“अधिकार संरक्षणका लागि गम्भीर हाेउ”

December 3, 2017
काठमाडौँ, १७ मंसिर: अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाद्वारा “हामी साथ साथ छौँ” विषयक  हातेमालो कार्यक्रम संयुक्त अपाङ्ग अावाज केन्द्र गोकर्णेश्वरमा सम्पन्न भएको छ ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको उपमेयर शान्ति नेपालले  अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षणका लागि गम्भीर हुन सबैलाई आग्रह गर्नुभयो ।
मानव अधिकार तथा शान्ति  समाजका केन्द्रिय सभापति डा. गंगाधर अधिकारीले निर्वाचनलाई केन्द्रित गरेर शान्ति समाजले अघि सारेको २० बुँदे अवधारणामा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण गर्दै समाजको संवेदनशील पक्षहरुको उत्थान र अधिकार संरक्षणलाई प्राथमिकता बनाउन राजनीतिक दलहरुलाई आग्रह गरिएको उल्लेख गर्नुभयो ।
समाजका महासचिव उत्तम पुडासैनीले स्थापना कालदेखि नै शान्ति समाजले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षणमा जोड दिएको बताउनुभयो ।
समाजका काठमाण्डौँ शाखा सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयुक्त अपाङ्ग अवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्की, महासचिव ईश्वर मगर, अधिकारकर्मीहरु किरण ढकाल, नानिकाजी गिरी, गोकर्णमणी पुडासैनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!