राष्ट्रिय अपाङ्ग कोषले सहायक सामग्री वितरण(फोटो फीचर सहित)

April 5, 2014

काठमान्डौ-चैत्र २२, समाज कल्याण परिषद्अन्तर्गत रहेको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएका २०० युवालाई सहायक सामग्री वितरण गरेको छ ।यहि चैत्र १८ गते मंगलबार कोषले एक कार्यक्रमको आयोजना गरी पाँचै विकास क्षेत्रका अपाङ्गता भएका युवालाई ह्विलचियर, सेतो छडी, कृत्रिम खुट्टा र वैशाखी वितरण गरेको हो ।

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले उहाँहरुलाई ती सामग्री वितरण गर्दै अपाङ्गमैत्री संविधान निर्माण गर्न सरकार सचेत रहेको बताउनुभयो । अपाङ्गता भएकालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तनको खाँचो औँल्याउँदै मन्त्री पौडेलले अपाङ्ग व्यक्तिलाई सक्षम तथा आत्मनिर्भर बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएकाे थियाे र अपाङ्गता भएका युवालाई सहायक सामग्री वितरण गर्नु भएकाे थियाे ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले अपाङ्गता भएकालाई सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै अपाङ्ग कोषमार्फत मन्त्रालयले रु १० लाख बराबरको सहायक सामग्री उपलब्ध जानकारी दिनुभयो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले मन्त्रालयले १९ जिल्लामा सहायक सामग्री वितरण कार्यक्रम अगाडि बढाइरहेको जानकारी दिनुभयो ।कोषका सभापति नितेशकुमार गुप्ताले कोषले विभिन्न मन्त्रालय, शान्ति कोष सचिवालय, ह्यान्डिक्याप इन्टरनेसनल नेपाल, लायन्स क्लब अफ काठमाडौँ क्यापिटल, राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजलगायतसँगको सहकार्यमा अपाङ्ग हितसम्बन्धी कार्यक्रम गर्दै आएको जानकारी दिनुभएकाे थियाे ।

राष्ट्रिय जनगणना-२०६८ अनुसार नेपालको कुल जनसङ्ख्याको १.९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ९९३ जना अपाङ्गता भएका व्यक्तिमध्ये शारीरिक अपाङ्गता भएका ३६.३२ प्रतिशत र दृष्टिसम्बन्धी १८.४६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् ।

01

कार्यक्रमको उत्धाटन गर्दै माननीय पुरुषोत्तम पौडेल मन्त्री, युवा तथा खेलकूद मन्त्रालय

 

 

02

कार्यक्रमका अतिथिहरु

03

सहायक सामग्री लगाउन सहयोग गर्दै कोषका कर्मचारी

04

सहायक सामग्री प्राप्त गरेका सँग कुरा गर्दै माननीय पुरुषोत्तम पौडेल

05

सहायक सामग्री प्राप्त गरेका सँग कुरा गर्दै माननीय पुरुषोत्तम पौडेल

07

कोषको कामहरुको जानकारी लिदै माननीय पुरुषोत्तम पौडेल

06

सहायक सामग्री प्राप्त गरेका युवाहरु

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!