अटिजम सम्बधी जानकारी

April 1, 2014

डा. सुनिता मलेकु अमात्य
अटिजम जन्मजात हुनेे, नशा र तन्तुको बिकासको क्रममा आएको असामानताको एउटा रुप हो। जसलाई हामी “Neurodevelopment Disorder” भनेर चिन्दछौं। अटिजम भएका ब्यक्तिलाई संञ्चारको बिजलन (verbal/non-verbal), सामाजीक रुपमा घुलमिल हुन, व्यवहार गर्नमा कठिनाई हुने र कल्पना शक्तिको लचकता कम हुने, खेलखेल्न नजान्ने (inflexibility) जस्ता कठिनाईहरु हुन्छन्। यी तीन बिशेष मूल समस्या (core difficulty) हरेक अटिजम भएका व्यक्तिहरुमा देखा पर्दछन् साथै उनमा रहने इन्द्रियहरुको उतारचढावको फलस्वरुप अटिजम भएका व्यक्तिले आफूसँगको बातावरण, ब्यक्ति र बस्तुप्रति भिन्दै प्रतिवि्र्कया देखाउँछ जुन एउटा असमान र अस्वीकृत ब्यबहारको रुपमा देखापर्दछ। अटिजमको Prevalance बढ्दो देखिएको छ। ८८ जना मध्य एकजना बालकमा अटिजमको निदान (Diagnosis) हुने प्रमाणित छ।
विश्वभरी विभिन्न देशहरुमा अटिजमको कारण र उपचारको अनुसन्धानहरु ब्यापकरुपमा भैरहेको छ तर कारण र निर्मुल गर्ने उपाय अझै टुङ्गो लागेको छैन। अटिजम रोग होईन एक मस्तिसको बिशेष अवस्था हो। यस्तै अनुसन्धानहरुको दौरानमा यससँग सम्बन्धित धेरै पक्षहरुले नौलो मोड लिएको छ।
सन् १९६० – ७० तिर अटिजम भएका ७०–७५% ब्यक्तिलाई बौद्धिक अपाङ्गता भएको मान्यता थियो। त्यस समयमा न्यून (mild) अटिजम भएका ब्यक्तिहरुको निदान सायद कम हुन्थ्यो र जति पति निदान भए, तिनमा बौद्धिक बिजलन (impairment) साथमा देखिन्थ्यो। अटिजममा भएका बिभिन्न बैज्ञानिक अनुसन्धानहरुले गर्दा अटिजमलाई राम्रो संग पहिचान गर्न सम्भव भएको छ। आजको दिनमा अटिजमको राम्रो पहिचानको दौरान न्यून अटिजम भएका ब्यक्तिहरुको पनि निदान हुन थाले र ती मध्ये धेरै प्रतिशतको बौद्धिकता सबल देखियो। अर्को महत्वपुर्ण पक्ष बौद्धिक अपाङ्गताको निदान गर्न IQ Test द्धारा गरिन्छ जस मध्ये धेरै प्रतिशत प्रश्नहरु भाषागत रुपमा ब्यक्त गर्नु पर्ने हुन्छ। तर अटिजम भएका ब्यक्तिहरुमा भाषाको र संञ्चारको मूल आघात रहने हुनाले बौद्धिकता सबल रहँदा पनि त्यस प्रकृतिको IQ Test मा थोरै प्राप्ताङ्क आउँदा IQ कम देख्न गई ती समूहले बौद्धिक अपाङ्गताको निदान (Diagnosis) पाउने गर्थ्यो।
सन् २००२ पश्चात थुप्रै अनुसन्धानहरु भए जसमा ६० % प्रतिशत भन्दा बढी अटिजम भएका ब्यक्तिहरु बौद्धिक रुपमा सवल भएको देखियो। बाँकीका समूहमा धेरै लाई न्यून बौद्धिकताको समस्या देखियो भने ती मध्ये सात प्रतिशतलाई मात्र तेज (severe) बोेेैेद्धिक बिजलन देखियो। न्यून–मध्यम बौद्धिक अपाङ्गता भएका ब्यक्तिले आत्म निर्भर हुन सक्ने र सामाजिक कार्यहरु सम्पन्न गर्नमा पनि त्यति बाधा नदेखिएको बैज्ञानिकहरुको भनाई छ। तर तिनै न्यून बौद्धिक अपाङ्गता भएका ब्यक्तिमा अटिजम पनि हुने बितिकै उनको cognitive skill development, social skill development को साथै आत्म निर्भर हुन सक्ने क्षमतामा पनि कठिनाई रहेको बैज्ञानिकहरुको मान्यता छ।
