अनुदानमा आएको मोटिभेसन व्हीलचेयर एनजीओबाटै बिक्री

May 1, 2018

काठमाडौं । नेपालमा शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूका जीवनयापन सहजीकरण होस् भनेर व्हीलचेयर फाउन्डेसन, मोटिभेसन यूकेसहितका अन्तर्राष्ट्रिय दाताहरूले अनुदानमा पठाएको व्हीलचेयर नेपालका एनजीओहरूले बेच्ने गरेको पाइएको छ ।

RoughTerrainकाभ्रेको सांगामा रहेको स्पाइनल इन्जुरी रिह्याब सेन्टर (एसआईआरसी)का कर्मचारीहरूले मोटिभेसन यूकेबाट पठाइएका १०० थानभन्दा बढी व्हीलचेयर बेचेकाे खबर बाहिर आएपछि यस कुराको खुलासा भएको हो ।

स्पाइनल सेन्टरका कर्मचारीहरू विनोद तिम्सिना, उदय अधिकारी र छत्र गुरूङले शनिबारका दिन पारेर १५ वटा मोटिभेसन व्हीलचेयर गाडीमा लोड गरेर बेच्न लाँदै गर्दा रिह्याबमा रहेका एक  बिमारीले भिडियो खिचेपछि यो प्रकरण बाहिर आएको थियो  । स्मरणीय छ, शनिबार स्पाइनल रिह्याब सेन्टरमा औपचारिक गतिविधि कम हुने गर्छ । रिह्याबमा रहेका  बिमारीहरू पनि आराम गरिरहेका वा अन्य अतिरिक्त क्रियाकलापमा संलग्न हुने गर्छन ।

एसआईआरसीले अनुदानका व्हीलचेयर चोरी र बिक्री प्रकरण थामथुम पार्न तीनै जना कर्मचारीबाट राजीनामा मागेर ५ देखि ८ लाख रूपैयाँ ‘गोल्डेन ह्यान्सेक’का नाममा भुक्तानी गरी उनीहरूलाई जागिरबाट निकालेको छ ।

यसरी हुन्थ्यो बिक्री

motivation wheelchairmotivationएसआइआरसीमै कार्यरत एक कर्मचारीले गोपनियता कायम राख्न अनुरोध गर्दै दिएका सूचनाअनुसार उनीहरूले मोटिभेसनका व्हीलचेयर चोरेर वा त्यहीका उच्च अधिकारीहरूको मिलेमतोमा झिकी बालुवाटारस्थित एक सर्जिकल सेन्टरमा पुर्‍याएर बेच्ने गरिएको थियो ।

उक्त सर्जिकल सेन्टरले २५ देखि ३६ हजार रूपैयाँसम्म एक्टिभ व्हीलचेयर बेच्ने गरेको प्रमाण अपांगता सरोकारलाइ प्राप्त भएको छ ।

मोटिभेसन यूकेबाट अनुदानमा आएका डब्लूएम-थ्री (थ्री व्हील व्हीलचेयर) र डब्लूएम-फोर (एक्टिभ फोर व्हील व्हीलचेयर) सर्जिकल सेन्टरहरूमा पुर्‍याइ बेच्ने गरिएको एक व्हीलचेयर अभियन्ताले बताए ।

“म रिह्याबमा हुँदा सिस्नेरी-हेटौंडा बस व्यवसायी समितिका नाममा कार्की थरका एक बिमारीलाई ४२ हजार रूपैयाँमा सम्म थ्री व्हील व्हीलचेयर बेचेका मैले देखें” उनले भने।

तर, एसआइआरसीका एक जना कर्मचारी भने मोटिभेसनसँगकै सहमतिमा मर्मतसम्भार/तयारीका लागि न्यून शुल्कमात्र लिने गरिएको दाबी गर्छन् ।

यो प्रकरण बाहिर आउना साथ सर्जिकल हाउसहरूमा बिक्री भइरहेका मोटिभेसनका व्हीलचेयरहरू अहिले रातारात लुकाइएको छ ।

व्हीलचेयर बिक्री प्रकरणमा संलग्न कर्मचारीहरूलाइ कानुनी कारबाही गर्नुका सट्टा रातारात राजीनामा गरेर प्रकरण थामथुम गर्न लगाउनुले एसआइआरसीकै उच्च तहका कर्मचारी, सञ्चालक समितिका पदाधिकारीका समेत संलग्नता भएकाे आशंका गरिएको छ ।

स्मरणीय छ, एसआइआरसी एक गैरमुनाफामूलक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था हो, जसले कुनै नाफामूलक व्यापारिक क्रियाकलाप गर्न पाउँदैन ।

