दृष्टियुक्तले अनुभव गरे दृष्टिहीनका यात्रा

November 11, 2017

1510401748kathmandu-blind-walk-final-काठमाडौं, २५ कात्तिक । दृष्टिबारे जनचेतना जगाउने उद्देश्यले ‘काठमाडौं ब्लाइन्ड वाक’को आयोजना गरिएको छ । शनिबार आयोजित ‘काठमाडौं ब्लाइन्ड वाक’मा दृष्टिविहीन विद्यार्थीको सहयोगमा दृष्टि भएका व्यक्तिहरुलाई आँखामा पट्टी बाँधेर हिडाइएको थियो ।

‘रोटरी क्लब अफ काठमाडौं वेस्ट, रोटरी क्लब अफ काष्ठमण्डप र रोटरी क्लब अफ राजधानी’को संयुक्त आयोजनामा काठमाडौंस्थित नक्सालमा ‘ब्लाइन्ड वाक’को आयोजना गरिएको हो ।

‘अरुको आँखामार्फत विश्व देखौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा आँखा दान गर्न इच्छुकलाई आँखा दान गरी कुनै एक व्यक्तिलाई संसार देख्ने वातावरण बनाउन आग्रहसमेत गरिएको थियो ।

‘ब्लाइन्ड वाक’मा रोटारियन, रोटर्‍याक्टर, उद्योगी व्यवसायी, प्रहरी, पत्रकार, विद्यार्थी एवं सर्वसाधारणको सहभागिता थियो ।

साभारः इमेज खबर

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!