौलो र असहज लाग्ने किसीमको थियो । करिव १० मिनेट सम्म म त्यहाँ रहने अवसर पाएँ । मैले मेरा कुरा सुनाए म तपाइलाई भेट्न आएका ……. आदि तर वहाँले कुनै पनि संकेत वा प्रतिकृया दिनुभएन । पुन त्यहाँ मौजुद डाक्टर सँग वहाँको बारेमा सोधेँ उनले सबै कुरा सुन्न र बुझ्न सक्ने तर कुनै पनि प्रतिकृया दिन नसक्ने जवाफ दिए । मेरा मनका कुरा पुन: भने र विदा मागेर बाहिरीएँ । म पछि सन्तोस भाई र अनिलजी  दाइलाई हेर्न जानुभयो । यतिवेला करिव ५ बजिसकेको थियो । तत्काले अनिलजीको मोबाइलमा महासंघका केन्द्रिय अध्यक्ष सुदर्सन सुवेदी दाइको फोन आयो र उहाँले पनि उत्तम लाई नै भेट्न आएको जानकारी गराउनु भएछ ।
हामी कञ्चनबाडी सम्म हिडेर आयौ पुन टेम्पो चडेर सुदर्सन दाइभए सम्म पुग्यौ र उत्तम दाइको बारेमा नै करिव २५ मिनेट जति कुरा भयो । उहाँले पनि उक्तमलाई आज नै भेट्छु भन्ने कुरा गरेपस्चात बिमल बस्नेतलाई फोन गरि वहाँकै स्कुटीमा शुदर्सन सर नोबेल जानु भयो ।

त्यसबीच सरोज नेपालीको पनि हामी सँग भेट भैसकेको थियो । केहि बेरको गनथन पछि हामी ४ जना शरोज जीको कोठामा गयौ जुन उत्तम दाइको कोठाकै छेउको कोठा हो । हामी सुतिसकेका थियौ । बिहानको राति करिव २ बजे तिर शरोजलाई नोवेल अस्पताल पठाइदिनु भन्ने फोन आएछ तर अस्पष्ट । घरबेटीले उक्त शन्देस दिए पश्चात हामी ४ जनै नोवेल तर्प प्रस्थान गर्यौ । अस्पताल जानु गघि उत्तम दाइकी ८ बर्षीय छोरी सगुन भनीरहेकी थिइन अव हाम्रो उत्तम बाबालाई काठमाण्डौ लानेरे बाबा चाडै जाती भएर आउनु हुन्छ अनि हामीलाई दशैको लुगा किनिदीनु हुन्छ रे जोगमनी लगेर । ती अबोध बालबालिकाको आशा अब सधैका लागी मरिसकेको रहेछ अर्थात राति करिव ११ बजेतिर नै उत्तम दाई भगवानको प्यारो भैसक्नुभएछ ।

घरबेटीलाई आएको फोनमा मन्जु भाउजु र नानीहरुलाई त्यै भनेर ढाँट्नु भनिएको रहेछ । बिहान मोरंग को दर्वेसा रञ्जनीस्थित उत्तमको घरमा भाउजु र नानीलाई पुर्याउदा सम्म थाहा नदिउ भन्ने हामी सबैबीच सल्लाह भएथ्यो त्यो बेला । करिव बिहानको ७ बजे तिर उत्तमदाइको शवको अस्पतालले डिस्चार्ज लेटर दियो । सरोजजी म र साथीहरु भएर शवलाई एम्बुलेन्समा राख्यौ र घर पठायौ । करिव ५ घण्टाको हाम्रो अस्पताल बसाइले थकीत पनि भइएछ, त्यहाँको गर्मी पनि सम्झन लायकनै थियो ।

