मृदुलको मनोन्यास

मनोन्यासहस्त गौतम “मृदुल”

जलेको हृदयमा फूलेको प्रेम

hasta_gautam_mridulआदरणीय मित्र गीताजी, मेरो नमस्कार। तपाइको परम कुशलतालाई म आफनो कुशलता ठान्दछु। तपाइलाई पहिलोपल्ट यो पत्र लेख्दै छु। मलाई थाहा छ अब यो पत्र हेर्ने चासोमा कमी आई सकेको छ किनभने मेरा जीवनका अक्षरहरु निकै गरिब भइसके। यो पुँजीवादी समयमा यस्ता दरिद्र अक्षरको केही अर्थ छैन। यी निरही र अभागी अक्षर पढ्ने तपाईका कोमल नयनहरुमा परिवर्तनको झलक आइसक्यो। तपाईका नजर खानदानी अक्षरतिर आर्कषित भइसके। मात्र, आजसम्म मेरो उर्त्सग प्रेम र विर्सन नसकिने विगतका ती दिब्य यादहरुले गर्दा अन्तिम पत्र लेख्न विवस् छु।

स्वर्गहरुमा पनि स्वर्ग जस्तो आफनो सुन्दर मातृभुमिलाइ चटक्कै छोडेर यो विरानो दुनियाँमा रुमल्ली रहेको छु। यो विरानो ठाउँमा यादहरु नै सहयात्री बन्दारहेछन । सात समुन्द्र तरेर, सबैलाइ माया मारेर एक्लै तड्पेर बस्दाका दिनहरुमा, तिनै सुन्दर अतित्हरुले विगतलाई कोटयाइ रहन्छ।
सिस्नेहिमालको अनुपम सौन्दर्य र सौम्य मुस्कानको न्यानो आभाषबाट टाढा भएको पनि तिन दशक भैसकेछ। बाउन्न पोखरी त्रिपन्न ताल भनेर चिनिने मेरो प्यारो रुकुम छोडेको यत्तिका दिन भैसकेछ। समयको गर्भभित्र जिवित ती हाम्रा यादहरुले बेला बेलामा स्मृतिको कोखमा जन्मि दिंदा मन प्रशव पिंडामा छटपटिन्छ। हामी पुतलीसडकमा भेटेको पनि एक दशक बितिसकेछ। समयको गतिले कहाँबाट कहाँ हुत्याइदिन्छ कुनै सिमा छैन। आज तपाई कहाँ कस्तो परिवेशमा पुग्नु भो र म कहाँ कस्तो परिवेशमा पुगें।

त्यतिखेर, तपाइका चन्चल आँखाले आखा, मनले मनलाइ र बदनले बदनलाइ अपनाइ सकेका थिए। हामीले संगै स्वयभ्भुमा बालेको आपसी प्रेम र सद्धभावको दियो अम्कै बल्दै होला तर सम्बन्धको लक्षमण रेखा नाघेर कुनै रावणको पछि गैसक्नु भएछ। दिल्लीको लोटस टेम्पल जस्तै मायाँको फुल ह्रदयमा फुल्न थालीसकेको थियो। मैले त्यो फुुल साँच्चै यर्थाथको दृष्टि्रकोणबाट सुुन्दर र अमर छ भन्ने ठानेको थिएँ। म दंग थिएं। कछुवाले बालवा भित्र छोपिएका आफना फुललाइ बाहिरबाट स्मरणशक्तिले कोरल्द छ त्यहि हिसाव मैले पनि हाम्रा सपनाहरुलाइ कोरल्दै गएँ।

आज कत्रिक १६ गते, २०५० साल, भर्खर नेपाल छोडेर जीवनको एक लामो यात्रामा जुटि रहेको छु। यतिखेर मेरो मनभरी तपाइकै अनुपम प्रेम साथमा लिएर त्यो गन्तब्यहिन यात्रामा लाग्दै छु। जहाजमा बसेर तपाइकै अनगिन्ती स्मृतिहरु केलाउदै नागोया एरपोर्टमा उत्रिदै छु। जापान मेरो कल्पनाको देश थियो। एशियन हेल्थ इन्स्टीचुट को निमन्त्रणमा नागोया पुगेर म्कण्डै एक हप्ता बिताएँ। आहा, कति आत्मीकि जापानीहरु। कस्तो सद्धभाव पाहुनाहरु प्रति, कस्तो मेहेनत। न्ाागोयाको टोयटा सिटीमा केही क्षेणको आनन्दमया त्यो बातावरणमा तपाइलाइलाइ सम्म्की रहें। सुन्दर ठाउमा सुन्दर मनहरु एकहुदाको अबस्था कस्तो हुदो हो भन्दै मन्को लडु घिउसंग खाइ रहे। हारामाचिदा सहरको फुलै फुलले सजिएको त्यो शहरमा तपाइलाइ सम्म्के अनी त्यो बेला ति फुलहरु टिेपेर मायाको निसानी दिने कल्पनामा एटलान्टीक महासागर बिचमा सुर्य डुबेको देखिए म्कै भावमा डुबी रहें। न्ाागानो कति सुन्दर ठाउ रहेछ। भगवान बुद्धको बिशाल काठैकाठले बनेको मन्दिरको दर्शण गर्दा बहुतै सम्म्कें। मन्दिरमा दुइजनाले संगै बसेर ध्यान गरेको एक्लो हुदा खल्लो लाग्यो। वोलम्पीक सहर बनेको त्यो नागानोको आतित्थ उच्चस्तरको थियो। आफुलाइ सगरमाथालाइ ठान्दै माउन्ट फुजीलाइ अंकमाल गर्न पुगेको भान भो। त्यो हिउँ थिएन प्रेमको भावुक आभाष थियो। मैले फुजीलाइ तपाइकै अनुभुतिमा धेरै पटक चुमें। त्यसैको वरीपरी घुमे। टोकियो सहरको आगनमा फुलेका

“चेरीका फुलहरुले मेरो मनलाइ छोइरहयो।
मेरो मन भने तिमी बिना हर पल रोइरहयो।”

tokyoयही गीत गुनगुनाउदै अनि फेरी ओसाका, वकिनावा जतातिर घुमे पनि एक्लो यात्रामा केवल बिगतका ति यादहरुमा रुमल्लिएको छु। करिव ३ महिनाको जापान यात्रामा मायाको अनुभुति अबिछिन्न भैरहयो मलाइ। अनी म फेरी काठमान्डौ फर्किए र त्यही बाहुपासमा बाँधिएं। हाम्रो बिस्वास फल्दै फुल्दै गै रहेकै थियो।

