गोप्य मतदान अधिकार सुनिश्चित गर्न दृष्टिविहीनको माग

November 14, 2017

Dristibihinबनेपा, २८ कात्तिक (रासस) ः शारीरिक रुपमा दृष्टीविहीन भएका नागरिकहरुले गोप्य मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि आज धुलिखेलमा भएको अन्तक्र्रियामा दृष्टिविहीनले शारीरिक रुपमा अपांग भएका मतदाताहरु शिक्षाको अवसरबाट वञ्चित भएको गुनासो गरे । 
कार्यक्रममा नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले मतदान गर्ने क्रममा सहयोगी नभई मतदान नहुने भएकाले गोप्य मतदानको अधिकार दृष्टीविहीनलाई नभएको बताउँदै ७० प्रतिशत दृष्टीविहीन शिक्षण पेशामा भएकाले मतदान प्रक्रियाका बारेमा जानकारी दिन सजिलो हुने छ भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनको दवावका कारण आसन्न निर्वाचनमा प्रविधिमा फड्को मार्न नसकिएको जानकारी दिँदै अबका निर्वाचनमा प्रविधिको प्रयोग क्रमशः हँुदै जाने विश्वास दिलाउनुभयो ।

काभ्रेपलाञ्चोकका प्रजिअ शिवप्रसाद सिंखडा, युएनडिपी (इएसपी) का कुन्दनदास श्रेष्ठ, आयोगका सहसचिव दीपक सुवेदीलगायतले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकले नयाँ बाटो समात्ने भएकाले यसलाई सफल बनाउने राष्ट्रिय दायित्व सबैमा भएको बताउनुभयो ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!