अपाङ्गता अधिकार ऐनको कार्यान्वयनमा जोड

December 3, 2017

काठमाडौं:  महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले  अपाङ्गता अधिकारसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला पक्षहरू गम्भीर हुनुपर्ने बताउनु भएको छ ।

DSC_0195

 

अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासंघको संयोजकत्वमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजित छलफल कार्यक्रममा सचिव उपाध्यायले  अपाङ्गताको क्षेत्र कल्याणकारि अवधारणाबाट अधिकारमुखी अवधारणामा परिवर्तन भइसके  पनि अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न थुप्रै चुनौती रहेको बताउनु भयो ।

संयुक्त राष्ट्र संघीय विकास कोष (यूएनडीपी)का उपनिर्देशक सोफी लिन्डाले  यूएनडीपीले नेपालमा अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उल्लेख गर्दै यस क्षेत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरूसँग मिलेर काम गरिने जानकारी दिनुभयो ।

जर्मन प्रोफेसर डा. उल्फ ग्याङ्गले प्रविधिको द्रुत विकास भएको अवस्थामा दूरशिक्षाको माध्यमवाट अपाङ्गता भएका व्यक्तिहरुको उच्च शिक्षामा सहयोग पुग्नुपर्छ भनेर यस खुला विश्वविद्यालयको अवधारणा ल्याइएको बताउनु भयो ।

माई राईटका राष्ट्रिय संयोजक शिव रायमाझीले अपाङ्गता अधिकार ऐन जारी भएका मन्त्रालय तथा समस्त अपाङ्गता भएका व्यक्ति र सरोकारवाला निकायलाई वधाई दिंदै ऐनलाई कार्वान्वयन कसरी गर्ने भन्ने वारेमा अन्तरकृया गर्नु र चुनौतिहरुको वारेमा कुरा गर्नु अत्यन्त सान्दर्भिक रहेको कुरा बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघका अध्यक्ष के पी अधिकारी, लक्ष्मी देवकोटालगायतका वक्ताले नेपालमा अपाङ्गताको क्षेत्र, यसमा भइरहेको कृयाकलापहरु, रहेको चुनौतहरुको वारेमा आफ्नो आफ्नो धारणा राख्नुभयो ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!