फागुण २१ गते २०५० सालमा फेरी दोस्रो यात्रा नर्वेको ओवस्लोमा तया गरें। एरपोर्टबाट भर्खरै ओर्लिदै होटल तिर लागें। हिउँ नै हिउको सेतो खास्टो ओडेको नर्वे एक परम सुन्दरी गोरी म्कै लाग्यो। हिमालै हिमायलयको देश नेपालबाट गएपनि हिउँ आफनै हातले स्पर्श गरेको थिएन। तर यहाँ हिउँबाट यात्रा तय भयो। ओस्लो सहरभरी घुमेर लिलाहम्मर सम्म पुगें। आधारातमा सुर्य देखिने देश आफैमा एक कौतुहल बनेको छ।। बिकास र प्रबिधि अनि प्रजातान्त्रीक देश नर्वे आफैमा एक अटल मानताबादी राष्टको मिठो अनुभूति भयो मलाइ। त्यस महान देशमा पनि तपाइकै अनुपम प्रेमको मिठो कवाफ खाँदै यात्रा तया गरें। तिमी बिनाको यात्रा केवल निरस थियो।। नर्वेको ३ हप्ते लामो यात्रा पछि फेरी म यहाँबाट अमेरिका टेक्ने सोच बनाएँ र म अमेरिकातिर लागें।
भर्खर चैत्र १५, २०५० गते म फेरी मिठा भावहरुमा डुब्दै अमेरिका तिर लागें।
स्वर्गहरुमा स्वर्ग हो अमेरिका भन्ने सुनेको थिएँ त्यही भएर नर्वेबाट घुम्दै कोपनहेगन भएर म अमेरिका तिर लागें। जीवनमा पहिलो पल्ट अमेरिकामा पाइला हाले। जोन अफ केनेडी अन्तराष्ट्रीय बिमानस्थलमा ओर्लिए। बाहिर नर्वे कै जस्तो हिउँको खोल ओडेर बसेको पाएँ। सहर, बाटोघाटो र बिकासको चरम सिमामा पुगेको अमेरिकाले मेरो मन्मा नयाँ आभाष छर्न थाल्यो। म संयुक्त राष्टसंघको बिशाल भवनमा पुगें र त्यहाँ नेपाली संग सम्पर्क भयो। अन्तमा मिसन टु नेपाल हाउसमा पसें। बैकुन्ठ सर, बिष्ट सर, भेटें र अन्तमा महामयिम राजदुत डा.जयराज आचार्यज्युलाइ भेटें। बिरानो ठाउमा पुगेर अलमल परेको बेला यस्तो ठाउ र त्यस्मा पनि आथित्यपुण ब्याबहार पाउदा म खुशीले गद गद भएँ। राजदुत ज्युले नजीकै एक होटलमा राखी दिनु भो। त्यसै बेला डा. कुलचन्द्र गौतम ज्युसंग पनि भेटघाट भो। आपसमा सद्धभावपुर्ण भेटघाट र आत्मिय आतित्थेले संधैव मन्मा जरो गाडेको छ। यस्तो बेलामा प्रिय गिताजी एक्लो हुदाको पिडा महसुस् गर्ने क्षमता तपाइ संग रहेन छ। संग संगै यस सुन्दर अमेरिकाको काखमा लुटुपुटु गर्ने सपना कहिल्ये पुरा भएन। एक पटक क्यालिर्फोनीयको गोलडेन वि्रज मा संगै यात्रा गर्ने रहर थियो। लसएन्जलस सहर भरी घुमे एक्लै, डेनभर नदीको किनारामा बसी बिछोडका हरफहरु कोरें।
Colorado-Rocky-Mountainsकोलोराडो हुदै रक्की माउन्टेनको पहाडहरुमा बैशाखी तान्दै यात्रा गरें। ती काला चटटानहरुमा तपाइको छाँया खोजें। हरेक अमेरिकन नागरिकको मुस्कान भित्र तपाइकै माया खोजें। बाल्टोमोरमा पुगेर नेपालीको माहोल पाए। त्यस्मा डा.गोपाल श्रेष्ट र अचुत श्रेष्टदाइको भात्रित्वले अल्म्काइ दियो। बुढीआमा, मलाइ असाध्यै माया गर्नु हुन्थो। महाभारत हेरेर दिनहरु बिताएँ।

आमाको मायाले मलाइ केही दिन नेपाल भुलायो। त्यस पछि म भर्जिनियामा साहित्याकार होमनाथ सुबेदीदाइलाइ भेट्न पुगें। उहँासंगै साहित्य र सेवाको अग्रगामी कदम चाल्ने अबसर मिल्यो। भर्खरै अन्तराष्टि्रय नेपाली साहित्य समाजको स्थापना भएको थियो र कार्यक्रममा समेत सहभागी भएर सृजनात्मक काममा हात हालें। सन १९९४ तिर हो। भर्जिनियको लामो बसाइ पछि म मिचिगन घुमे। त्यहाँ पनि नेपाली मित्रहरु संग भेटघाट भो। अनि फेरी बोष्टन हुदै मायमीतिर लागें। मायामी विचमा केही दिन रमाउदै गए। तर प्रिय गिताजी, म साँच्चै हरेक अभाव भित्र तपाइकै भाव खोज्दै समुन्द्री छालहरुमा रमाए। अनि बहामाको नासु टापुमा एक महिना बिताएँ।

त्यहाँ पनि बहामा युनिर्भरसिटीमा नेपाली प्रोफेसर टेकनाथ पोखरेलज्युलाइ भेटें। नेपाली पन्को खाना र आतित्थेले मलाइ मुग्ध बनायो। अनि म त्यतैबाट जमैकातिर पसें। क्यारिवियन टापुमा जमैका आफैमा मिश्रित सास्कृतिक पहिचान बोकेको पाएँ। भारतीय नागरिकको बाहुल्यताले मलाइ भारत मै बसीरहेको अनुभव भो। त्यहाँको हरेका समुन्द्री वेहरुमा नरीवलका काँचो फल भित्रको पानीले तपाइकै अधरको म्कस्को दिन्न्थ्यो। कति रसिलो थियो त्यो कति पोसिलो। बालुवाका कण कणमा तपाइकै चित्रहरु खोज्दै, बार्को (सानो पाण्डुबी)मा यात्रा गरें। अहो यात्रा कति मनोरम थियो तर त्यो यात्रामा तपाइको न्यानो आलिंगन पनि हुदो होत कति आनन्द आउदो हो। छालले माथी उचाल्ने र पछार्ने गर्दा बेला बेलामा लाग्दथ्यो समुन्द्रका बिशाल माछाले नेपाली स्वाद पाउने छ म्कै लाग्थ्यो। क्युवाकोको हवाना सहर पनि आफैमा सुन्दर तर फिडेल क्यास्ट्रोको भुतले सातो खाएका कुन्ठीत जनताको मुहार मलिन देखिरहेको छु। यो मलिन अनुहारमा पनी तपाइलाइ खोजेंं कतै भेटिन। यादहरु मनभरी छछल्कीय नुनीला छालअरु म्कै। पानी चाहेर पनि पिउन सक्ने अबस्था थिएन मेरो हाल त्यस्तै थियो मैले चाहेर पनि तपाइलाइ पाउन सकिन। बार्कोको अर्को चुनौतीपुर्ण यात्रा शुरु गरें। मेक्सीको सम्म पुग्दा दिमाग खराव भयो। रिंगटा लाग्यो। बिरामी नै भए। झन कम्जोर भएको बेला नै आत्मीय जनको याद आउदो रहेछ। तर….।

