भोट दिन कसले लगिदिने?

November 26, 2017

बालकुमार शर्मा 

1511683721जाजरकोट, १० मंसिर । भौगोलिक विकटताका कारण जाजरकोटका धेरै मतदान स्थलसम्म सडक यातायात नपुग्दा अपाङ्गता भएका व्यक्ति मतदान गर्न वञ्चित भएका छन् । मतदान केन्द्रमा पुग्ने दिनभर लाग्ने र फर्किदा घरसम्म पुर्‍याउने साहरा नभएपछि मतदान गर्ने रहर भए पनि जान नसकेको भेरी नगरपालिका २ का प्रेम विसीले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनावमा घरैबाट बोकेर मतदान केन्द्रमा पुर्‍याउने  पनि यसपटक कसैले वास्ता नगरेको उहाँले बताउनुभयो ।जाजरकोट अपाङ्ग उत्थान केन्द्रका अध्यक्ष याम बहादुर वस्नेतका अनुसार जिल्लाभर आंशिक अपाङ्गता तथा पूर्ण अपाङ्गता भएका व्यक्तिको संख्या १२ सय भन्दा बढी रहेको छ । उनीहरु मतदान गर्न कसैको सहारामा हिड्नु पर्छ ।

मतदान केन्द्र टाढा भएकोले लैजान ल्याउन झन्झट मानेकाले अधिकांश अपाङ्गता भएका व्यक्तिले मतदान गर्न नपाएको अध्यक्ष यामबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै जाजरकोट दृष्टिविहीन केन्द्रका अनुसार जिल्लाभर ४३ भन्दा बढी दृष्टिविहीन छन् ।

साभार: उज्यालोअनलाइन

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!