अपाङ्गता भएका व्यक्तिलाई बाख्राका पाठी वितरण

June 5, 2019

उर्लाबारीः अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका वडा नं. ८ मा बाख्राका पाठी वितरण गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको समूह उर्लाबारी वडा नं. ८ को आयोजना र उर्लाबारी नगरपालिका वडा नं. ८ कार्यालयको सहयोगमा कार्यक्रम भएको हो । बुधबार भएको कार्यक्रममा २४ जना अपाङ्गता भएका व्यक्तिलाई बाख्राका पाठी वितरण गरिएको हो ।

८ नम्बर वडाका अध्यक्ष कुलबहादुर कार्कीले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन वडा कार्यालयले सहयोग गरेको बताए । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनमा समस्या रहेको उल्लेख गर्दै वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा उर्लाबारी नगरकार्यपालिकाकी सदस्य चन्द्रा डाँगीलगायतको उपस्थिति रहेको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूको समूहका अध्यक्ष व्यासकुमार लिम्बूले अपाङ्गता भएका व्यक्तिलाई हेलाको दृष्टिले हेर्ने गरेको गुनासो गरे । अपाङ्गता भएका व्यक्तिहरूको आयस्तर एकदम कम भएका कारण परिवार र समाजबाट अपहेलित बन्नुपरेको अनुभव उनले सुनाए ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि सामुदायिक भवन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रम अपाङ्गता भएका समूह उर्लाबारी वडा नं. ८ का अध्यक्ष विष्णु दुलालको सभापतित्वमा भएको थियो ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!