८ हजारले चलाए सहुलियत भिडियोकल

सरोकार संवाददाता
काठमाडौं । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरिरहेका जनाएको छ । टेलिकमले गत वर्ष असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कल तथा एसएमएस सेवा सुरु गरेको जनाएको छ । टेलिकमको मोबाइल नम्बर (सिम) मा टेलिकमको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइएको यो सेवाको महसुल प्रतिमिनेट ५० पैसा (करबाहेक) तोकिएको थियो । साथै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि २०७० माघ देखि एसएमएसको शुल्क प्रति एसएमएस २० पैसा (करबाहेक) का दरले तोकिएको थियो ।

यो सेवा लिनका लागि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था छ । यी सबै सेवाका लागि आफूलाई पायक पर्ने नेपाल टेलिकमको काउन्टरमा सम्पर्क राख्न सकिने जनाइएको छ ।

यद्यपि अपांगता क्षेत्रका अभियन्ताहरूले भने सबै बोलाइ तथा सुनाइसम्बन्धि अपांगता भएकाले रातोकार्ड नपाउने भएकाले हालको वर्गीकरणअनुसार ख वर्गको नीलोकार्ड पाउनेले पनि यस्तो सुविधाको माग गरेका छन् ।

अपांगता भएका व्यक्तिहरूलाई झुक्यायो राष्ट्र बैंकले

देशको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले अपांगता भएका व्यक्तिहरूलाई झुक्याएको छ । नेपालका सबै दरका बैंक नोटहरूमा ब्रेल संकेत राख्ने भनेर सहमति जनाएको राष्ट्र बैंकले केबल कालो रंगका दुई वटा थोप्लाहरूमात्र नोटमा देखाएर झुक्याएको छ । ती थोप्लाहरू ब्रेल संकेतअनुसारका इम्बोस्ड हुनुपर्नेमा आममानिसलाई झुक्याउनका लागि रंगका थोप्लामात्र छन् ।

Fake brail codeयसबारे प्रतिक्रिया जनाउँदा राष्ट्र बैंकका अधिकारीहरू जहिल्यै पनि बजारमा गइसक्यो, चलनचल्तीमा गइसक्यो, फेरि रिप्रिन्ट गराउँदा लागत बढ्छ भनेर तर्क गर्ने गर्छन । यहाँनेर बुझ्नु पर्ने कुरा के छ भने दिनमा झन्डै साढे ५ लाख थान नोट झुत्रिन्छन् । राष्ट्र बैंकले त्यसको सट्टा नयाँ नोट छपाइ गर्छ, तर नयाँ नोट छपाइ गर्दा पनि त्रुटि सच्याउनेतिर केन्द्रीय बैंकका अधिकारीहरूले ध्यान दिएका छैनन् ।

अर्कातिर तत्कालीन गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका समयमा नेपाल राष्ट्र बैंकलाई अपांगताअनुकूल बनाउने र अर्का गभर्नर डा. युवराज खतिवडाको समयमा हरेक बैंक तथा वित्तीय संस्थाले हरेक नगर क्षेत्रमा कम्तिमा एउटा बैंक शाखा अपांगताअनुकूल बनाउनु पर्ने भनेर गरेको प्रतिबद्धता, दिएको निर्देशन अहिले पनि पालना भएको छैन । बैंकहरू आफैले पनि संगठित सामाजिक उत्तरदायित्व (सीएसआर)का नाममा आफ्ना स्टाफले नलगाएको, बिग्रेको पुराना गन्जी बरु बाँडेर मिडियामा प्रचारवाजी गराउँछन्, अहँ, अपांगताअनुकूल सेवा दिनका लागि अपवादका केही बैंकले बाहेक अरुले चासो देखाएका छैनन् ।

यो राष्ट्र बैंकको उदासीनताकै कारण उत्पन्न भएको परिणाम हो । यस्ता बेथितिहरू अथाह छन्।

अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोध

टिकाराम पराजुली

काठमाडौं, १५ साउन ।

Disability Bill MTG2अपांगता क्षेत्रका अभियन्ताहरूले अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७२ लाई छिटो पारित गर्न माग गरेका छन् ।

क्रान्तिकारी अपांग संघको नेतृत्वमा नेकपा एमाओवादीका तर्फबाट नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोईरालासँग भेटका क्रममा सो माग गरेका हुन् । बाँकी अंश >>

दृष्टिविहीनको मत: एकाघरका सदस्यबाट कहिलेसम्म?