मेक्सीकोको साँकृतिक घना बस्ती न्यानो भुगोल र मायाजातीको सुन्दर मिश्रण पाएँ। चेतुमाल हुदै मेक्सीको सहर जुन बिस्वको तेस्रो ठूलो सहर थियो। क्याथलिक धर्मले बाहुल्यता पाएको मेक्सीकन एतिहासिक सास्कृतिक अवसेस्हरुले सजाएको पाएँ। पोलांक्को देखी सान्तामारिया बजार जताततै घुमियो। मेक्सिकोको पुराना ति धरोहर भित्र पनी तिनै आस्था खोजें पाउन सकिन। अनि लामो पटयार लाग्दो बसको यात्रा गर्दै बेलिजतिर लागें। बेलिज सानो देश जहाँ गोखौली सेनाहरुले जंगल र्टेनिगं गर्न आएको भेटेँ। हाइड्रो पावरमा काम गर्न आएको २०० जना नेपाली भेटें। जंगलै जंगल भित्र पुराना मायान रुइनहरु हेर्दै, क्रोजल टाउन, बेल्मोपान, बेलिजसिटी, कुन्तार्गोदा, बेंम्गे हुदै म फेरी अर्को देश ग्वाटेमाला लागें। ग्वाटेमाला पनि सारै प्राकृतिक र सास्कृतिक सुन्दरताले सजीएको देश पाएँ। अनि म त्यहिबाटो हन्डुरसको र्पोतोर्कोतेस, सानपेद्रोसुला घुमे। त्यो पलमा बसका म्कयालबाट देखिने ति सुन्दर दृश्यहरुमा तपाइका स्मृतिहरु खोजें। मायाजाती कै बाहुल्यता रहेको हन्डुरस पनि कम सुन्दर र्छैन। टिगुचिगाल्पा राजधानीमा पुगेर मायाँ होटलमा बसें। म्कन्डै काठमाण्डौ जस्तो उच्चस्थानमा रहेको राजधानी स्पानिस एतिहँास र वर्तमान भित्र बाँधिएको त्यो टिगुचागाल्पाका हरेका ठाउमा मायाको अभावमा धेरै गित लेखें। तामालिसा –फर्सीमा मकैको पिठाले आटो म्कै घोलेर कुखुराको मासु लाइ स्वदिष्ट मसालाले पकाएर हरियो केराको पातभित्र पोको पारेको खाजा हो तामलिसा। त्यो खाजामा पनी तपाइकै यादहरु संगालेर स्वाद लिएँ।

जब हृदय प्रेमको कारागार भित्र निर्दोष कैदी भएर रहन्छ र बिछोडका बाणले घायल हुन्छ तव थाहा हुन्छ प्रेम केहो भन्ने। मदर टेरेसा बिनाका बिरामी म्कै अलपत्र हुन्छ जिन्दगी।
अर्काको घरमा बलेको आगोले आफनो घरको रोटी पकाउने स्वार्थी नेताहरुको चंगुलमा परेर देश क्षेतबिक्षत भएको छ। त्यो क्षेतबिक्षेत देशको ह्रदय नै मेरो जीवनको पहिचान हो। एकदिन तपाइको गोधमा आएर जीवनको दृष्टि बिसाउने मेरा सपनाहरु जलजलामा हिउ बिलाए झै बिलाए। त्यहि चोटले बगेका आँशुको नसा पिउदै पुन सतिदेबी गुमाउदाका महादेब बनेर म घुमी रहे यस धरामा। .

हन्डुरस बाट सान्साल्भाडोर हुदै निकारागुवा पुगें। मानगुवा पनी प्राकृतिक रुपमा बिशिष्त नै पाएँ। तरेली परेका होचा पहाड र दुबैतिर महासागरले छाएको सानो देश पनि औधी मन परयो। त्यहाँको प्रकृतिसंग खेल्दा डुल्दा पनि तपाइको म्कम्कल्कोले निकै सताइ रहेको छ। अनी बसको लामो यात्रामा फेरी अर्को उस्तै देश कोष्टारिका पुगें। कफी उत्पादनमा नाम कमाएको कोष्टारिका धेरै अगाडी पाएँ। मनोरम दृश्यहरु, अनुपम सौन्दर्य र सान्तप्रिय देश मलाइ अति नै मन परयो। ज्वालामुखी पहाडको फेदमा रहेको सहर सानजोसे राजधानीको रुपमा निकै सम्मपन्न पाएँ। क्फीको स्वादिष्ट पियाका चुस्कीहरुमा तपाइको मायाको अकल्पनीय अनुभव गरे। यो देश कफी उत्पादन गर्ने एक सम्पन्नसाली देश रहेछ। सानजोसेको बगलमा उभिएको होचो पहाड म्कै तिम्रो याद स्मृतिको बस्तीमा सवैभन्दा उच्च थियो। ब्ासैबसबाट लामो यात्रा तया गरी पानामा सहर पुगे। पारोको खानी र प्रकृतिको अनुपम मेल बनेको पानामा दक्षिणी अमेरिका र मध्य अमेरिकालाइ भुमीको मार्गले जोड्ने पुल जस्तै लागी रहेको छ। प्ानामाको नहर भनेर चिनिने त्यो मानवनिमृत नहरमा जहाजी यात्रा गर्दै कोलम्वीयको कार्टाहिना सहरमा पुगें। कोलम्वीय अफिम खेतीको उतकृष्ट भुमी हो। कार्टाहिनाबाट बसमा फेरी तिम्रो यादहरुलाइ गितमा उन्दै बोगोटा सिटी पुगें। बोगोटामा साथी जर्मन जो नेपाल पनि घुमी सकेको रहेछ उस्को साथमा बसेर कयौ दिनहरु बिताए।
सन २००१ मार्च ७ गने फेरी म पृथबिको भुममध्य रेखामा पर्ने इक्वाइडोरमा आएँ। पृथ्वीको केन्द्रबिन्दुमा कतै हाम्रो बिस्वासको केन्द्र पनि छ की भनी फनफनी घुमे। पहिलो पल्ट यो ठाउमा टेकेर पृथिबिलाइ छुटयाइएका रेखाहरु हेरें। पुर्ब पश्चिम उत्तर दक्षिण तेहीबाट शुरु भएको रहे छ। त्यो रेखाहरुमा तपाइ र मेरो बिस्वासको रेखालाइ केलाएं तर रेखा मेटिने स्वार्र्थको मसीले लेखेको भेटें। क्षेणिक मायाको नाटकिय रेखालाइ एकपटक थुकें। अनि त्यो पवित्र र एतिहाँसिक ठाउबाट निस्केर क्युटो सहर पसें। काठमाण्डौ म्कै भल्कानिक पहाडै पहाडले ढाकेको न धेरै चिसो न धेरै तातो, मनोरम सहरमा हराए आफुलाइ।
पोर्तोलोपे, माछाला, मान्ता, सान्ताडोमींगो, गयाकुल घुम्दै फेरी कोथोबालोमा अवस्थीत भल्कानिक कोतोप्याक हिमाल हेर्न पुगें। त्यो हिमालको उचाइ जस्तै हाम्रो प्रेमको उचाइ नाप्न खोजे तर त्यहाँ उचाइ थिएन त्यो त सेती भासिय म्कै समयको गर्भमा कतै हराएको यिबोगान्त कथा मात्र थियो। अर्को चिम्बारासो हिमाल देख्न रहर त्यसै हरायो जसै हाम्रो मिलनका क्षेणहरु हराएका थिए।

