“अधिकार संरक्षणका लागि गम्भीर हाेउ”
अपाङ्गता अधिकार ऐनको कार्यान्वयनमा जोड
काठमाडौं: महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले अपाङ्गता अधिकारसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला पक्षहरू गम्भीर हुनुपर्ने बताउनु भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासंघको संयोजकत्वमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजित छलफल कार्यक्रममा सचिव उपाध्यायले अपाङ्गताको क्षेत्र कल्याणकारि अवधारणाबाट अधिकारमुखी अवधारणामा परिवर्तन भइसके पनि अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न थुप्रै चुनौती रहेको बताउनु भयो । बाँकी अंश >>
दृष्टिविहीनको पीडाः मेसिनले भए आफै भोट हाल्थ्यौं
लक्ष्मी भण्डारी
सुर्खेत, १७ मंसिर (रासस): छ महिनाअघि स्थानीय निकायको निर्वाचनमा सुर्खेतकी दृष्टिविहीन भीमा आचार्यलाई भोट हालेकोजस्तो अनुभूति नै भएन । सहयोगीको रुपमा भतिजीलाई सँगै लिएर भोट हाल्न जानुभएकी उहाँले भन्नुभयो, “भतिजीले कसलाई भोट हालिन थाहै भएन”
आफ्नो मतको गोपनीयता हँुदैन की भन्ने चिन्ता छ वीरेन्द्रनगरकी मेनका आचार्यलाई पनि । “हामी जस्तालाई विद्युतीय विधिबाट मतदान गर्ने व्यवस्था भइदिएमा हाम्रा मतको गोपनीयता हुने थियो” उहाँले भन्नुभयो, “तर, राज्यले हाम्रा बारेमा कुनै पहल नै गरेको छैन ।” बाँकी अंश >>
राष्ट्रपतिद्वारा समावेशी विकासमा जोड
काठमाडौँ, १७ मंसिर (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले २६औँ अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरी सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । बाँकी अंश >>
भोट दिन कसले लगिदिने?
बालकुमार शर्मा
जाजरकोट, १० मंसिर । भौगोलिक विकटताका कारण जाजरकोटका धेरै मतदान स्थलसम्म सडक यातायात नपुग्दा अपाङ्गता भएका व्यक्ति मतदान गर्न वञ्चित भएका छन् । मतदान केन्द्रमा पुग्ने दिनभर लाग्ने र फर्किदा घरसम्म पुर्याउने साहरा नभएपछि मतदान गर्ने रहर भए पनि जान नसकेको भेरी नगरपालिका २ का प्रेम विसीले जानकारी दिनुभयो ।
स्थानीय तहको चुनावमा घरैबाट बोकेर मतदान केन्द्रमा पुर्याउने पनि यसपटक कसैले वास्ता नगरेको उहाँले बताउनुभयो ।जाजरकोट अपाङ्ग उत्थान केन्द्रका अध्यक्ष याम बहादुर वस्नेतका अनुसार जिल्लाभर आंशिक अपाङ्गता तथा पूर्ण अपाङ्गता भएका व्यक्तिको संख्या १२ सय भन्दा बढी रहेको छ । उनीहरु मतदान गर्न कसैको सहारामा हिड्नु पर्छ ।
मतदान केन्द्र टाढा भएकोले लैजान ल्याउन झन्झट मानेकाले अधिकांश अपाङ्गता भएका व्यक्तिले मतदान गर्न नपाएको अध्यक्ष यामबहादुर बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै जाजरकोट दृष्टिविहीन केन्द्रका अनुसार जिल्लाभर ४३ भन्दा बढी दृष्टिविहीन छन् ।
दृष्टिविहीन बालबालिकाका लागि एक करोड बराबरको जग्गादान
पोखरा, ३ मंसिर (रासस) ः दृष्टिविहीन बालबालिकालाई शिक्षा प्रदान, क्षमता अभिवृद्धि र आत्मनिर्भर बनाउने उद्देश्यले पोखरा–लेखनाथ महानगरपालिका–१४ का एक दम्पतीले रू एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् ।
स्थानीय भीम तिमिल्सिना र श्रीमती बन्दना तिमिल्सिनाले महानगर–१४ चाउथेमा रहेको रू एक करोड मूल्य पर्ने पाँच आना दुई दाम जग्गा दान गर्नुभएको हो ।
उहाँहरूले उक्त जग्गा नेपाल नेत्रहीन संघको नाममा रजिष्ट्रेशन गरी जग्गाधनी पुर्जा संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो ।
दलका घोषणापत्रमा अपांगताको सवाल
विभिन्न राजनीतिक पार्टीले यस पटक पनि अपांगताका विषयलाई चुनावी मुद्दा बनाएका छन् ।यसअघि भएका हरेक निर्वाचनमा दल र दलका नेताले अपांगताका हरेक समस्या समाधान गर्ने भन्दै अपांगता भएका व्यक्तिको मत आफ्नो पक्षमा पार्न घोषणापत्रमार्फत विभिन्न आश्वासन दिँदै आएका थिए ।
आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा समेत मुख्य राजनीतिक दलहरूले ती मुद्दालाई आआफ्ना घोषणापत्रमा समावेश गरेका छन् । बाँकी अंश >>
गोप्य मतदान अधिकार सुनिश्चित गर्न दृष्टिविहीनको माग
बनेपा, २८ कात्तिक (रासस) ः शारीरिक रुपमा दृष्टीविहीन भएका नागरिकहरुले गोप्य मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि आज धुलिखेलमा भएको अन्तक्र्रियामा दृष्टिविहीनले शारीरिक रुपमा अपांग भएका मतदाताहरु शिक्षाको अवसरबाट वञ्चित भएको गुनासो गरे । बाँकी अंश >>
दृष्टियुक्तले अनुभव गरे दृष्टिहीनका यात्रा
काठमाडौं, २५ कात्तिक । दृष्टिबारे जनचेतना जगाउने उद्देश्यले ‘काठमाडौं ब्लाइन्ड वाक’को आयोजना गरिएको छ । शनिबार आयोजित ‘काठमाडौं ब्लाइन्ड वाक’मा दृष्टिविहीन विद्यार्थीको सहयोगमा दृष्टि भएका व्यक्तिहरुलाई आँखामा पट्टी बाँधेर हिडाइएको थियो । बाँकी अंश >>
विशेष सम्पादकीयः हामीले किन मतदान गर्ने?
नेपालका जुनसुकै परिवर्तनका आन्दोलनहरू होस्, अपांगता भएका व्यक्तिहरू पहिलो पङ्तिमा रहेर आफ्नो ज्यान जोखिममा पार्दै लोकतन्त्रका लागि लडे । लोकतन्त्र र गणतन्त्रकै लागि लड्दा लड्दै हजाराैं व्यक्तिहरू अपांगताका अवस्थामा पुगे । तर अहिले आएर लोकतन्त्रको अनुभूति अपांगता भएका व्यक्तिहरूले गर्न नपाउने अवस्था आएको छ । बाँकी अंश >>