ह्विलचेयर क्रिकेट त्रिकोणीय सिरिज आयोजना हुने

December 14, 2017

Wheelchair-cricketह्वीलचेयर क्रिकेट एशोशिएशन नेपालको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट त्रिकोणीय सिरिज हुने भएको छ । तीन दिनसम्म चल्ने हुने उक्त प्रतियोगिता मंसिर २८, २९ र पुष १ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा भारत र बंगलादेशको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका ह्विलचेयर प्रयोगकर्ता खेलाडीहरु सहभागी रहने आयोजकले जानकारी गराए । सो प्रतियोगिता कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा आयोजना हुनेछ भने त्यसलाई सफलताका साथ सम्पन्न गर्न सुशील कोइराला मेमोरियल फाउण्डेसनले सहयोग गरेको अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए ।

विभिन्न कारणले अपांगता भएर बसेका व्यक्तिहरुलाई खेलको माध्यमबाट उनीहरुको आर्थिक, सामाजिक अवस्थामा केही सकारात्मक परिवर्तन गर्दै उनीहरुको मनोबल बढाएर सक्षम र प्रतिभावान क्रिकेट खेलाडी तयार गर्ने उद्देश्य रहेको बताइएको छ । यसबाट अपांगता भएका व्यक्तिहरुले लोकप्रिय खेल क्रिकेटको माध्यमबाट देशका लागि केही योगदान गर्न सक्छन् भन्ने विश्वास लिइएको छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!