एसएसडीआरसी मा १ महिने सिपमुलक तालिम सम्पन्न

July 17, 2015

स.स काठमाण्डाै साउन १.    विशेष स्कुल तथा पुनस्थापना केन्द्र ( एसएसडीआरसी) मा १ महिने सिपमुलक तालिम सम्पन्न घरेलु तथा साना उधोग विकास समिती संग समन्वय गरि 11758993_1122022714481026_881008438_nएसएसडीआरसी मा संचालित एक महिने फेबिक्र पेन्टिग (Fabric painting) तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ। एसएसडीआरसी काे संचालिका सबिता उप्रेतिकाे सभापतित्वमा र प्रमुख अथिति घरेलु तथा साना उधोग विकास समितीका उप निर्देशक श्री नारायणमणि लामिछाने ज्यु तथा अतिथी प्रशिक्षक सुनिता श्रेष्ठको समुपस्थितिमा भएको उक्त्त कार्यक्रमम प्रमुख अतिथिले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।तालिममा सहभागीबाट ,प्रशिक्षक तथा प्रमुख अतिथीबाट तालिमको बिषयमा मन्तब्य ब्यक्त्त गर्नु भएको थियो भने कार्यक्रमको समापन गर्दै सबिता उप्रेतीले सम्पुर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिदै घरेलु तथा साना बिकास समिती प्रती आभार प्रकट गर्दै आगामी दिनमा पनि घरेलु तथा साना बिकास समितीबाट यस्तै बिबिध तालिमको अपेक्षा राख्नु भएको थियो । तालिममा अटिम भएका किशोरीहरु , अटिजम बालबालिकाको अभिभावकहरु ,अपाङ्गता सम्वन्धि विभिन्न संस्थाको प्रतिनिधिहरु तथा स्थानिय महिलाहरु लगायतको १४ जना महिलाहरु सहभागी रहेका थिए । अटिजमका किशोर किशोरी, अभिभावक तथ स्थानिय महिलाहरुलाई आत्मनिर्भर बनाउने हेतुले एसएसडीआरसीले बिगत देखि यस्ता विभिन्न किसिमका सिपमुलक तालिमहरु प्रदान गर्दै आइरहेको छ भने उत्पादित सामानहरु बिक्री गरी संस्थामा रहेका ४० जना अटिजम भएका बालबालिकाहरुको खाजा खर्च जुटाई रहेको अवस्था छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!