भाद्र ३१ गते शनिबार बिहान करिव ९ बजे हामी उत्तम दाइको शवयात्रामा सहभागी बन्न रञ्नजी तर्फ लाग्यो । सुदर्सन दाइ, विमल दाइ, शरोज जी, अनिल जी, मनिसा जी, शन्तोस जी, राजु जी, उशा दिदी, र एन एल आर का मादव शरहरु २ जना गरि १० जनाको टोली एन.एल.आर कै गाडीमा गुग्यौ रञ्जनी । करिव १२ बजे तिर शवयात्रा शुरु भयो र नजीकैको …….. खोलामा लगी वहाँको अन्तिम विदाइ गरियो बाबाको हातबाट दागबत्ति दिएर । घर परिवार अत्यान्त भावविह्वल थिए । सारा मलामीहरु पनि अत्पायुमै भएको निधन प्रति दुखी र स्तब्ध थिए ।मन्जु भाउजुको अवस्था मस्झदा पनि मेरो गह भरि आँसु भएर आउँछ । ति हातभरीका चुरा , गलाको पोते, सिउँदोको सिन्दर अब सबथो बाट अलग्याइएकी बलिन्द्र आँशुका धारा बगाइरहेकी मन्जु भाउजु र ति अबोध छोराछोरी । यतिवेला म मनमनै भनिरहेको थिएँ अल्विदा उत्तम दाइ ।

मैले चिनेको उत्तम शिवाकोटी
उपकारी गुणी ब्यक्ती निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो जझुकेको कहाँ छ र ।।