अर्को चर्चित ठाउ गालापागोस आइल्याण्ड घुम्न पाइन जसरी हामीसंगै मनकामना जान पाइन। इक्वाइडोरमा पनि अमेरिकन डलर नै चलेको रहेछ। अचम्म लाग्यो छुटै स्वतन्त्र राष्टमा पनि अर्को देशको पैसाले स्थान ओगटेको रहे छ। सायद नेताहरुको नार्मदी र नेत्रित्वहिन राजनीतिको कारण त्यो अबस्थामा अमेरिकाले सघाएको होला। अनि जलेको ह्रदयलाइ सान्त पार्न साउथ अमेरिकाको अर्को देश ब्राजिलतिर लागें जुन देश फुटबलका जन्मदाता पेलेको देश भनेर जानिन्छ। रियो दे जेनारियोको सुन्दर सहर भित्र हराएँ। आहा कति राम्रो ठाउ। समुन्द्री छालमा रमाउदै तिम्रो स्मृतिमा गित लेखें।
जुन गीत चर्चित गायिका नालिना चित्रकार बहिनीले गाएकी छिन।

“असारे धान पानी नै नपाइ सुकेर मरे म्कै।”

एक बिसाल चटानमाथी उभिएको पहाडको टुप्पोमा उभिएको भिमकाय जिसस् क्राइष्टको सालिक आफैमा पबित्र गन्तब्य बनेको छ। दिनभरी त्यही उचाइमा अनगिन्ती भावहरु गीतमा उर्तादै बसें। त्यो सुन्दर स्थानमा तिमी बिना एक्लै बस्दाको पिंडा, देशको मर्म नबुम्कने नेताहरु म्कै बुम्कने कोही भएन।

घात र आघातको मर्मले जलेको ह्रदयमा स्मृतिका फुलहरु उर्मिए र बिरबलको खिचडी बनेर प्रसान्त महासागरमा हराए। अर्को सहर साँपाउलोतिर मेरा कम्जोर पाउहरु अगाडी बढाएं।
बसको म्कयालबाट दाँयाबाँयाका अनमोल दृष्यहरु नियाल्दै लामो यात्रा तय गरी फेरी काराकास सहरतिर लागें। भेनेजुयालाको राजधानी बनेको काराकास सहर आफैमा सुन्दर छ। संसार प्रशिद्ध सुन्दरी र सुन्दताको नमुना नै हो भेनेजुयाला पनि। प्रशान्त महासागरको छालले संधै चुम्ने त्यो भुमि सारै राम्रो लाग्यो। स्रसारको सवैभन्दा अग्लो छहरामा एक पटक मनमुग्ध भए जस्को आनन्द तपाइको छली मायामा थिएन।

काराकासको छोटो बसाइ पछि वोनारिस सहर, अर्जेनटिनातिर उडें। नीलो आकास माथी उडेको जहाजबाट आमाजोनस नदी र पहाड अनि घनाजंगल हेर्दै अगि बढें। सेता बादलका टुक्रामाथी आफु उडीरहेको क्षेणले म्कसक्क फेरी तिनै यादहरु छछील्कए आखाभरी। वोनसयरिस सहरका मनोरम दृश्यहरु नजरमा जम्मा गर्दै अगी बढे। एताउता हेर्छु मात्र स्पेनिस परीहरुमात्र पाउछु। कयौ पटक उनिहरुका हाउभाउमा तपाइलाइ खोजें, उनिहरुको सहवासमा तिमीलाइ खोजें अहँ पाउन सकिन किन भने तिम्रो प्रेम त फुलचोकी डाँडामा हिउ बिलाए म्कै बिलाइ सके छ। अनी फेरी सान्टीयागोमा रोकिएँ। राजनैतिक गन्जागोलमा रन्थनियको चिलीले भर्खर गति लिन लागेको भएर जोसिलो राष्ट लाग्यो। सान्त लाग्यो। देशमा गतिहिन बनाउने त गलत राजनीति नै रहेछ। एकपटक मेरो देशका अपांग नेताहरुलाइ देखेर थुक्न मन लाग्यो। राम्रो नेता देशमा नजन्मिएकै कारण हामी युगौ देखी भारतीय हेपाहामा परेका रहेछौ। ीबशाल नेपाल गुमाएका नेपाली बचेको आफनो अलिकति माटोमा पनि भारतीय हस्तक्षेप देखेर भारत प्रति घृणा लाग्यो। त्यो आत्मीय पिंडा कित त देशलाइ थाहा थियो कि त तपाइको धोकाले मलाइ थाहा थियो। चिलिको स्वाद लिने अबसर पाएँ। सान्टीयागो अति नै मन परिरहेको छ मलाइ। बाहिरको मनोरम सहर हेर्ने कोसिस् गरे तर मनभित्र पाकेको पिंडाको घाउले त्यो क्षेणलाइ गौण पारी दियो। अनि पेरुको लिमा तिर उक्लीएँ बसैबासबाट। जीवनमा मेरो यो नै लामो यात्रा भयो। लिमा सम्म बसमा हिन्नु।। लिमाको पौराणिक बस्ती र सांस्कृतिक तामम्कामको साथ आफनो बसाइलाइ स्मरणीय बनाउदै अगी बढे। साउथ अमेरिकालाइ सलाम गर्दै दक्षिण अफ्रिाकातिर लागें। स्वतन्त्रताका पुजारी नेलसन मन्डेलाको भुमीमा टेक्ने सपना भित्र हराउदै जोहानसवर्गमा ओर्र्लिए। २००२ साल जुलाइ महिना गर्मीको प्रचन्ड धुपसंगै साथ अप्रिको जाम्वियातिर लागे। लन्डन सिटी हुदै भिक्टोरिया सहर बाट बाहिर निस्के। त्यो मन्डेला भुमीमा मेरो
प्रेमको स्वतन्त्र अस्तित्व खोजें कतै पाइन। बरु तपाइकै निहित स्वार्थको पाण्डुलीपि भेटियो। हाम्रो आपसी विस्वासको उचाइ पत्ता लगाउन खोजें तर त्यो पनि नेपाल झै ठूलो संकटमा परेको थियो। ऋनी त्यहाँबाट म केन्याको नैरोवीमा रोकिएँ र केही दिन बिताएँ। बाक्लो भारतीयहरु भेटिए। क्तै उजाड र बिरक्त लाग्दो बाताबरण पाएँ। गरिवीमा अत्यन्तै गरिव र धनीमा अति धनीको मारमा पिल्सीएको केन्याबाट फेरी म अन्तै मोडे मैले मेरा पाइलाहरु।

