अपांगता असंवेदनशील आयोग

December 8, 2017
कैलाली जिल्लाको कैलारी गाउँपालिका–४ का ७३ वर्षीय रवीलाल चौधरी घस्रिएर मतदान गरेर फर्कँदै तस्बिरः सुरबहादुर परियार

कैलाली जिल्लाको कैलारी गाउँपालिका–४ का ७३ वर्षीय रवीलाल चौधरी घस्रिएर मतदान गरेर फर्कँदै
तस्बिरः सुरबहादुर परियार

नेपालमा राज्य रूपान्तरणका प्रस्थान विन्दु, लोकतन्त्रका आधार मानिने निर्वाचनहरू यस वर्ष सम्पन्न भए । तीन चरणमा गरी स्थानीय तहका निर्वाचन गरियो, दुइ चरणमा गरी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गरियो ।

झन्डै ३० अर्ब रूपैयाँ खर्च गरेर निर्वाचन सम्पन्न गर्दा निर्वाचन आयोगले अहिले सबैतिरबाट स्याबासी पाइरहेको होला, तर देशभरिका अपांगता भएका नागरिकका तर्फबाट धिक्कार्नमात्र सकिएको छ । हामीले स्थानीय तहका पहिलो चरणका निर्वाचनदेखि नै मतदान केन्द्रहरू अपांगता भएका व्यक्तिका पहुँच र अनुकूल हुने गरी बनाइनु पर्नेमा ध्यानाकर्षण गराउँदै आयाैं । पहिलोका गल्ती दोस्रोमा सुधार्ने भनियो, सुधारिएन ।फेरि तेस्रोमा सुधार्ने भनियो, सुधारिएन ।

एवं, रितले प्रदेश  र प्रतिनिधि सभाको पहिलो चरणका निर्वाचन पनि गरियो । अधिकांश हिमाली र उच्च पहाडी जिल्लामा सम्पन्न भएको पहिलो चरणका निर्वाचनमा पुनः अपांगता भएका मतदाताले सास्ती झेल्नु पर्यो । यतिखेर पनि हामीले निर्वाचन आयोगका ध्यानाकर्षण गरायाैं, दोस्रोमा सुधार्छाैं भनियो, तर मंसिर २१ गते सम्पन्न भएको अन्तिम निर्वाचनमा पनि सुधार गरिएन ।

हामीले यो प्रश्न उठाउँदा २-४ ठाउँका सुगम मतदान केन्द्र देखाएर हामीले बनाएका थियाैं त भन्ने जवाफ आउन सक्छ, तर ८० प्रतिशत मतदान केन्द्रहरू अपांगताअनुकूल थिएनन । अपांगता भएका मतदाताहरू जानेआउने क्रममा कुनै व्यवस्था गरिएका थिएनन् ।

सबैभन्दा गम्भीर कुरा त निर्वाचन आयोगले पहिलो चरणका प्रदेश सभा निर्वाचनको २ दिनअघि उक्त निर्वाचन नियमावलीमा संशोधन गरी अपांगता भएका व्यक्तिका २.६२ प्रतिशत प्रतिनिधित्वका व्यवस्था रहेको अनुसूची नै हटाइदियो । त्यसैले वर्तमान निर्वाचन आयोग अपांगता आन्दोलनका इतिहासमै सबैभन्दा अपांगता अमैत्री आयोगका रूपमा परिभाषित हुनेछ ।

कैलाली जिल्लाको कैलारी गाउँपालिका–४ का ७३ वर्षीय रवीलाल चौधरी घस्रिएर मतदान गरेर फर्कँदै तस्बिरः  सुरेश परियार

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!