महासंघको क्षेत्रीय कार्यालयमा उत्तम दाइको आगमन सँगसँगै हाम्रो चिनापरिचय भएको हुनु पर्छ । त्यस यता प्रायजसो टेलीफोन, इमेल, म्यासेन्जर या फेसबुकका माद्यमबाट दैनिक जस्तोनै सम्पर्क हुने गरेको थियो । सहकर्मीकै रुपमा पनि क्षेत्रीय कार्यालयमा ४ बर्ष भन्दा बढि समय बिताइयो । अरु त अरु एउटै घरमा कोठा लिएर पनि बसियो । यसर्थ दाइको परिवार भन्दा बाहिर उत्तमलाई तिन्ने मध्ये म पनि अघिल्लै नम्वरमा पर्छु ।
उत्तम शिवाकोटी एक कुशल नेतृत्व क्षमता भएका र सफल ब्यवस्थापक पनि हुनुहुन्थ्यो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका साविक पाँच वटै क्षेत्रमा क्षेत्रीय कार्यालय छ जसमा पाँच जानै क्षेत्रीय संयोजक  हुनुहुन्छ । कतिपय साझेदार संस्था वा महासंघकै जिम्मेवार ब्यक्तिहरुले पनि भनेको सुनिन्थ्यो कि क्षेत्रीय संयोजकहरु सबै उत्तम जतिका भैदिए महासंघले अर्के फड्को मार्ने थियो । यसै सन्दर्भमा एक जना मेरा अत्मिय दाइले पनि भन्नुभएथ्यो उत्तम जतिको कर्मचारी महासंघको केन्द्रिय कार्यालयमा पनि छैनन् । हुनत उल्लेखित कुरामा कति सत्यता छ वा छैन त्यो छुट्टै बहसको बिषय बन्ला तर मेरो नजरमा उत्तम एक कर्तब्यन्ष्ठि र इमान्दार अनि जिम्मेवार ब्यक्तित्व थिए ।
मेरो नजरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले एक जना असल र सक्षम कर्मचारी मात्र गुमाएन सिंगो नेपालले अझ साँगुरीनु पर्दा पूर्वाञ्चल क्षेत्रल एक जना शसक्त अपाङ्गता अधिकार अभियनतालाई पनि गुमाएको छ । शिवाकोटी भित्र थुप्रै प्रतिभाहरु या भनौ क्षमताहरु लुकेका थिए । द्वन्द्व ब्यवस्थापन शैसी, तार्कीक क्षमता, निर्णायक क्षमता र आप्mनो बिचारले अरुलाई प्रभाव पार्ने सक्ने क्षमता, कुनै पनि विषय बस्तुलाई छिटो र सहि अटिक रुपमा विश्लेषण गर्ने क्षमता उनका आन्तरीक प्रतिभा हुन् भने प्रश्तावना लेखन क्षमता, प्रतिवेदन लेखन क्षमता, लेख तथा रचना लेखन क्षमता, पत्रिका सम्पादन क्षमता, तालीम सामग्री निर्माण क्षमता, सहजीकरण शैली उनका मुख्य विशेषता हुन् । उनले तयार पारेका कतिपय तालीम सामग्रीहरु पूर्वाञ्चल भरिका साथीहरुले प्रयोग गरिरहेका छन् भने कतिपय सामग्री राष्टिय स्तरको संस्था चलाउने हौ भन्नेहरुले पनि प्रयोग गरेका छन् । समग्रतामा मेरो निस्कर्ष यहिहो कि उत्तम दाइ वास्तवमै एक योद्ध थिए जो आपूm कहिल्यै नथाक्ने र अरुलाई पनि निरन्तर हौसला प्रदान गरिरहन्थे ।
उत्तम शिवाकोटीको स्वभाव र बानी
कुनै पनि विषय वस्तुलाई अत्यान्त गभिर भएर सोच्नु र सकेसम्म सबैको सहभागीतामा निर्णय निकाल्न कोसीस गर्नु उनको एउटा सवल पक्ष थियो । आप्mनो मातहतका कर्मचारीहरुलाई कसरी क्षमतावान बनाउन सकिन्छ ? कसरी जिम्मेवारी बोध गराउन सकिन्छ ? संस्थाका पदाधिकारीहरुलाई कसरी पूर्ण रुपमा परिचालन गर्न सकिन्छ ? भन्ने विषय उनको सधै चिन्ताको बिषय हुन्थ्यो । पूर्वञ्चलका सबै साथीहरुलाई आप्mनो सिकाइको कुरा बाड्न त भ्याए भ्याए कहिले काही महासंघका अरु क्षत्रीय संयोजक साथीहरुको रिपोट समेत बनाउ सघाउने गर्नुहुन्थ्यो जुन कुरा मैले सँगै बस्दा थाहा पाएको थिएँ । समग्रतामा एउटा संस्थावा कार्यालयमा रहेर एक कुसल प्रशासक, ब्यवस्थापक निति निर्माताको सहजरुपमा भूमिका खेल्न सक्ने खुबी र साहस थियो उनमा ।
कुनै पनि बिषय बस्तुलाई अत्यन्त गम्भिर रुपमा लिने र छिटो र सहि विस्लेशण गर्ने खुबित थियो नै यसका अलाभा उनि कहिले काहिँ रमाइलो र ठटेउली समेत गरिरहने गर्दथे । एक पटक हामी दशै बिदामा घर जाने तयारीमा थियौं । मित्र शरोज जी र म चेकमार्पmत तलब निकाल्ने भनि बैंक जाने तयारीमा थियौ यसै सन्दर्भमा उतम दाइले भनेको एउटा कुरा सदैं मेरो मनमस्तिस्कमा आउँछ । उनकै शब्दमा भन्दा ‘ साथीहो बैंक बाट ५ र १० का नोठ पनि एक एक दिस्ता लिएर आउनु है ।’ किन यति धेरै खुद्रापैसा चाहियो र दाई ?मेरो यो जिग्याँसामा उनको सहज जवाफ थियो ‘जागिर खाएर घर जान लागेको पोत बाटामा भटेजती सबैला पाँच पाँच रुपैयाँ बाढ्दै गइन्छ ।’ यस्ता अनगीन्ति उदाहरणहरु छन् जसले उत्तमलाई हामी माझ सदासर्वदा बिर्सनै नसकीने छाप छोडेका छन् ।
साथीहरुसँग उत्तमको बिषयमा कुरा हुँदा मित्र शरोज जीले भनेको एउटा वाक्यांस यतिबेला मलाई याद आयो ‘परियोजनाको काम गर्ने क्रममा उत्तम शरले मलाई कमा र फुलीष्टप लेखी सिकाउनु भएको थियो ।’ यसर्थ पनि उनि हामी सामु अमर रहेका छन् र रहिरहने छन् । अल्विदा उत्तम शिवाकोटी ।
दमोदर रिजाल
करुणा फउण्डेसन नेपाल
इलाम

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!