नैरोवीका ती उजाडउजाड बस्तीहरुमा आफूलाइ तुलना गरें। हो म त्यही उजाड प्रतिनिधि हुँ । मेरो जीवनका सपनाहरु रित्तिएका छन। आशाका कोपिलाहरु चुडिएका छन्। बल्ल तान्जानियको दारेसलाममा पुगें। अनि इन्डियन महासागरको छालले हरपल चुमिरहेको कृर्षिजन्य भुमिमा पाइला राखें। किलीमन्जारो हिमाल कै फेदीमा बसेर अतितलाइ नियालें। संसारभरीका पर्यटकहरुलाइ मन तान्ने त्यो सुन्दरताले तपाइको धोकेबाज स्मृतिलाइ तान्न सकेन। चाहे जस्तो सुकै सुन्दर ठाउमा पुगु यदि प्रेम छैन भने त्यो निरस नै हुन्छ। त्यो भावले मलाइ त्यहाँबाट डोरयाउदै इजिप्ट तिर लग्यो। पुरानो धार्मिक इतिहाँस बोकेको काइरोमा अवस्थीत पिरामिड घुम्न पुगें। तीनवटा अग्ला मानव निर्मित पिरामिडमा एक किसिमको कौतहल थियो। कसरी कहिले बन्यो होला त्यो भब्यता। त्यतिमात्र कहँाहोर बालुवामाथी पाइला राख्दै जमिनमुनी राखिएका कफनहरु हेरें। हो मेरो प्रेम पनि ति नै चिहान बनेर अस्ताएका छन् भन्ने लाग्यो।

साँच्चै मित्र गिताजी, किन ममाथीको तपाइको प्रेम आज यस्तै कफनमा अस्ताएका अबशेष म्कै भए? अदभुत चित्र र चिहानका कफन हेरी निस्कीएं। मलाइ लाग्यो हाम्रो प्रेमको शव त्यही गाडीएको रहेछ। कहिल्यै पनि हेरी नसकीने अनन्त गाथाले भरिएको काइरोको पिरापिंड आफैमा जिवित शाक्षी थियो। तर हाम्रो प्रेमको साक्षी केही थिएन। अनि म फेरी अर्को सहर नायल नदीमाथी पानीजहाज चढेर लामो यात्रा गरें। आहा जहाजबाट वरीपरीको मनोरम दृष्य हेर्दा अलौकिक आनन्द आउथ्यो। उजाड मरुभुमीलाइ चिस्याउने पबित्र नदी नायल भित्र हाम्रो प्रेमको खाका कोर्न खोजें। सकिन त्यसै त्यसै त्यो यात्रा सकियो र अलेक्ज्यान्ड्रीय सहर भित्र हराएं। मलाइ लाग्थ्यो हाम्रो प्रेम पनि नायल नदी म्कै लामो हुनेछ तर यो हेर्दा हेर्दै बिस्नुमती बन्यो। मरुभुमिमा पनि चिसो हिमाल भएको दक्षिणीभागमा अवस्थित सिनाइमा पुगें। त्यो सिनाइ हिमाल, क्याथिरिन अनि उमासाउमारको नजिकैबाट अवलोकन गरें।
मेडिटेरिएन सागरसंग जोडिएको इजिप्टले मलाइ अर्कै आनन्द दियो। उँटमाथी चडेर पिरामिडमाथी घुम्दा होस या नायलमाथी डुगा चढेर लुक्जोर सहर पस्दा होस एक अदभुत यात्रा लाग्यो।
अफ्रिकी भुमीलाइ सलाम गर्दै मेडिटिरिएन देशतिर यि दुखारी पाइलाहरु बढाएँ।
म आफनो सद्धिक्षालाइ सिसिपसको कथाबाट सुरु गर्न चाहान्छु। फान्सेली दार्शनिक अलबट कामुको पात्र हो सिसिपस् जस्ले लगातार असि बर्ष सम्म समुन्द्रीतटबाट पहाडको टुप्पोसम्म ढुंगो बोकेर पुरयाउने प्रयास गरयो र अन्तमा सफल भयो। तर ममा त्यो साहास छैन। त्यो घायल सिसिपसले कहिल्यै हरेस खाएन तर मैले खाइ सके गिताजी। यहि चोटले रन्थन्नियर फेरी यो मनमा लागेको आगो निभाउन खोजें। सन्तुुषको पानी खन्याउन खोजें म्कन म्कन आगो दन्कियो। ह््रदय जलिरहयो। तपाइले मेरो सपनालाइ चकनाचुर पारे म्कै। नेताले देशको सपनाहरु ीछया छिया पारे म्कै त्यो घायल परिवेशबाट मुक्त पाउन सकिन।