सरकारी अनुदानः बिमारीलाई  हैन कर्मचारीका खल्तीमा

पछिल्लो समयमा सरकारले स्पाइनल इन्जुरीका बिमारीका लागि १ लाख रूपैयाँ उपचार खर्च भनेर दिने गरेको छ । तर, त्यहाँका कर्मचारी र सर्जिकल हाउसका मिलेमतोमा ५२ हजार रूपैयाँ लिने गरिएको पाइएको छ ।

Bikriअपांगता सरोकारलाई एक पीडित बिमारीले दिएको जानकारीअनुसार व्हीलचेयरबापत ३६ हजार र कुसनबापत १६ हजार रूपैयाँ लिने गरिएको छ ।

एसआइआरसीमा जाने स्पाइनल इन्जुरी भएका बिमारीका उपचार खर्च बालुवाटारस्थित स्वास्थ्य प्लस नामक सर्जिकल हाउसबाट ५२ हजारका बिल बनाउने गरिएको ती कर्मचारीले बताए ।

लामाे समयदेखि नेपालमा विदेशी दातृ संस्थाका व्हीलचेयर व्यवस्थापन गर्दै आएका राष्ट्रिय अपांग पुनर्स्थापना केन्द्रका पूर्वअध्यक्ष राकेश हमाल यसरी अनुदानमा पठाइएका व्हीलचेयर खुलेआम बिक्री हुँदा समग्र नेपालकै इज्जतमा दाग लाग्ने बताउँछन ।

नेपालमा हाल करिब ५ लाख सक्रिय व्हीलचेयर प्रयोगकर्ता छन् । सडक दुर्घटना, अग्लो भवनबाट खसेर हुने दुर्घटना वा अन्य प्रकोपका कारण वार्षिक ५ सयदेखि एक हजार स्पाइनल इन्जुरीका बिमारी थपिने गरेका छन् ।

नेपालमा हाल मोटिभेसन युके, व्हीलचेयर फाउन्डेसन,  ह्यान्डिक्याप इन्टरनेशनल, ल्याटर डे  सन्त च्यारिटी ट्रस्ट  (एलडीएससी)सहितका अन्तरराष्ट्रिय एनजीओहरूमार्फत वार्षिक २ देखि ३ हजार थान अनुदानका व्हीलचेयर आउने गरेका छन् । जुन व्हीलचेयर अपांग पुनर्स्थापना समाज, रोटरी इन्टरनेसनल नेपाल, एसआइआरसीसहितका एनजीओहरूमार्फत बाँडिन्छन् ।

यसबाहेक केही भारतीय र चिनियाँ व्हीलचेयर सर्जिकल सेन्टरहरूमार्फत व्यापारिक रूपमै आयात भइ बेच्ने गरिएको छ।

(यस सम्बन्धि थप समाचारहरू हामी थप जानकारी प्राप्त हुनासाथ निरन्तर प्रकासित गर्नेछाैं)

Comments

4 Comments on अनुदानमा आएको मोटिभेसन व्हीलचेयर एनजीओबाटै बिक्री

  1. bhojraj shrestha on Tue, 1st May 2018 4:31 am
  2. यस्तो गलत कार्यको भर्त्सना हुनु पर्छ र कार्बाही पनि जरुरिछ।खोजबिन हुनु पर्छ।

  3. बिनोद श्रेष्ठ on Tue, 1st May 2018 5:23 am
  4. मैले नि ३ पाग्रे व्हिलचेयर माग्दा २० हजार माग्यो । यो २०७२ तिर को कुरा हो । यस्तो कुरा उजागर गर्न खोज्यो भने उनिहरुको नजर मा हामी गलत हुन्छौ । अहिले नि सरकार ले दिने भन्ने जिबिकोपार्जन र उपचार कोषको नाम मा डाक्टर को सिफारिस को नाम मा ब्रमलुत मचाइ रहेको छ भन्ने सुनिन्छ । हामी उपचार गर्न गैयो भने एउटा bed को रातको१८ सय लिन्छ रे। यो कस्तो समाज सेवा? सरकारले तोकेको अस्पतालमा लिने जिबिकोपार्जन भत्ता र उपचार किन ngo लाई दिइन्छ?? यहाँ सब को मिलेमतो त होइन??

  5. Ramesh chandra pandeya on Tue, 1st May 2018 6:16 am
  6. मैले आज भन्दा ६ बर्ष अगि रिहाब बाटरु १५००० किनेको तिनपान्ग्रे चेयर त्यति बेला मैले झगडा गरे यो निशुल्क पाउन तर सकिन

  7. Chalta Purza on Tue, 5th Feb 2019 6:20 am
  8. Thank you for sharing this information.

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!