प्रकाश सिलवाल 

काठमाडौँ, १० साउन ।

Dristibihinस्थानीय तहकोे निर्वाचनमा मतदान केन्द्रमा लामबद्ध दृष्टिविहीन सोम दुलाललाई सुरक्षाकर्मीले पटक पटक घचेटेर लामबाट बाहिर निकालेका थिए ।
आफ्नो परिवारको सदस्यबाट मतदान गराउन अस्वीकार गरेका दुलालले इच्छाएको व्यक्तिबाट मतदान गराउन दिनभर कसरत गर्नुभयो ।
गत वैशाख ३१ मा भएको पहिलो चरणको निर्वाचनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ स्थित जागेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत रामकृष्ण पराजुलीले एकाघरका सदस्यबाट मात्र मतदान गर्न अनुमति दिएकामा दुलालले घरको सदस्य र आफ्नो राजनीतिक आस्था फरक पर्ने भएकाले इच्छाएको व्यक्तिबाट मतदान गराउने चाहना राख्नुभएको थियो । बाँकी अंश >>

‘ह्विल चियरको जिन्दगी’ सार्वजनिक

काठमाडौँ, ८ साउन । साँगास्थित स्पाइनलइन्जुरी पुनःस्थापना केन्द्रमा कृष्णप्रसाद भण्डारीद्वारा लिखित ‘ह्विलचियरको जिन्दगी’ कृति विमोचन गरिएको छ ।

wheelchairमेरुदण्ड पक्षाघात भएका करिब ६० बिरामीका बीचमा सोही समस्याबाट पीडित सिन्धुपाल्चोककी छ वर्षीया सलिना श्रेष्ठ र मुगुकी आठ वर्षीया वन्दना रावलले शनिबार उक्त कृतिको लोकार्पण गरे ।  बाँकी अंश >>

हातले टेकेर चारजनाको परिवार पाल्दै पुष्पबहादुर

गोविन्द लामिछाने

इलाम, ४ साउन । पोलियो रोगका कारण दुवै खुट्टा कामै नलाग्ने भएपछि मोरङ मङ्गलबारेका पुष्पबहादुर बोहोरा (५७) का जीवनमा कहिल्यै खुशीका दिन आएनन् । सबैथोकको भर हात भएपछि हात टेकेर हिँड्नुपर्ने उहाँको बाध्यता छ ।

चौध वर्षको उमेरमा पोलियो रोग लागेपछि उहाँ दुवै खुट्टाले अपांग हुनुभयो । उपचारका लागि उत्तिबेलै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) गए पनि निको भएन ।  बाँकी अंश >>

दृष्टिविहीन परिवारले पाउने भयो घर

काठमाडौं, ४ साउन ।

Gigri-padeहास्य कलाकार कुमार कट्टेल (जिग्री)ले आज आफ्नो जन्मदिनमा सामाजिक अभियान स्वरूप सप्तरीका दृष्टिविहीन परिवारलाई घर उपहार दिने भएका छन् ।

‘आफ्नो जन्मदिनको अवसरमा सामाजिक अभियानस्वरूप सप्तरीका दृष्टिविहीन परिवारलाई घर उपहार दिन लागेकोमा बधाई । कलाकारितासँगै आँट गरेका हरेक काम यसैगरी सफल बनून् । ती तिम्रा पाइला प्रगतिपथमा लम्किरहुन् फेरि पनि शुभकामना,’ हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले  भाइ कुमारको तारिफ गर्दै बुधबार फेसबुकमा दुवैको तस्बिरसहित स्टाटस लेखेका छन् ।

जिग्री पाँडे फाउन्डेसमार्फत सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोलमा उनीहरूले घर हस्तान्तरण गर्न लागेका हुन् । शम्भु मण्डलको परिवारमा १७ जना छन । त्यसमा एक बालकसहित पाँचजना दृष्टिविहीन छन ।