इतिखेर म इटालीको सिसेली टापुमा पुगेर पुग्लीयमा बसें। चर्चका पुराना भग्नावसेषहरु हेरे र आफुलाइ त्यसैसंग तुलना गरें। त्यस पछि समुन्द्रीतट हुदै नापोली पुगें। इटालीको एक प्रशिद्ध सहर नापोलीमा सागरका छालहरुसंगै गाएर बसें। कोसेन्जाबाट ट्रेन चढेर नापोलीमा केही दिन बिताए। फेरी टे्रन चढेर त्यहाँबाट रोम सहर लागें। रोम सहरका पुरातत्वयिक महत्वका अबशेषहरु हेदै हेर्दै मिलान पुगें। बाटोमा एक गित लेखे जुन गित स्वरुप राज आचार्यले आलोकश्रीको संगीतमा गाएका छन।

“गुँरास सरी फुलेकै होउली हिमाली पाखैमा।
म्कम्कन्को तिम्रो अल्मि्क नै रहयो, यि मेरा आँखैमा।। ”

मिलानको बसाइ निकै यादकर रहयो। एक समारोहमा सहभागी भै गोल्डमेडल पनि प्राप्त गरें। अनि इटालीलाइ बाइ बाइ गर्दै भेरोनाको बाटो समातेर क्रोसिय तर्फ लागें। इटालीसंग समुन्द्रीतटले मात्र सिमाना जोडिएको क्रोसियको यात्रामा फेरी बोट चढनु परयो र अति आनन्दमयी लाग्यो। एकल यात्रामा अरु जो भएपनि आफना कोही नहुदाको क्षेण सारै खल्लो लाग्दो रहेछ। प्रेकमा ओर्लिए पछि बसको यात्रा शुरु गरें र रिजेकामा बिश्राम लिएँ। समुन्द्रीतट निकै आर्कषक र रमाणिय लाग्यो। केही समय बिताएर कुपा नदीको किनारै किनाराबाट जाग्रिव जुन राजधानी हो त्यहाँ बसें। ब्ोास्नीय जाने मन थियो तर समयले साथ दिएन र म जाग्रिवबाट बसैबाट यात्रा तय गरें। साभा नदीको किनारै किनार बाट साल्नाभोस्की ब्रोड बाट सर्बियतिर पार भएँ। जुन तिन देशको त्रिकोणत्मक सिमाना भएको छ। एउटै देश टुटेर बनेको स्थानहरु आपसमा कठोर छन। जातीय र राजनीतिको गलत बाटो लियको त्यो कठोर भुमीले लाखौ नागरिकको मृत्यु भोगेर पन्छिएको छ। एक पटक नेपाल सम्म्के जहाँ जातिय र भाषाको अधिकारको नाममा राजनीतिलाइ बढाउदै लगेकोमा दुख महसुस भो। ज्ातियताले कसरी टुटाउदो रहेछ आत्मा। ज्ासरी हामी दुइ बिच आत्मीयता टुटयो त्यसैगरी टुटछ राष्टियता। इही अनुभव गरी रहेको छु यतिखेर।

देशमा भएको जात जातीको आवाज कुल्चिएकै कारण, उनिहरुको पहिचान नगरिदिएकै कारण अंशबण्डा बेहोरेको सर्विय आफैमा म जस्तै घायल थियो। अमेरिकन सेनाले हानेको बमले उडाएका घरहरु हेर्दा छिया छिया भएकेा बिसाल बेलग्रेट सहर मेरो आफनै छाती जस्तै लाग्यो जुन तपाइ दिएको धोकाले जलेको ह्रदयमा खरानीको खण्डहरसंग मिल्दथ्यो। डानुबे नदीको चिसो पानी पिउदै एक पटक अतितलाइ केलाए। समयको गतिलाइ नछाडी बगेको नदी जर्मनीको कालो जंगलबाट बग्दै बग्दै कालो महासागरमा मिल्दछ। डानुबे नदीको शुरु पनि छ र अन्त पनि तर मेरो प्रेमको नदी त बिचैमा सुक्यो पस्चातापको आगोभित्र। बेलग्रेटबाट प्राइबेट भ्यानमा मेसोडोनिया तर्फलागे। बाटोमा आशा सिडीका गीतहरु सुन्दै मनलाइ बहलगाएँ। हिउले ढाकिएको बाटो आफैमा उदास लाग्दो र पटयार लाग्दो थियो।
रामकृष्ण ढकालका गित लगायत, कुन्ती मोत्तान, याम बराल, कर्णदास, अनि हरिबंश आचार्य र मदन कृष्ण श्रेष्टको आधुनिक गितले कल्पनाको अर्कै संसारमा पुरयाइरहेको थियो। मेसोडोनियाको राजधानी स्कोपजे मा पुगेर मोटलमा बसें। पहाडको टुप्योबाट। क्तै अरुणा लामाका गितहरु क्तै नारायण गोपाल, गोपाल योन्जन र अम्मर गुरुगका गीतहरु सुन्दै यात्रा तया गरे। अनि फेरी भ्यानमै अलबानियातिर लागें र अल्बानिया नपुग्दै बिसाल ताल वोर्चिट देखें। बिछोडको बेदनाले धर्किएको नयानबाट बगेको आँशुको ताल म्कै लाग्यो। ताल कति सुन्दर। ब्ााहिर जति राम्रो देखे पनि भित्रिपाटो मेरो ह्रदय म्कै घायल थियो। किनभने त्यहि ताल मेसोडोनिया र अलबानियको अंशबणडा भित्र छटपटाएको रहेछ। एकछिन नास्ताखाने समयमा फोटो खिचें र धित नमरे सम्म हेरीरहें। फेरी गन्तब्यतिरै लागें। अग्ला होचा पहाडबाट निस्कदै कुदिरहेको गाडीमा भगवान भण्डारी र बद्री बगेनी, कोमल वलीको कबिता आले लगायत थुर्पै लोक गीतहरु सुन्दै अगी बढे। अलबानियाको राजधानी टिराना सहरमा ओर्लिएँ।

