अपाङ्गता भएकाहरुको तथ्याङ्क संकलन गरिने

April 17, 2018

तेह्रथुम, वैशाख ४ – तेह्रथुमको म्याङ्लुङ्ग नगरपालिका क्षेत्र भित्र रहेका सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन हुने भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता सशक्तिकरण तथा पुनःस्थापना केन्द्रले तथ्याङ्क संकलन गर्न लागेको हो ।

तथ्यांक संकलनका लागि केन्द्रले गणकहरुलाई दुई दिने तालिम सञ्चालन गरेको छ । सोमबारबाट सुरु भएको तालिममा नगर क्षेत्रका १० जना सहभागी छन् । उनीहरुलाई गणनाका सम्बन्धमा ज्ञान प्रदान गरी गणनाका लागि खटाइने तयारी रहेको छ ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले नगरपालिकाले कसैलाई पनि विभेद नगरी नीति कार्यक्रम र योजनाहरु सञ्चालन गर्ने बताउनुभयो ।

नगरपालिकाले कसैलाई पनि विभेद नगरी नीति तथा कार्यक्रम र योजनाहरु सञ्चालन गर्ने बताउनुभयो । अपाङ्गहरुको सशक्तिकरणका लागि आफू सकारात्मक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला सचिव कुमार विशंखे र नेपाल पत्रकार महासंघ तेह्रथुमका उपाध्यक्ष भगिश्वर लिम्बुले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रम अपाङ्गता शशक्तिकरण तथा पुनःस्थापना केन्द्रका अध्यक्ष डोलेश्वर गड्तौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । केन्द्रका अनुसार म्याङ्लुङ्ग नगरपालिकामा मात्रै यसअघि प्राप्त तथ्यांक अनुसार ३ सय २५ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । केन्द्रहरुले यसपछि अपाङ्गता भएकाहरुका लागि परिचय पत्र वितरण शिविरसमेत आयोजना गर्ने अध्यक्ष गड्तौलाले बताउनुभयो ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!