विक्रम दर्जीले पाए व्हीलचेयर

बिर्तामोड ।

विक्रम दर्जीलाई व्हीलचेयर हस्तान्तरण गरिँदै

विक्रम दर्जीलाई व्हीलचेयर हस्तान्तरण गरिँदै

शारीरिक रुपमा अशक्त भएका बिक्रम दर्जीले गत असार १४ गतेको स्थानीय तहको निर्वाचनमा विक्रम भोट हाल्न गए । उनले भोट हालेको तस्वीर दमकका पत्रकार अर्जुन राजबंशीले जब कान्तिपुरका पठाए, तब उनको फोटो भाइरल बन्यो । त्यही विक्रमले भोट हाल्दै गरेको तस्वीर काठमाडौंका पत्रकार, अपांगता सरोकार.कमका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जालमा शेयर गरे । बाँकी अंश >>

अन्तर ध्यानबाट भविष्य हेर्दै दृष्टिविहीन महाप्रसाद

गोपालप्रसाद पोखरेल

पथरी (मोरङ), २ साउन ।

दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन्भन्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो ।

sketch courtesy: Repartee Gallery

sketch courtesy: Repartee Gallery

सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको डेरामा शनिबार र मङ्गलबार भविष्य हेर्न आउनेको भीड नै लाग्ने गर्छ । बाँकी अंश >>

प्रतिभावान लोकगायक गर्बुजा पुरस्कृत

पोखरा, १ साउन ।

लोकगीतका पारखीहरूलाई गायक खड्ग गर्बुजाको लामो परिचय आवश्यक पर्दैन होला । शारीरिक रूपले अपाङ्गता भएपनि निरन्तरताको लगाव र परिश्रमका कारण गर्बुजाले आफूलाई स्थापित कलाकारको नाममा स्थापित गराएका छन् ।

khadga (2)तिनै लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ ।मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उहाँलाई सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट गर्बुजालाई पुरस्कृत गर्दै ‘इच्छा र आत्मबल’को अगाडि शारीरिक समस्या ठूलो कुरा नभएको बताउनुभयो ।

पुरस्कृत व्यक्तित्व गर्बुजाले आफू दुःख र अभावबाट गायक बनेको बताउँदै आफूले छिट्टै ‘आत्मकथा’ बजारमा ल्याउन लागेको जानकारी दिनुभयो । गजल सन्ध्याका अध्यक्ष एवम् सञ्चारकर्मी अमृत सुवेदीले गर्बुजा गायक मात्रै नभई प्रत्येकले सुन्नैपर्ने गीत र पढ्नुपर्ने नलेखिएका पुस्तक भएको बताउनुभयो । पुरस्कृत व्यक्तित्वको परिचय दिँदै उहाँले भन्नुभयो, “१५ वर्षमै लाहुरे हुन हिँडेको, एक वर्ष भारतमा सर्कस, कोइला खानीदेखि होटलमा भाडा माँझ्ने कामसम्म गरी फर्केर विसं २०४३ मा घाँस काट्न जाँदा भिरबाट लडेर दुवै खुट्टा गुमाएका व्यक्ति अहिले देशको प्रसिद्ध गायक बनेका छन् ।”

‘आकाशैमुनि’, ‘हेर्दाहेर्दै कान्छीले’लगायत ‘कर्खा’, ‘झ््याउरे’, ‘सालैजो’, ‘यानीमाया’का चर्चित गीत गाउनुभएका गर्बुजाले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, अरुण स्मृति संगीत पुरस्कारलगायत दर्जनौँ पुरस्कार तथा सम्मान पाउनुभएको छ ।

“पैसाकै अभावमा गर्बुजा दुःख, पीरका गीत सुनाउँदै हिँड्थे । उनलाई देखेर कतिले कठै भनिदिन्थे, गीत सुनेर कतिले रुमालमा पैसा राखिदिन्थे”, सुवेदीले भन्नुभयो, “यसरी रुमालमा जम्मा भएको पैसाले उहाँ बाग्लुङको बलेवाबाट जहाजमा पहिलो पटक काठमाडौँ पुग्नुभएको थियो ।”

कवि तीर्थ श्रेष्ठ संयोजक तथा हरिदेवी कोइराला र कृष्णबहादुर सदस्य रहेको प्रतिभा छनोट समितिले गर्बुजालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । रासस

« पछिल्लो पेजअघिल्लो पेज »