भर्खरै युगस्लाभीयबाट छुटटीयको अलबानीय एक स्वतन्त्र भएर पनि धरै पछि परेको पाएँ। टिरानाबाट एथेन्स सहरको उडान भरे। ओहो आकासबाट एथेन्स सहर हेर्दा अचच्म लाग्दो थियो। लोभलाग्दो दृष्यले मनै लोभायो। ग्रिसबाट टर्कीको इतसानबुलमा लागें। टर्कीका बजारमा घन्केका ति गितहरु साँच्चै लोभलाग्दो थियो। भाषा नबूम्के पनि संगीतको भाषा बूम्कन सकिने खालको थियो। टर्कीका ति मिठा गीतहरुमा हाम्रो बिगतको मिलन खोजे तर परिवर्तित स्वरको कूनै म्कलक पाएन। त्यस पछि रुशमा जाने योजना बनाएँ। लेलिनग्राडमा पूगेर साम्यबादको अर्थहरु खोजें जसरी मेरो जीवनको किताबबाट विस्वास गूमीसकेको थियो।
मस्को नदीको किनारमा बसेर गीत लेख्न थाले जून आत्मीय चोटका भावभंगीमा सिमित थिय। नेपाली एम्बेशीमा गएर आगून्तक पूस्तिकामा हस्ताक्षेर गरें। मे यूनिर्भरसिटीमा अध्यानरत नेपाली साथीहरु भेट भो जस्मा चन्द श्रेष्टजीको नाम मेरो यात्राको बहीखातामा अंकित छ। मस्केाबाट सन्ट पिटसवर्ग हुदै स्टोनिय पुगें। राजधानी तालिनमा घुम्दा घुम्दै गोबिन्द थापा र रानाजीसंग चिनजान भो। इन्डिएन रेष्टुरेन्टमा हैकम जमाएर बसेका साथीहरु पाउदा खुशी लाग्यो। त्यतै घरजम गरेका साथीहरु निकै उत्साही र सहयोगी लाग्यो। मेरो साथी निकोलाइ लाइ इन्डिएन खाना खुवाइयो र मैले पनि खाए। साथीबाट बिदावारी भएर फिनल्याण्डको हेल्सिन्कीमा अबतरण गरें। मलाइ सारै मनपर्ने देशहरुमा फिनल्याण्ड पनि एक हो। फिनिसको प्राकृतिक सुन्दरतामा तपाइको न्यानो आभाष खोजें तर पाउन सकिन। स्वीडेनबाट लण्डनको यात्रामा लागें। बेलायत मेरो अर्को सपनाको देश थियो। हिथ्रो एरपोर्टबाट सेन्ट्रल लण्डन गएर लण्डन ब्रिज संगैको कमफ्रट इन होटलमा बसें।
बाराइटन, लिभरपुल, एडनबरा लगायत आइल अफ जर्जीमा फन्को मारे। पलमस्टेट जहाँ नेपालीको घना बस्ती छ। धर्मराज थापा मेरा अभिन्न मित्र बन्नु भो नेपाली एम्बेशीमा गएं।
नेपालबाट युबा संगीतकार अनिल शाही जीसंग भेट भो। आपसमा कुराकानी गरी बिदा मागे अनि इग्लीस च्यानलबाट फ्रान्स आएर आइफल टावरमा चडी आनन्दको उत्सव मनाएं। अनि बसमा पेरिसबाट बेल्जियम, लग्जमबर्ग हुदै जर्मनमा यात्रा बिसाएं। बोनमा पुगेर नेपाली एम्बेशीमा आगन्तुक पुस्तीकामा हस्ताक्षेर गरें। न्ाोबेल किसोर राइ राजदुतलाइ भेट गरें। अनि स्वीजील्याण्डको जुरिचमा पुगें। म्कन्डै पोखरा म्कै लाग्ने बिसाल तालहरुमा, उच्च हिउले ढाकिएका पहाडहरु हेर्द जेनेभा गए। डा.शभ्मुराम सिंखडा लगायत धेरै नेपालीसंग साक्षात हुने अबसरमा जुटे। अनि मेर्डिड् सिटीमा अबतरण गरेपछि लिजबिनमा गएं। लिजबोनका पुरानो सहरका भग्नअबशेषभित्र हेरें। त्यस्मा हाम्रो अस्तित्व लुकेको छ की भनि खोजें। पाइन केवल उहि उदासी मन लिएर फेरी भियाना सहर, अष्टि्रयमा पसें। भियाना सहर नयाँ अनुहार लिएर म्कल्किएको थियो। जाडोमा तातो भियाना म्युजिक मा कफी पिएर म पोल्याण्डको वार्सा सहरतिर पसें। वार्सा युनिर्भसिटीमा केही दिन बसे पछि, ब्रातिसलाभा, स्लोभानियतिर हानिए। बसैबसबाट। ब्रातिसलाभामा भएको मदर टेरेसा होममा बसेर उपचार गरें। हिउँको कारण चिसोले बिरामी नै परे पछि मदर टेरेशा होमले न्यानो बास दियो र उपचार पनि गरयो। मदर टेरेशालाइ धन्याबाद चढाउदै फेरी रेलको यात्रामा लागें। चेक रिपब्लीकको प्राग सहर सानो, सुन्दर र रमणिय लाग्यो मलाइ।