हाम्रो देश नेपालमा पनि अटिजमको चिनारी बौद्धिक अपाङ्गतासँग पनि जोडिएको देखिन्छ। हामीे बिज्ञान र अनुसन्धानले मान्यता दिइएका पक्षहरुलाई आत्मसाथ गरि अटिजमको बुझाईँलाई अघि बढाउन जरुरी देखिन्छ। अटिजमको नौलो चिनारीको संज्ञा अर्न्तरगत यसलाई हामी Neuro development disorder यानिकी नशा र तन्तुको अलग किसिमको बिकास हो जसले गर्दा मस्तिस्कको बनावट (structure) मा नभई तिनको कार्यमा (function) देखा पर्ने बिजलन हो भनेर बिज्ञानले पूर्णरुपमा मान्यता दिएको छ ।
edited _article_Autism (1)-1
अटिजमको अदृश्यपन नै यसको ठूलो चुनौती पनि हो। अटिजमको निदान विश्वभरी DSM- IV/V criteria प्रयोग गरिन्छ। अटिजममा देखिने संञ्चारको बिजलन, सामाजीक र ब्यबहारीक ज्ञानको बिजलन, तीनका उमेर सुहाउदो कार्यशैलीको असामान बिकास (uneven skill development) जून अन्य अपाङ्गतामा पाईदैन। यस किसिमको असामान बिकासलाई अटिजमको “Hallmark” मान्दछौं।
समयसँगै अटिज्म सम्बन्धी अनुसनधानहरुले निकै फड्को मारीसकेको छ। निदानका औजारहरु पनि निकै फस्टाइसकेका छन्। हामी माझमा केहि पनि बच्चाको उमेर सुहाउदो भाषा विकास, सामाजिक सम्बन्ध गाँस्न/धुलमिल हुन कठिनाई जस्ता लक्ष्णहरु देखा परेमा सिघ्र बाल बिशेषज्ञ, मनो चिकित्सक वा बाल मनो बैज्ञानिकसंग सल्लाह लिन जरुरी छ। सानै उमेरमा निदान (Early Diagnosis) गरी सुहाउदो प्रारम्भीक हस्तक्षेप (Early Intervention) गरेमा त्यस बालकको भाषागत बिकास, Cognitive Developemnt, Social emotional development को धेरै पक्षमा निकै सकारात्मक विकास पाईएको छ।
अटिजम आजीवन रहने अपाङ्गता हो, धेरै प्रतिशत अटिजम भएका ब्यक्तिमा बौद्धिकता कायम रहँदा पनि अटिजमको मूल सम्स्याले गर्दा आत्मनिर्भर हुन गाहृो हुने भएकोले पनि यी ब्यक्तिहरुको संरक्षण पालन पोषण उनका अभिबावकमा मात्र सिमित छैन, अभिबावक नरहेेपछिको अवस्थातिर पनि सरकारले सोच पुर्‍याउन अत्यन्त जरुरी छ। सँयुक्त राष्ट्र संघ र WHO ले अटिजमलाई “Public Health Crisis” को संज्ञापनि दिइएको छ। नेपालमा पनि अटिजमको अवस्था र समस्याहरुलाई ध्यानमा राखी सुहाउँदो निती, नियम र ऐनको संरचना हुनु आजकोे ठूलो आवश्यकता भईसकेको छ।

डा.अमात्य अटिजम केयर नेपालकाे अध्यक्ष हुनुहुन्छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!