युरोपियन देशहरुको यात्रा सकिय पछि म दुबइमा लागें र तेतैबाट बहराइन पनि घुमे। अनि दुबइबाट सिंगापुरतर्फ बढें। सिंगापुर सानो सम्पन्न र समृद्धिले सजिएको सुन्दर देश हो। गोर्खाली सेनाले शुरक्षा दिएर बसेका भेटाए, मुस्ताफामा सपिंग पनि गरें। अनि त्यतैबाट मलेसिया लागें र अग्ला दुइ टावरबाट सहर अवलोकन गरें। त्यस पछि पानी जहाजमा इन्डोनेसिय पसें र बाली हुदै जार्काता सिटीमा प्रवेश गरे र सेन्ट्रल होटलमा बसें। निकै रमाइलो भ्रमण पछि फिलिपिल्सको शुभु टापुमा दिन बिताए अनि मनिालामा उर्तिएं।
मनिलाबाट एक अनौठौ देश पपुन्युगिनीको पोर्टमर्सेबीमा पुगें। त्यहाँको उदेक लाग्दो सामाजीक बातावरण हेरै। सारै पिछडिएको त्यस देशबाट सिडनी तर्फ पसें। अष्टि्रलियको कंगारु मनको जंगलमा हुल्दै फेरी न्युजिल्याढको अक्ल्याण्मा उत्रिएं। सारै रमणिय, सम्मन्न र स्वच्छ बाताबरण पाएँ। नेपालका एक अभिन्न मित्र एडमण्ड हिलारीको दर्शष पछि फेरी थाइल्याण्डमा ल्याण्ड गरें। थाइल्याण्डका सहचरीको बिचबाट फुत्केर कमबोडिय गएँ।
युद्धले छोडेको दुइलाख भन्दा बढी मानब अश्तिपण्जरहो भन्डार हेरे। ीप्रय गिता जी, ति अस्तिपंजर बनेको हाम्रो सम्बन्धलाइ अबलोकन गरें। चित्त बुम्काउनु भन्दा अरु औषधी केही थिएन। अनि लावसको भेलिन्टन सहरमा अवस्थीत बिसाल बुद्धको अलौकिक मन्दिरको दर्शन पछि युद्धले इतिहास कोरेको भेतनाम पसें। ह्ोजिमिन्ह सहरको पार्कमा बसें र उर्त्सग प्रेमको
माहोल नियालें। मोटरसाइकलको भिंडैभिडमा हराउदै साइगोन नदीमा सितल यात्रा थालें।
अनि हनोइको रेड रिभर पार गरें। होजिमिन्हको म्युजियम र चिडियाखाना हेरी बिचमा रहेको सुन्दर तालमा रमाएं। त्यो तालमा पौडिएका हाँसहरुसंगै गिता जी, हाम्रो अतितलाइ हेरै जहाँ त्यस्तै बाचाहरु बाँधेका थियौ। तालमा हाँस मात्र थिए हाम्रो बाचाहरु ीथएनन। सवैभन्दा स्मरणीय यात्रामा मेरो भेतनाम नै हो जहाँ बे नामको समुन्द्री किनारामा सानो बोटबाट पुरै तालहरुको यात्रा गरे। अनी त्यही स्मरणिय हनोइबाट बर्माको रंगुन तिर बढें र धर्मशालामा गै नेपालीहरुको बिस्थापित जमात भेटें। मात्रिभुमिलाइ गुमाएका नेपालीहरु चित्त बुम्काइ बाँचेका पाएं। कठोर सैनिक सासनको निंरकुुस्ताको बुटमुनी कुल्चीएका जनताको माम्कमा नेपाली पनि थिए। आँगसागं सुचीको देश भएर पनी सेनाको कब्जामा थियो। श्ासक निरंकुस भए पछि जनता कति दुखी हुदा रहेछन यो पनि वर्माबाट थाहा पाएँ। एभरेष्ट होटलमा पाण्डेजीले निकै रामो स्वागत गर्नु भो। बर्मेली सरकारको त्यो बुट मुनी मेरो माया पनि भेटे जुन तपाइले गला घोटेको अनुभव गरे। मिंग्लाबा भन्दै बिदा मागेर म हंङकङ तिर लागें। त्यहाबाट पानी जहाजमा घूम्दै मकाउ पुगें। मकाउ क्यासिनोको अखडा रहेछ। लामो पूल पार गरी सान्ता डोमिंगो एतिहासिक चर्चमा गएँ। पोर्चूूगीच भूमिकामा परिचित त्यो मकाउ चाइनाको अंगालोमा बाँधियो तर प्रिय गिता तपाइ मेरो अंगालोमा म बाँधिन चाहानु भएन। अनी गोज्जाउ हुँदै बेजिंगको यात्रामा लागे र संसारको अलौकिक निसानी ग्रेटवाल लाइ सूूमसुम्याउन पाएं। मलाइ लागेको थियो हाम्रो प्रेमको उचाइ र लम्बाइ पनि त्यतिकै छ तर हाम्रो प्रेम बर्लिनको पर्खाल भएर डल्यो। उन्नाइस दिनको जनआन्दोलनले राजतन्त्र ढले म्कै ढल्यो मेरो प्रेम पनि…। सांघाइको औध्योगिक सहर पछि ताइवानको ताइपेइमा अलमल्लिएं। असोका होटलमा केही दिन बसेर कोरियाको सियोलमा पूगें। इथिवनमा रंगिन रात बिताउन मूनलाइट डिस्कोमा छिरें। धेरै नेपालीहरु पनि भेट भयो। सियोल टावरमा बसेर फकूूमफाप र किम्चीको अचार खाएं।

अनि फेरी हङकङ हुदै कोलोम्बो आएं र युद्धले ग्रष्ट श्रीलंकामा केही समय मात्र बिताएं अनि न्यूूदेल्ही, भारत पुुगें। देरादूून गएर दर्षण गरे शिवपार्वतीको मन्दिरमा। बम्वै देखी चेनाइसम्मको यात्रा गरी बंगलादेश पसें र ढाँका अबतरण गरे। इगंलिस रोड, टिपुसल्तान रोड अनि इलेफेन्ट रोड तिर घूम्दै, तारी पिउदै छुटटै मजा लूटें। गिताजी मनको डाहा कतै पूगेर निभ्दैन रहेछ। मलाइ अम्कै मनमा छ ति उलेहरुले भनेको। “अपांग मान्छे, बिचरा, के गरी खाला, कसरी हिन्ला” भनेर हिनताबोध जगाउथे। त्यहि बेला मैल संकल्प गरेको थिएं। यदि म बाँचे भने यिनै अपांग खूटटाले पूरै पृथिवी घूमेर देखाउछू भनेर अठोट गरेको थिएं। आज त्यो पूूरा गरें। “बास्तवमा अपांग त ति हुन जस्ले आफनो क्षेमतालाइ चिन्दैनन। ति नै हून देशका भार र राष्टका बोम्क। आज देशलाइ नै अपांग बनाउनेहरु भन्दा अरु को नै अपांग हुन सक्छ र।” प्रिय गिताजी तपाइ पनि त्यहि समाजको पक्षमा उभिएर मलाइ लत्याउनू भो ठिकै छ।

हरेस मैले खाइन, आफनो जीवन सित।
मनले हारे हार हुन्छ, मन्ले जिते जीत।

यहि नै मेरो जीवनको मन्त्र हो। आस्था डगमगाएको छैन। गन्तव्यहिन यात्राको अन्यहिन कथा मेरो एउटा जीवन गाथा हो। आघात र बिछोडको त्रिवेनीमा अनगिन्ती सपनाहरु बोकेर
फेरी नयाँ जीवनको विउ छरेको छू। तपाइको जिवन सफल होस। समृद्धिशाली होस। म भित्रका घायल अनुभुतिलाइ म भित्र भित्रै मेटीदिने छू। जेहोस तपाइसंगको बिछोडले मलाइ बाँच्ने प्रेरणा दिएको छ। जीवनको एक सहयात्री हुन नसके पनि, बिना पर्खाल भित्रको कैदी सम्म्केर बिर्सने कोसिस् गर्नू। अन्तमा यति भन्दै मेरो मनोन्यासलाइ बिट मार्दछू।
लौत गिताजी, बिछोडको उत्सव रमाउदै गर्नू होला। समयको अन्तरालमा कतै फेरी भेट भए संयोग ठानौला। आजलालाइ बिदा माग्द छू। उहि तपाइ को बसन्तकालमा नफूलेको फूल—

मृदुल

भाग्यले साथ दिए छ भने भेटौंला कुनै दिन।

मरेर यदि गए छु भने रोइदिनु एकै क्षिण।।